रैथाने बाली जोगाउन ‘भकारो सुधार’ कार्यक्रम

मान्म – कालीकोटको सान्नी त्रिवेणी गाउँपालिकाले रैथाने बाली प्रवर्द्धन गर्नका लागि ‘भकारो तथा गोठ सुधार’ कार्यक्रम सञ्चालन गरेको छ। रैथाने बाली मकै, कोदो, फापर, चिनो, कागुनोलगायतको उत्पादन वृद्धि गर्न गाउँपालिकाले उक्त कार्यक्रम सञ्चालन गरेको हो। सुधारिएको गोठ निर्माणसँगै रैथाने बालीमा गोबरको प्रयोग गर्नका लागि भकारो सुधार कार्यक्रम सञ्चालन गरिएको गाउँपालिका कार्यालयले जनाएको छ। हालसम्म ८३ […]

सम्बन्धित सामग्री

रैथाने बाली संरक्षणमा किसान

तीन वर्षदेखि जोरायल–२ घण्टेश्वरीकी इन्द्रा ओली दाब्बी जातको गहुँ बाली जोगाउन दिनरात खटिंदै आएकी छन् । ओसिलो क्षेत्रमा पनि फल्ने तथा पिठो नरम हुने विशेषता रहेको दाब्बी गहुँ घण्टेश्वर क्षेत्रमा मात्र फलाइन्छ । गहुँको महत्त्वबारे गाउँका बुढापाकाबाट थाहा पाएपछि उनी तीन वर्षदेखि यसको संरक्षणमा जुटेकी हुन् ।

रैथाने बाली जोगाउन बिउ बैङ्कको स्थापना

स्याङ्जामा रैथाने बाली जोगाउन बिउ बैङ्क (बिउ बिजन सङ्कलन तथा संरक्षण केन्द्र)को स्थापना गरिएको छ । पछिल्लो समय परम्परागत बाली लोप हुँदै जान थालेको भन्दै यसको संरक्षणका लागि वालिङ नगरपालिका-८ मा बिउ बैङ्कको स्थापना गरिएको हो ।

लोपोन्मुख रैथाने बाली जोगाउन खाद्य बैंक

जलवायु परिवर्तनले नेपालमा समेत देखिएको खाद्यसंकट समाधान गर्न र लोपोन्मुख रैथाने बालीको संरक्षण गर्न खाद्य

नौ रैथाने बाली सूचीकृत

कर्णाली प्रदेशमा उत्पादन हुने नौ प्रजातिका बाली चिनो, कागुनो, उवा, लट्टे (मार्से), फापर, जुम्ली मार्सी, कोदो, जौ र स्थानीय सिमीलाई प्रदेश सरकारले रैथाने बालीका रूपमा सूचीकृत गरेको छ। प्रदेश सरकारले रैथाने बाली जोगाउन उत्पादन, बजारीकरण र प्रवद्र्धनका लागि ‘मूल्यवान् कर्णाली किसानका सम्पदा’ लेखिएको ‘मूल्यवान्’ लोगो कार्यक्रम लागू गरेको छ।

रैथाने बाली जोगाउन ‘बिज बैंक’

काठमाडौँ,८ असार । बागलुङको बरेङ गाउँपालिकाले रैथाने बालीको बीउबिजन संरक्षण अभियान थाल्ने भएको छ । रैथाने बाली लोप हुँदै गइरहेकाले गाउँपालिकाले ‘हाम्रो बीउ, हराउन नदिउ’ अभियान थाल्ने भएको हो । बीउको संरक्षणका लागि गाउँपालिकाले प्रोत्साहन र सचेतनाका कार्यक्रम सञ्चालन गर्ने भएको छ । अभियान हरेक वडामा सञ्चालन गरेर बीउ जोगाउन बिज बैंक स्थापना गरिने गाउँपालिका […]

रैथाने बाली जोगाउन जुम्लाका गाउँगाउँमा बीउ बैंक

जुम्लामा रहेका ८ वटा बीउ बैंकहरूमध्ये केही बैंकले स्थानीय स्तरमा उपलब्ध माटोको ढरा, कोठी र काठको भकारीहरू बनाएर बीउ भण्डारण गरेका छन् भने केहीमा आधुनिक तवरका ‘सिड’ बैंकहरू खोलिएका छन् ।

रैथाने बाली जोगाउन कृषकलाई अनुदान तथा उपकरण

म्याग्दी-पछिल्लो समय म्याग्दीमा भूगोल अनुसारको रैथाने बाली प्रोत्साहन गर्दै व्यावसायिक बनाउनमा जोड दिइएको छ । कृषि ज्ञान केन्द्रसँगै ६ वटा स्थानीय तहले रैथाने बाली जोगाउने सिँचाई, उपकरण वितरणमा प्राथमिकता दिएका छन् । केन्द्रले धान, आलु सुन्तला, मकै, कोदो, केरालगायतको खेतीबाट कृषकलाई आत्मनिर्भर र व्यावसायिक बनाउने कार्यक्रम अन्तरगत प्राङ्गारिक खेतीको विकास तथा ब्लक निर्माण गरेर कृषलाई […]