काठमाडौँ – पासाङ ल्हामू शेर्पा अकिता पाकिस्तानको नंगा पर्वत (हिमाल) आरोहण गर्ने पहिलो नेपाली महिला आरोही बनेकी छन् । ८ हजार १ सय २६ मिटरको नंगा पर्वत विश्वको नवौँ उच्च हिमाल हो ।
आरोहण आयोजक पायोनियर एडभेन्चर्सलाई उदृत गर्दै एभरेष्ट क्रोनिकल्सले जनाए अनुसार पासाङले जुलाई १ मा नंगा पर्वत आरोहण गरेकी हुन्...