जुम्लाको सिँजा गाउँपालिकाले पालिकामा उत्पादित रैथाने बालीको खरिद र बजारीकरण गर्ने भएको छ। सिँजा गाउँपालिकाले रैथाने बाली बजारीकरणका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडसँग सम्झौता गरेको छ। गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालका अनुसार गाउँपालिकामा उत्पादन हुने रैथाने बालीको संरक्षण, उत्पादन गरी किसानलाई सहजै बजारीकरणमा टेवा पु-याउन कम्पनीसँग शनिबार सम्झौता गरिएको हो। गाउँपालिका अध्यक्ष धिताल र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मोहनप्रकाश चन्दले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको हो।