काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका शीर्ष नेताहरूबीच बुधबार बसेको पदाधिकारी बैठक विना निष्कर्ष टुङि्गएको छ । ललितपुरको बालकुमारीस्थित पार्टी कार्यालयमा बुधबार भएको बैठकमा शीर्ष तहबाट वैकल्पिक सरकार गठनका विभिन्न विकल्पबारे छलफल भएको नेता बाबुराम भट्टराईले जानकारी दिए ।
लोकतान्त्रिक पार्टी भएकाले फरकफरक धारणा आउनु स्वभाविक भएको भन्दै उनले छलफल जारी...