ऐतिहासिक साहित्यिक पत्रिका ‘रचना’को बेलबारी विशेषाङ्क

नेपालको अग्रणी साहित्यिक पत्रिका रचनाको बेलबारी विशेषाङ्क सार्वजनिक गरिएको छ । बेलबारी प्रज्ञा–प्रतिष्ठान, मोरङको आयोजनामा ‘रचना’को विशेषाङ्क सार्वजनिक गरिएको हो । विस २०१८ सालदेखि निरन्तर प्रकाशन भइरहेको दुई महिने साहित्यिक पत्रिका ‘रचना’ मा बेलबारी नगरभित्रका ४४ जना लेखक–साहित्यकारहरूको ४५ लेख–रचनाहरू समेटिएका छन् । कविता, हाइकु, गीत, गजल ३२ ओटा, कथा र लघुकथा ७ ओटा, लेख …