लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको नेपालको नक्सा जारी गर्ने घोषणा

सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको भूमि भएको दावी गर्दै छुटेको भूमिसहितको नेपालको नक्सा जारी गर्ने घोषणा गरेको छ ।

सम्बन्धित सामग्री

https://www.onlinekhabar.com/2020/06/874083

संसदले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नेपालको नक्सा भएको निशानछापलाई संविधान संसोधनमार्फत् स्वीकृति प्रदान गरेको छ । नेताहरूको भाषण, संचार जगतको संप्रेषण र आमनेपालीको उत्साह हेर्दा यो उत्साह (euphoria) मा सबै नेपाली सामेल भएकै छन्, …

संविधान संशोधनमा च्याँखे

संविधान गतिशील दस्तावेज हो । आवश्यकता र औचित्यका आधारमा यो कुनै पनि बेला संशोधन हुने भए पनि नेपालको संविधान २०७२ को दोस्रो संशोधनले भने ऐतिहासिक महत्व राख्ने भएको छ । भारतीय अतिक्रमणमा परिरहेको नेपाली भूभाग सुदूरपश्चिमको दार्चुला जिल्ला अन्तर्गतको लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रलाई समेटेर अद्यावधिक नेपालको भौगालिक तथा राजनीतिक नक्सा सरकारले २०७७ जेठ ६ गते सार्वजनिक गरेपछि संविधानमा रहेको निशान छापमा नक्सा परिवर्तन गर्न संविधान संशोधन गर्न लागिएको छ । नयाँ नक्सा प्रयोगमा ल्याउने क्रममा सरकारले पहिलोपटक ५० हजार थान नक्सा छापेर वितरण सुरु गरिसकेको छ र सबै सरकारी कार्यालयमा राख्ने व्यवस्था गरेको छ । संसद्को लोगो नयाँ नक्सा बमोजिम फेरिएको छ । यो क्रम विद्यालयका पाठ्यपुस्तकलगायत नेपालको नक्सा प्रयोगमा आउने सबै ठाउँमा सुरु भएको छ । अब विद्यालय तहदेखि हाम्रा नानीवाबुहरूले लिम्पियाधुरासम्मको नेपालको नक्सा पढ्न र बनाउन पाउने भएका छन् ।

लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटिएको नयाँ नक्सा सार्वजनिक

काठमाण्डाै – सरकारले लिम्पियाधुरासहितको नेपालको नक्सा सार्वजनिक गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले नक्सा सार्वजनिक गरेको हो । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले मन्त्रालयबाट प्रस्तावित नेपालको अद्यावधिक नक्सा स्वीकृत गरेको थियो । नक्साले नेपालको उत्तरी, पूर्वीय, पश्चिमी र दक्षिणी अन्तर्राष्ट्रिय सीम...

लिम्पियाधुरासहितको नेपालको नक्सा पारित

५ जेठ, काठमाडौं । सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटेर नेपालको नयाँ नक्सा पारित गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले नक्सा पारित गरेको सरकारका प्रवक्ता एवं सञ्चार र अर्थमन्त्री डा. युवराज खतिवडाले बताए …

प्रधानमन्त्रीको ऐतिहासिक मिसन

‘ लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र नेपालको भूमि हो र त्यसलाई प्राप्त गर्न ठोस कूटनीतिक पहल गरिनेछ । तदनुरूप नै छुटेको भूमिसमेत समावेश गरी नेपालको नक्सा जारी गरिनेछ ।’

छुटेको भूमिसहित नक्सा जारी गरिने

सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र नेपालको भूमि भएको स्पष्ट पार्दै छुटेको भूमिसहित नेपालको नक्सा जारी गर्ने भएको छ । लिम्पियाधुरा क्षेत्रको भूमि फिर्ताका लागि ठोस कूटनीतिक पहल गरिनेसमेत स्पष्ट पारिएको छ ।

नेपालकाे नयाँ नक्सा अविलम्ब जारी गर्न अन्तर्राष्ट्रिय समितिको निर्देशन

काठमाण्डाै - प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले लिम्पियाधुरा, लिपुलेक, कालापानी र सुस्तालगायतका नेपाली भूमि समावेश गरी नेपालको नक्सा अविलम्ब जारी गर्न सरकारलाई निर्देशन दिएको छ । शुक्रबार बसेकाे समितिकाे बैठकले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमा रहेका भारतीय सुरक्षा फौज फिर्ता गरी नेपालको भौगोलिक अखण्डत...