बजार घटे पनि लगानीकर्ताको आकर्षण होटल तथा पर्यटन समूहका कम्पनीमा

काठमाडौं । साताको चौथो कारोबार दिन बुधवार (आज) पनि नेप्से परिसूचक घटेको छ । आज नेप्से परिसूचक शून्य दशमलव ६८ प्रतिशत अर्थात् १४ दशमलव ०५ अंक घटेर २ हजार ५० दशमलव ७८ विन्दुमा झरेको छ । गत सोमवारअघि लगातार ९ कारोबार दिन बढेको बजारमा पछिल्लो समय विक्रेता हाबी भएको देखिन्छ । सोही कारण बजार तीन दिनदेखि करेक्सनमै छ । बजार घट्दा पनि लगानीकर्ताको आकर्षण होटल तथा पर्यटन समूहका शेयरमा परेको छ । यस समूहका अधिकांश कम्पनीहरूको शेयर मूल्य उच्च दरले वृद्धि भएको छ ।  ९ दिनमा बजार १९२ अंक बढेको थियो । यही बढेको मौकामा कारोबारीहरूले प्रोफिट बुक गरेसँगै बजार केही घटेको देखिन्छ । पछिल्लो समय तरलता सहज हुन थालेपछि सिडी रेशियो र अन्तर बैंक ब्याजदर निकै तल आइसकेको छ । यस कारण पनि शेयर बजारमा प्रभाव पर्ने जानकारहरू बताउँछन् ।  बुधवार सेन्सेटिभ इन्डेक्स शून्य दशमलव ५२ प्रतिशत, फ्लोट इन्डेक्स शून्य दशमलव ७४ प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स शून्य दशमलव ७८ प्रतिशत घटेको छ ।  यस दिन कारोबारमा आएका २७१ धितोपत्रको ८६ लाख ५१ हजार १६४ कित्ता शेयर ५९ हजार ८१३ पटकमा रू. ३ अर्ब ४९ करोड बराबरको कारोबार भएको छ । २७१ धितोपत्रमध्ये सिटी होटलको शेयर मूल्य सबैभन्दा बढी ९ दशमलव ९७ प्रतिशत वृद्धि भएको छ । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. २६१ दशमलव ४० पुगेको हो । याे सूचीमा दोस्रोमा सोल्टी होटल छ । कम्पनीको शेयर मूल्य ७ दशमलव ४४ प्रतिशत वृद्धि भएर रू. ४७० दशमलव ६० पुगेको छ ।  बुधवार सबैभन्दा बढी ग्रीन भेञ्चर्सका शेयरधनीले गुमाएका छन् । कम्पनीको शेयर मूल्य ६ दशमलव ९८ प्रतिशत घटेसँगै सर्वाधिक गुमाएका हुन् । कम्पनीको शेयर मूल्य रू. ४५३ मा झरेको छ । यस दिन सर्वाधिक गुमाउनेको दोस्रो स्थानमा मेनछ्याम हाइड्रोपावरका शेयरधनी छन्को । कम्पनीको शेयर मूल्य ५ दशमलव ४८ प्रतिशत घटेर रू. २५५ दशमलव ४० कायम भएको छ ।  बुधवार सर्वाधिक शेयर खरीदविक्रीको हिस्सा शिवम् सिमेन्ट्सले ओगटेको छ । कम्पनीको रू. २३ करोड बराबरको शेयर कारोबार भएको हो । यस कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ५४५ दशमलव ५० कायम भएको छ । त्यस्तै सर्वाधिक शेयर खरीदविक्री हुने दोस्रोमा सोल्टी होटल छ । कम्पनीको रू. १९ करोड ३५ लाख बराबर शेयर खरीदविक्री भएको हो ।  यस दिन कारोबारमा आएका १३ समूहगत परिसूचकमध्ये चार समूहको परिसूचक बढेको छ भने बाँकी सबै समूहको घटेको छ । सबैभन्दा बढी होटल तथा पर्यटन समूहको परिसूचक ४ दशमलव ८४ प्रतिशत वृद्धि भएको छ । यस समूहका अधिकांश कम्पनीको शेयर मूल्य उच्च दरमा वृद्धि भएकाले समूहगत परिसूचक बढेको हो । त्यस्तै हाइड्रोपावर समूहको परिसूचक १ दशमलव ६२ प्रतिशत घटेको छ । बढेको बजारमा यस समूहका लगानीकर्ताले प्रोफिट बुक गरेसँगै समूहगत परिसूचक घटेको हो ।  

सम्बन्धित सामग्री

४१ अङ्कले घट्यो शेयर बजार

शेयर बजार आज सोमवार उच्च अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ४१ दशमलव ०१ अङ्कले घटेर दुई हजार एक सय २७ दशमलव ५२ विन्दुमा झरेको छ । आज सबै समूहको शेयर घटेर बजार राताम्मे हुँदा बीमा, होटल तथा पर्यटन, विकास बैंक र माइक्रोफाइनान्स समूहको शेयर उच्च अङ्कले घटेको छ । बजार घटे […]

१९१५ अङ्कमा झर्‍यो सेयर बजार, सबै सूचक घटे

काठमाडौँ । आज (सोमबार) सेयर बजारको परिसूचक नेप्से १९१५ अङ्कमा झरेको छ । कारोबार खुलेदेखि नै उच्च गिरावट आएकोमा बजार बन्द हुँदा नेप्से ७७ अङ्कले घटेको हो । कुल २ अर्ब ३२ करोड रुपैयाँको सेयर कारोबार भयो । सबै उपसमूहका सूचक घटेका छन् । बैङ्किङ ३७, विकास बैङ्क १५०, फाइनान्स ८७, होटल तथा पर्यटन ५६, […]

२१ सयमुनि झर्‍यो नेप्से ,सबै सूचक घटे

काठमाडौँ । साता कारोबारको अन्तिम दिन आज (शुक्रबार) सेयर बजारको परिसूचक नेप्से २१ सयमुनि झरेको छ । शुक्रबार परिसूचक ३३.७६ अङ्क घटेसँगै २०७८ अङ्कमा कायम भएको छ । १ अर्ब ३० करोड रुपैयाँको कारोबार भयो । यस दिन सबै उपसमूह घटेका छन् । बैङ्किङ २४, विकास बैङ्क ५६, फाइनान्स २१, होटल तथा पर्यटन २३, जलविद्युत् […]

शेयर बजारमा पुनः गिरावट

काठमाडौं । साताको पहिलो दिन आइतबार पुनः शेयर बजार दोहोरो अंकले ओरालो लागेको छ । नेप्से २९ अंकले घटेर २३ सय ८५ अंकमा आएर थामिएको छ । आइतबार सबै समूहका परिसुचक राताम्मे रहे । सबैभन्दा धेरै वित्त, होटल तथा पर्यटन र जलविद्युत समुहको उपसूचक २ प्रतिशतभन्दा धेरैले घटे । आइतबार पनि नेष्डो लघुवित्तको शेयरमा भने […]

सेयर बजारमा भारी गिरावट , सबै उपसमूहहरू घटे

काठमाडौँ । बैङ्कहरूले ब्याजदर बढाएसँगै सेयर बजारमा भारी गिरावट आएको छ ।  साताको पहिलो दिन आज आइतबार परिसूचक नेप्से १०१. २४ अङ्कले घटेको छ । सो अङ्कको कमीपछि परिसूचक २७ सयमा झरेको छ । कुल ५ अर्ब ९७ करोड रुपैयाँको कारोबार भयो ।  सबै उपसमूहहरू घटेका छन् । बैङ्किङ ४२, व्यापार ६८, होटल तथा पर्यटन […]

१५.६९ अङ्कले बढ्यो नेप्से , ५ अर्बको कारोबार

काठमाडौँ । आज (सोमबार) सेयर बजारको परिसूचक नेप्से १५.६९ अङ्कले बढेको छ । सो अङ्कको वृद्धिपछि परिसूचक २८५१ अङ्कमा कायम भएको छ । यस दिन ५ अर्ब २ करोड रुपैयाँको कारोबार भयो । कारोबार रकम अघिल्लो दिनको तुलनामा सामान्य घटेको हो । बैङ्किङ ३, होटल तथा पर्यटन ४ र माइक्रोफाइनान्स उपसमूह ४ अङ्कले घटे । […]

पाँच उपसमूहको परिसूचकमा वृद्धि, आठ उपसमूह घटे

काठमाडौं। नेपाल स्टक एक्चेञ्ज (नेप्से)का अनुुसार आज बजारमा कारोबार भएको १३ उपसमूहमध्ये पाँच उपसमूहको परिसूचक बढेको छ। बाँकी आठ उपसमूहको परिसूचक भने घटेको छ। आजको दिन व्यापार,होटल तथा पर्यटन, हाईड्रो पावर, उत्पादन तथा प्रशोधन र मिच्युअल फण्ड उपसमुहको परिसूचकमा वृद्धि आएको छ। यसैगरी बाँकी बैंकिङ, विकास बैक, फाइनान्स, निर्जीवन बिमा,लघुवित्त, जीवन विमा, लगानी र अन्य उपसमूहको परिसूचक भने घटेको छ।

आठ उपसमूहको परिसूचकमा वृद्धि, पाँच उपसमूह घटे

काठमाडौं। नेपाल स्टक एक्चेञ्ज (नेप्से)का अनुुसार आज बजारमा कारोबार भएको १३ उपसमूहमध्ये आठ उपसमूहको परिसूचक बढेको छ भने बाँकी पाँच उपसमूहको परिसूचक घटेको छ। आजको दिन व्यापार, बैंकिङ, निर्जीवन विमा, उत्पादन तथा प्रसोधन, जीवन बिमा, म्यूचुअल फण्ड, लगानी र अन्य उपसमूहको परिसूचक बढेको हो। यसैगरी बाँकी होटल तथा पर्यटन, विकास बैक, हाइड्रो पावर, फाइनान्स, लघुवित्त उपसमूहको परिसूचक भने घटेको छ।

नेप्से झण्डै १६ अङ्कले बढ्याे, सात अर्ब ४७ करोड रुपैयाँकाे काराेबार

काठमाण्डाै – शेयर बजार परिसूचक नेप्से झण्डै १६ अङ्कले बढेको छ । बैंकिङ, व्यापार, फाइनान्स, अन्य र बीमा समूहको शेयर घटे पनि अरू समूहको शेयर उकालो लागेपछि नेप्से १५ दशमलव ७२ अङ्कले बढेर २६ सय ७४ दशमलव ४६ विन्दुमा पुगेको छ । मङ्गलवार होटल तथा पर्यटन समूहको शेयर दुई सय पाँच अङ्कले, विकास बैंकको ३०, जलविद्युतको एक सय १४, उत्पादनको एक सय ८३ र माइक्रो फाइनान्स समूहको शेयर ६४ अङ्कले बढेको छ । मङ्गलवार दुई सय १३ कम्पनीका एक करोड ६१ लाख कित्ता शेयर सात अर्ब ४७ करोड ७७ लाख रुपैयाँमा किनबेच भएका छन् । सबैभन्दा ...

साेमवार नेप्से सामान्य बढ्याे

काठमाण्डाै – शेयर बजार परिसूचक नेप्से साेमवार सामान्य बढेको छ । बैंक, बीमा र फाइनान्स समूहको शेयर घटे पनि अरू समूहको शेयर बढेपछि नेप्से एक दशमलव १३ अङ्कले बढेर २६ सय ५८ दशमलव ७५ विन्दुमा पुगेको छ । साेमवार व्यापार समूहको शेयर एक सय ३२ अङ्कले, होटल तथा पर्यटन समूहको एक सय १४ अङ्कले, जलविद्युतको ४६, उत्पादनको २४, अन्यको ३३ र माइक्रो फाइनान्स समूहको शेयर ३४ अङ्कले बढेको छ । साेमवार दुई सय १२ कम्पनीका एक करोड ५८ लाख  कित्ता शेयर सात अर्ब २९ करोड ६७ लाख रुपैयाँमा किनबेच भएका छन् । सबैभन्दा धेरै मा...