प्रदेश १ को प्रदेश सभा बैठक आगामी माघ २० गतेभित्र सुचारु गर्न प्रदेश सरकारले बैठक दलहरूसँग छलफल थालेको छ । सरकारले सभामुखसँग छलफल गरिसकेको छ भने र प्रमुख प्रतिपक्ष दल एमालेसँग पनि प्रदेश सभा बैठक सुचारु गर्ने विषयमा छलफलको तयारी भइरहेको मुख्यमन्त्री राजेन्द्रकुमार राईले बताए । ‘प्रदेशसभा बैठक चाँडो सुचारु गर्न सरकारमा सहभागी दलहरू एकमत भएका छन्’मुख्यमन्त्री राईले भने,‘प्रदेश सभा बैठक सुचारु गर्न बारेमा एमालेसँग पनि कुरा गरेर सरकार अगाडी बढ्छ।’ उनले प्रदेश सभाको