सगरमाथाको सफल आरोहण गर्ने पहिलो महिला नेपाली चिकित्सक प्रिती भुषालद्वारा मनास्लु र आमा दब्लम हिमाल चढ्ने घोषणा (भिडिओसहित)

काठमाडौं, १३ असार । नेपाली महिला चिकित्सकको रुपमा गत बैशाख २९ गते विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेकी डा. प्रिती भुषालले आगामी अक्टोबर/नोभेम्बरमा मनास्लु र आमा दब्लम हिमाल चढ्ने घोषणा गरेकी छिन् । डाक्टरी पेशा र हिमाल आरोहणलाई सँगसँगै लिएर जाने उनको भनाई छ ।  उनले नेपाली महिला चिकित्सको रुपमा पहिलो पटक सगरमाथाको सफल […]

सम्बन्धित सामग्री

भलिबल रेफ्री दावाद्धारा सगरमाथाको सफल आरोहण

काठमाडौं (हाम्रो खेलकुद) – प्रादेशिक भलिबल रेफ्री दावा छिरिङ शेर्पाले विश्वको सर्वाेच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् । उनले जेठ ९ गते बिहान ११ः३० बजे सगरमाथाको सफल आरोहण गरेको राष्ट्रिय भलिबल रेफ्री टुक बहादुर गुरुङले जानकारी गराए । यससँगै उनी भलिबलबाट सगरमाथाको शिर चुम्ने पहिलो व्यक्ति बनेका छन् । उनले सगरमाथा आरोहणको सुरुवात चैत […] The post भलिबल रेफ्री दावाद्धारा सगरमाथाको सफल आरोहण first appeared on Hamro Khelkud.

‘गुफी’ द्वारा सगरमाथाको सफल आरोहण

रोयल इनफिल्डका भेट्रान सोलो राइडर प्रमोद श्रेष्ठ ‘गुफी’ ले सगरमाथाको सफल आरोहण गरेका छन्।

६२ वर्षीय वरिष्ठ अधिवक्ता भुसालद्वारा सगरमाथाको सफल आरोहण

वरिष्ठ अधिवक्ता विष्णु भुसालले सगरमाथाको सफल आरोहण गरेका छन् । ६२ वर्षीय भुसाल सोमबार बिहान ७.३० मा सगरमाथाको चुचुरोमा पुगेका हुन् ।भुसालको आरोहणको व्यवस्थापन गरेको हिमालयन सेपर्डका अनुसार सगरमाथाको सफल आरोहण गर्ने उनी पहिलो अधिवक्ता हुन् । विश्व समुदायसँग कार्बन उत्सर्जन कम गर्न अपील गर्दै उनले सगरमाथा आरोहण गरेका हुन् ।नेपाल बार एसोसिएसनको लोगो अंकित […]

डा रामकुमार श्रेष्ठले गरे सगरमाथाको सफल आरोहण

डा रामकुमार श्रेष्ठ सहितको टोलीले सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेको छ। डा श्रेष्ठको टोलीले आज सोमबार बिहान ४ बजे सगरमाथाको सफल आरोहण गरेका हुन्।

गायक राजु लामाद्वारा सगरमाथाको सफल आरोहण

काठमाडौँ । गायक राजु लामाले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् । जलवायु परिवतर्नबारे जनचेतना फैलाउन सगरमाथा आरोहण अभियानमा रहेका उनीसहितको टोलीले आज (सोमबार) सफल आरोहण गरेको हो । उनीसहित २७ जनाको टोली सोमबार (२०२२ मे १६) बिहान ४ बजेदेखि ६ः४० मिनेटको अवधिमा ८८४८.८६ मिटर अग्लो सगरमाथाको चुचुरोमा पुगेको इम्याजिन नेपालले जानकारी दिएको […]

कामिरीताले तोडे आफ्नै रेकर्ड, २६ औं पटक सगरमाथाको सफल आरोहण

आरोही कामिरीता शेर्पाले सगरमाथा आरोहणको आफ्नै रेकर्ड तोडेका छन् ।  उनले शनिबार ८८४८.८६ मिटर अग्लो सगरमाथाको २६ औँ पटक सफल आरोहण गरेको सेभेन समिट ट्रेकले जानकारी दिएको छ । ट्रेकले भनेको छ, ‘कामिरीता शेर्पाले २६ औं पटक सगरमाथाको सफल आरोहण गरेर अर्को रेकर्ड बनाउनु भएको छ ।’ शेर्पाको टोलीमा उनीसहित अरु १० जना आरोही पनि रहेको जनाइएको छ । कामिरिता सेभेन समिट ट्रेकको वरिष्ठ आरोही गाइडका रुपमा कार्यरत छन् । उनले पहिलो पटक मेइ १३, १९९४ मा सगरमाथाको सफल आरोहण गरेका थिए भने केटु,

१७० जना आरोहीले सगरमाथाको सफल आरोहण गरे

काठमाडौं। यस वर्षको बसन्तयाममा हालसम्म १७० जनाले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरिसकेका छन्। पर्यटन विभागका अनुसार गतै वैशाख २८ र २९ गते उनीहरुले सगरमाथाको आरोहण गरेका हुन्। भारतमा टोकटे चक्रवात आएपछि त्यसको असर नेपालमा समेत पर्न गएकोले सगरमाथा आरोहण रोकिएको थियो। सगरमाथा आरोहण अहले पुनः सुरु भएको छ। यो सिजनमा ४०८ जनाले सगरमाथा आरोहणको लागि अनुमति लिएका छन्।

१७० जना आरोहीले सगरमाथाको सफल आरोहण गरे

काठमाडौं। यस वर्षको बसन्तयाममा हालसम्म १७० जनाले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरिसकेका छन्। पर्यटन विभागका अनुसार गतै वैशाख २८ र २९ गते उनीहरुले सगरमाथाको आरोहण गरेका हुन्। भारतमा टोकटे चक्रवात आएपछि त्यसको असर नेपालमा समेत पर्न गएकोले सगरमाथा आरोहण रोकिएको थियो। सगरमाथा आरोहण अहले पुनः सुरु भएको छ। यो सिजनमा ४०८ जनाले सगरमाथा आरोहणको लागि अनुमति लिएका छन्।

१६ वर्षीय सोनामले बाबुसँगै गरे सगरमाथाको सफल आरोहण

मैवाखोला गाउँपालिका–४ का १६ वर्षीय सोनाम शेर्पाले आफ्ना बाबुसँगै सगरमाथाको सफल आरोहण गरेका छन् । आज बिहान ८ः५० बजे सोनाम र उनका बाबु पूर्णकुमार (पिके) शेर्पाले सफल आरोहण गरेको हिमालयन गाइड्स नेपाल ट्रेक एन्ड एक्सपिडिशन प्रालिका प्रबन्धक ईश्वरी पौडेलले जानकारी दिए । दुवै जना उक्त प्रालिमार्फत आरोहणका लागि गएका थिए । सोनाम आवश्यक तयारीका लागि एक महिनाअघि नै सगरमाथा बेस क्याम्प पुगेका थिए भने पिके गत वैशाख २४ गते अनुमतिपत्र लिएर गएका थिए । मौसममा आएको खराबीले केही दिन बेस क्याम्पमै रहेको

बाबु–छोराले गरे एकसाथ सगरमाथाको सफल आरोहण

काठमाडौं। ताप्लेजुङ्को मैवाखोला गाउँपालिका–४ का पूर्णकुमार शेर्पा र उनको छोरा १६ वर्षीय सोनाम शेर्पाले आज सँगै विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन्। उनीहरुले आज विहान ८ः५० बजे सगरमाथाको सफल आरोहण गरेको पर्यटन विभागले जनाएको छ। मौसममा आएको खराबीका कारण उनीहरु केही दिन बेस क्याम्पमै रहेका थिए। मौसम खुलेसँगै उनीहरुले आज सफल आरोहण गरेका हुन्।