साहित्यिक पत्रकारिताको अर्को नाम हो, रोचक घिमिरे । भैरव अर्याल र रमेश विकल जस्ता दिग्गज साहित्यकारका साथले साहित्यिक पत्रकारिता सुरु गरेका उनी ८० वर्षको उमेरमा पनि अझै सक्रिय छन् । नेपाली भाषाका साहित्यिक पत्रिका अत्यन्त न्यून रहेको समयमा, साहित्यिक प्रतिभाहरूले आफ्ना सिर्जना पोख्ने ठाउँको अभाव हुँदा उनले आफ्नै प्रकाशन र सम्पादनमा २०१८ सालमा ‘रचना’ चौमासिक साहित्यिक पत्रिका प्रकाशन सुरु गरेका थिए, जुन यात्रा आज ६ दशकसम्म पनि जारी छ । हाल द्वैमासिकको रुपमा पत्रिका प्रकाशन भइरहेको छ ।स