कालीकाेटमा उत्पादन भएका रैथाने बाली पालिकाले नै खरिद गरी बजारीकरण गर्ने

कालीकोट - कालीकोटमा लोपोन्मुख रैथाने बाली संरक्षण गर्न किसान जुटेका छन् । रैथाने बालीको माग बढ्न थालेपछि उनीहरु संरक्षणमा जुटेका हुन् । जिल्लामा पाइने रैथाने बाली चिनु, कागुनु, फापर, कोदो, जौलगायतका बाली अहिले लोपोन्मुख अवस्थामा छ । पछिल्लो समय यसको माग बढेपछि संरक्षण अभियानमा किसान जुटेका छन् । झण्डै दुई दशक पहिले जिल्लामा उल्लेख्य रूपमा ती बाली उत्पादन हुने गर्दथ्यो । यसवर्ष एक रोपनी जग्गामा चिनुखेती गरेको खाँडाचक्र नगरपालिका– ११ स्थानीय जीवन गिरीले जानकारी दिनुभयो । परीक्षणका रूपमा यो वर्ष एक रोपनी जग्गा...

सम्बन्धित सामग्री

कर्णालीको रैथाने उत्पादनमा आकर्षण

कर्णालीमा उत्पादन भएको रैथानी बालीको उत्पादन खरिदमा ग्राहकको आकर्षण बढ्दै गएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले कर्णालीमा उत्पादन भएको रैथाने बाली खरिद गरेर काठमाडौँमा ल्याएर बिक्री गरेको अर्गानिक उत्पादनमा ग्राहकको आकर्षण बढ्दै गएको हो । हिमाली र उच्च पहाडी जिल्लामा उत्पादन भएका खरिद गरेर बिक्री गर्ने कम्पनीको योजना अनुरूप खरिद गरेर उपत्यकामा ल्याएर बिक्री सुरु गरेको कम्पनीले जनाएको छ । स्थानीय उत्पादनको प्रवर्धन र बजारीकरण गर्ने उद्देश्य अनुरूप वितरण गरिएको कम्पनीले जनाएको छ ।

रैथाने बाली संरक्षण र बजारीकरण गर्न माग

सिमकोट – रैथाने बालीको खेती गर्दै आएका किसानले यसको संरक्षण र बजारीकरण गर्न माग गरेका छन्। उत्पादित रैथाने बालीको बजारीकरण गर्न समस्या भएकाले त्यत्तिकै थन्क्याएर राख्नुपर्ने भएपछि किसानले यस्तो माग गरेका हुन्। खार्पुनाथ गाउँपालिका– ५ का किसान अर्जुन शाहीले आफूले उत्पादन गरेको चिनो कुहेर जाने अवस्था रहेको भन्दै यसको बजारीकरणका लागि माग गरे। उनले स्थानीय […]

रैथाने बाली कोदोसम्बन्धी वृत्तचित्र तयार

सिमकोट – जिल्लामा बढी उत्पादन हुने रैथाने बालीमा पर्ने कोदो बाली बारे वृत्तचित्र तयार भएको छ। कोदोको प्रचार प्रसार र संरक्षण तथा बजारीकरणका लागि यो वृत्तचित्र तयार पारिएको हो। कृषि विकास कार्यालयका प्रमुख धर्मबहादुर शाहीले स्थानीय रैथाने बाली कोदोको संरक्षण, प्रवद्र्धन र बजारीकरण गर्नका लागि वृत्तचित्र “ कोदो ” तयार पारिएको बताए। महत्व नबुझिकनै कोदो […]

रैथाने बालीको बजारीकरण गर्दै पालिका

हरेक साता काठमाडौँमा लाग्दै आएको रैथाने हाटबजार मेलामा मकवानपुरगढी गाउँपलिकाले पालिकाभित्र उत्पादन भएका रैथाने बाली तथा सामग्रीको प्रदर्शनी तथा बिक्रीवितरण गरेको छ । मकवानपुरगढी गाउँपालिकामा उत्पादित स्थानीय एवं रैथाने बालीको बजारीकरण गर्ने उद्देश्यले रैथाने कृषि हाटबजारमा गाउँपालिकाका अध्यक्ष दोर्जे लामा स्याङ्तान आफैँ बिक्री गर्न पुग्नुभएको थियो ।

पालिकाले रैथाने बाली बेच्ने

जुम्लाको सिँजा गाउँपालिकाले पालिकामा उत्पादित रैथाने बालीको खरिद र बजारीकरण गर्ने भएको छ। सिँजा गाउँपालिकाले रैथाने बाली बजारीकरणका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडसँग सम्झौता गरेको छ। गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालका अनुसार गाउँपालिकामा उत्पादन हुने रैथाने बालीको संरक्षण, उत्पादन गरी किसानलाई सहजै बजारीकरणमा टेवा पु-याउन कम्पनीसँग शनिबार सम्झौता गरिएको हो। गाउँपालिका अध्यक्ष धिताल र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मोहनप्रकाश चन्दले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको हो।

रैथाने बाली संरक्षण गर्दै कर्णाली प्रदेश सरकार

सुर्खेत । कर्णाली प्रदेश सरकारले रैथाने बालीको संरक्षण तथा प्रवर्द्धनमा उच्च प्राथमिकता दिएको छ । प्रदेश सरकारले शनिवार ‘कर्णाली प्रदेश दोस्रो रैथाने बाली संरक्षण तथा प्रवर्द्धन दिवस, २०७९’, मनाएको छ । कर्णाली सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले २०७४ फागुन ६ गते कर्णालीलाई ‘अग्र्यानिक प्रदेश’ बनाउने निर्णय गरेको थियो । सोहीबमोजिम प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले त्यससँग सम्बन्धित विभिन्न गतिविधि सञ्चालन गर्दै आएको छ । मन्त्रालयले प्रांगारिक उत्पादनमा वृद्धि गर्न यहाँका रैथाने बाली फापर, कोदो, चिनो, कागुनो, मार्सी धान, सिमी, जौ, उवा, लट्टेलगायतको संरक्षण, प्रवर्द्धनका साथै प्रचार–प्रसारमा पनि जोड दिएको छ । यसअनुरूप २०७८ फागुन ६ गतेदेखि कर्णाली प्रदेश रैथाने बाली संरक्षण तथा प्रवर्द्धन दिवस मनाउन शुरू गरिएको भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री भीमप्रकाश शर्माले जानकारी दिए । ‘कर्णाली आयातित वस्तुमा निर्भर छ भन्ने भनाइ भ्रम हो,’ उनले भने, ‘यो प्रदेशमा गोठे मल प्रयोग गरी रैथानी बाली उत्पादन गरिन्छ । विषादी र रासायनिक मल प्रयोग भएको छैन ।’ जिल्ला समन्वय समिति सुर्खेतका प्रमुख गंगाराम सुनारले रैथाने बालीमा भिटामिन, प्रोटिन, क्यालोरी कति पाइन्छ भन्ने थाहा पाउन र यसको महत्त्व बुझाउन पाठ्यक्रम तयार हुनुपर्ने बताए । वीरेन्द्रनगर नगरपालिका–१ सुर्खेतका अध्यक्ष दिनेश खत्रीले कर्णाली प्रांगारिक सम्भावना बोकेको एक मात्र प्रदेश भएको दाबी गरे । ‘अहिले जुम्लाको अग्र्यानिक उत्पादन किन्न जुम्ला जानुपर्दैन, सुर्खेतमै आउँछ । त्यसैले रैथानी बालीको महत्त्व, उत्पादन र संरक्षणबारे बुझाउन जरुरी छ ।’ मन्त्रालयका सचिव डा. लेखराज दाहालले शैक्षिक क्षेत्रको अनुपम उदाहरण मानिने सुर्खेतको कोपिला भ्याली स्कुलले रैथाने बालीबाट उत्पादित वस्तु खुवाउने लक्ष्य राखेको भन्दै उक्त कामको प्रशंसा गरे । यहाँका शिक्षण संस्थामा प्रांगारिक उत्पादनसम्बन्धी जोडिएको विषयवस्तु पढाइ हुनुपर्ने उनको भनाइ थियो । कृषि विकास निर्देशनालयका निर्देशक चित्रबहादुर रोकायले प्रदेश सरकारले राखेको लक्ष्य, उद्देश्य र त्यसका लागि थालेको अभियान तथा सञ्चालन गरिएका गतिविधिले सकारात्मक सन्देश दिएको बताए । यद्यपि आयातित वस्तुको उत्पादन रोक्न रैथानी बालीको उत्पादकत्व बढाउनुपर्नेमा उनले जोड दिए । कृषि मन्त्रालयका प्रवक्ता धनबहादुर कठायतले रैथाने बालीको परिचय, त्यसको इतिहास, महत्त्व, उत्पादनको अवस्था, घट्नुका कारण, संरक्षण गर्ने उपाय, देखिएका चुनौती तथा समस्या र प्रदेश सरकारले थालेका कदमका बारेमा कार्यपत्र प्रस्तुत गरे । कर्णालीमा हेला गरिएको बालीको मूल्य र महत्त्व अहिले नेपाली तथा विश्वबजारमा बढ्दै गएको उनले बताए । प्रवक्ता कठायतले भने, ‘मानिसले महत्त्व बुझ्दै गएपछि अहिले विद्यालयको खाजा कार्यक्रममा पनि यहाँको रैथाने बालीबाट बनेका परिकार खुवाउन थालिएको छ ।’ खाद्य विविधीकरण, बजारीकरण र उत्पादकत्वमा बढाएर निर्यातमा समेत जोड दिइएको उनले बताए । उक्त दिवसको अवसरमा चन्दननाथ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड जुम्लाले स्याउको चाना, ओखर, सिमी, दाल, मार्सी चामल, ऊनको टोपी, मफलरलगायत रैथाने उत्पादनको स्टल प्रदर्शनीमा राखेको थियो । रासस

नौ रैथाने बाली सूचीकृत

कर्णाली प्रदेशमा उत्पादन हुने नौ प्रजातिका बाली चिनो, कागुनो, उवा, लट्टे (मार्से), फापर, जुम्ली मार्सी, कोदो, जौ र स्थानीय सिमीलाई प्रदेश सरकारले रैथाने बालीका रूपमा सूचीकृत गरेको छ। प्रदेश सरकारले रैथाने बाली जोगाउन उत्पादन, बजारीकरण र प्रवद्र्धनका लागि ‘मूल्यवान् कर्णाली किसानका सम्पदा’ लेखिएको ‘मूल्यवान्’ लोगो कार्यक्रम लागू गरेको छ।

स्थानीय बाली संरक्षण, प्रवर्द्धन र बजारीकरण गर्न कृषि मेला

जुम्लामा जिल्ला स्तरीय स्थानीय खाद्य तथा कृषि मेला प्रदर्शनी कार्यक्रम सम्पन्न भएको छ । अर्गानिक खेतीमा वृद्धि कर्णाली सम्बृद्धि भन्ने नाराका साथ जुम्लामा एक दिने प्रदर्शनी भएको थियो ।स्थानीय बालीको प्रवर्द्धन गर्ने उद्देश्यले प्रदर्शनी आयोजना गरेको हो । रैथाने बाली लोप हुँदै गएपछि बालीको उत्पादन बढाउन र प्रवद्र्धन गर्न कृषि विकास कार्यालय जुम्लाको आयोजनामा  स्थानीय खाद्य तथा कृषि मेला प्रदर्शनी भएको हो । मेला मार्फत स्थानिय बालीको प्रयोग गर्ने व्यवहार सुधार गरी बाह्य आयात निरुत्साहित

विद्यालयको दिवा खाजामा स्थानीय उत्पादन अनिवार्य

गण्डकी सरकारले प्रदेशभित्रका विद्यालयको दिवा खाजामा स्थानीय उत्पादन अनिवार्य गर्ने भएको छ । कृषि उत्पादन, बजारीकरण र उपभोगलाई प्रथमिकता दिई प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटमा स्थानीय उत्पादनको व्यवसायीकरण गर्न स्थानीय तहसँगको सहकार्यमा उक्त व्यवस्था गर्ने बताइएको छ । रैथाने बाली र स्थानअनुसारका विशेष बालीको संरक्षणमा पनि महत्त्व दिइएको छ ।

हिमाली जिल्लाका रैथाने बालीको संरक्षणमा जोड

वीरबहादुर बम,मुगु ।  कर्णालीका हिमाली जिल्लामा उत्पादन हुने रैथाने बालीनालीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरसम्म बजारीकरण गर्नमा प्रमाणीकरण हुनुपर्ने कृषि विज्ञको सुझाव रहेको छ ।देशका अन्य जिल्लाभन्दा कर्णालीका मध्यपश्चिम तथा हिमाली जिल्लामा उत्पादन हुने रैथाने बाली कोदो, कागुनो, चिनो, आलु, स्याउ, मकै, फापरलाई बजारीकरणभन्दा पनि प्रमाणिकरण गरिनुपर्ने सुझाव दिएका हुन् । मुगुमा भूमि व्यवस्था कृषि तथा सहकारी […]