काठमाण्डाै – साहित्यिक पत्रिका 'गरिमा' को पुनः प्रकाशन सुरु भएको छ । २०९ औँ भानु जयन्तीका अवसरमा साझा प्रकाशनले आज मङ्गलवार पुलचोकमा रहेकाे कार्यालय परिसरमा विशेष कार्यक्रम गरी गरिमा साहित्यिक मासिक पत्रिका प्रकाशन सुरु भएको जानकारी गराएको हो ।
नेपाली साहित्य जगतमा नै उच्च प्रतिष्ठा कमाएको गरिमाको प्रकाशन २०७५ मङ्सिरदेखि रोकिएको थियो । नेपाली साहित्यको प्रतिनिधि पत्रिकाका रूपमा २०३९ पुसदेखि प्रकाशन सुरु भएको गरिमा साहित्यिक मासिक साझा प्रकाशनको आर्थिक सङ्कटसँगै २०७५ कात्तिकमा पूर्णाङ्क तीन सय ९६ निस्किएर ब...