रबिको अभिब्यक्तिबारे पत्रकार महासंघमा छलफल

काठमाडौं, २८ माघ । रास्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेको अभिब्यक्तिबारे नेपाल पत्रकार महासंघमा छलफल भएको छ। पत्रकार महासंघले विभिन्न सञ्चारमाध्यमहरुमा संलग्न पत्रकारहरुसँग सभापति लामिछानेले गत २२ गते पत्रकार सम्मेलनमा नेपाली सञ्चारमाध्यम र पत्रकारहरुका बारेमा बोलेको अभिब्यक्तिबारे छलफल गरेको हो। छलफलले उनको अभिब्यक्तिबारे पत्रकार महासंघ प्रेस चौतारी, युनियन, सेन्टरलगायत सबै सञ्चारसंस्थाहरुले प्रतिवादका लागि पहल गर्ने […]

सम्बन्धित सामग्री

नीतिगत स्थायित्व आर्थिक सुधारको पूर्वसर्त : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नीतिगत स्थायित्व आर्थिक सुधारको पूर्वसर्त भएको बताएका छन् । महासंघमा मंगलबार आयोजित राजस्वसम्बद्ध चार महानिर्देशकहरुसँगको छलफल कार्यक्रममा अध्यक्ष ढकालले हरेक वर्ष परिवर्तन हुने नीतिका कारण लगानी निरुत्साहित हुँदै गएको बताए ।

सम्पत्ति अभिलेखीकरणको अवसर दिनुपर्छः ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा सयौं वर्षदेखि निरन्तर व्यवसाय चलिरहेको र आधुनिक कर सम्बन्धि कानुनहरु पछिमात्रै आएको हुँदा सम्पत्ति अभिलेखीकरणको अवसर सबैलाई प्रदान गर्नुपर्ने बताए । नीतिगत स्थायित्व आर्थिक सुधारको पूर्व शर्त भएको बताएका छन् । महासंघमा आयोजित राजश्व सम्वद्ध चार महानिर्देशकहरुसँगको छलफल कार्यक्रममा अध्यक्ष ढकालले हरेक वर्ष परिवर्तन हुने […]

लुम्बिनीमा आज राष्ट्रिय मिडिया सम्मेलन

रूपन्देही । बुद्व जन्मस्थल लुम्बिनीमा आज नेपाल पत्रकार महासंघ केन्द्रीय समितिले राष्ट्रिय मिडिया सम्मेलन गर्दैछ । मिडिया सम्मेलनमा महासंघको सदस्यता शुद्धीकरणलाई प्रमुख एजेण्डाको रूपमा अगाडि सारिएको छ । सदस्यता शुद्धीकरण, पत्रकारका समस्या र मिडियामा देखिएको आर्थिक संकट तथा पत्रकारितासँग सम्बन्धित कानूनका विषयमा छलफल हुने महासंघका अध्यक्ष विपुल पोखरेलले बताए । ‘महासंघमा सदस्यता शुद्धीकरणको मुद्दा सधैँ […]

पर्यटन उद्योगको विकासका लागि पूर्वाधारमा जोड दिन आग्रह

नेपालमा पर्यटकको आगमन वृद्धि गर्नका लागि सरकारले पूर्वाधारको आधारभूत विकासका लागि सरकारले ध्यान केन्द्रित गराएको छन् । नेपाल उद्योग वाणिज्य महासंघ उद्योग वाणिज्य महासंघ र नेपाल पर्यटन बोर्डबीचको सहकार्यमा बुधबार महासंघमा आयोजित छलफल कार्यक्रममा वक्ताहरुले मुलुकको पर्यटन क्षेत्रको विकासको लागि सरकारले पूर्वाधार विस्तारमा जोड दिन सुझाएका हुन् ।कार्यक्रममा महासंघका अध्यक्ष शेखर गोल्छाले नेपालमा पर्यटक भित्रयाउन […]

बजेटबारे अध्यक्ष र वरिष्ठ उपाध्यक्षको प्रतिकृयाले उद्योग वाणिज्य महासंघमा ‘झगडा’

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा र वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले बजेट भाषण लगत्तै प्रतिक्रिया दिए । आइतबार साँझ ६ः५५ बजे तिर अर्थमन्त्री जनार्दन शर्माले बजेट भाषण सकेपछि तत्कालै अध्यक्ष गोल्छा र वरिष्ठ उपाध्यक्ष ढकालले बजेटको स्वागत गरे । वरिष्ठ उपाध्यक्ष ढकालले त संसद भवन परिसरमै पत्रकारसँग कुरा गर्दै बजेटले ‘डोमेस्टिक प्रोडक्सन’लाई प्रोत्साहन गरेको भन्न भ्याए । अध्यक्ष र वरिष्ठ उपाध्यक्षले बजेटको स्वागत गरेपछि महासंघभित्र अहिले झगडा सुरु भएको छ । बजेट सार्वजनिक भएपछि पदाधिकारी बैठक बसेर मात्रै महासंघका सदस्यहरुले एउटै धारणा सार्वजनिक गर्ने निर्णय भएपनि अध्यक्ष र वरिष्ठ उपाध्यक्षले नै उक्त निर्णय पालना नगरेको भन्दै आलोचना सुरु भएको छ । साना तथा मझौला उद्योगी व्यवसायीमा पर्ने प्रभाव, आयातकर्ता व्यवसायीले भोग्नुपर्ने समस्या, सानो आकारमा नेपालमै उत्पादित हुने बस्तु माथिको अस्वभाविक कर, आत्मनिर्भर उन्मुख भनिएका बस्तुमा दिईएको भन्सार छुट लगायतका विषयमा छलफल नै नगरी अध्यक्ष र वरिष्ठ उपाध्यक्षले बजेट ‘राम्रो’ आयो भन्नु महासंघकै निर्णयको विरुद्द भएको अन्य सदस्यहरुले बताएका छन् । स्यानिटरी प्याड, तेल, मदिरा लगायतका उद्योगमा सरकारले लिएको नीति गलत भएपनि महासंघका अध्यक्ष र वरिष्ठ उपाध्यक्षले नै संसद भवनको परिसरबाटै बजेटको स्वागत गरेर आफूहरुले बोल्ने ठाउँ नराखेको एक जना खाने तेल उत्पादन गर्ने उद्योगी बताउँछन् । निर्माण व्यवसायीले पनि १० करोड सम्मका निर्माण आयोजनाका काम श्रम सहकारीमार्फत गराउने व्यवस्था बजेट भाषणबाटै आउनु गलत भएको ठहर गरेका छन् । महासंघका अध्यक्ष र वरिष्ठ उपाध्यक्षले छलफल नगरी हतारमा प्रतिक्रिया दिएर गलत गरेको भन्दै आलोचना गरिरहेका साना तथा मझौला उद्योगीहरुलाई पूर्व अध्यक्ष चण्डीराज ढकालले साथ दिएका छन् ।

कुलमानको गल्ती देखाउँदै आयोगले भन्यो, ‘टीओडी मिटरको मात्र पैसा माग्नु’

उद्योगीहरुले अतिरिक्त बिजुली प्रयोग गरे नगरेको थाहा पाउने ‘टीओडी’ मिटर नहेरी बक्यौता दाबी गरेर शुल्क उठाउन कस्सिएका प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई झड्का लागेको छ । विद्युत नियमन आयोगले डेडिकेटेड तथा ट्रंक लाइनमार्फत बिजुली प्रयोग गरेको वा नगरेको हेरेर मात्रै महशुल उठाउन प्राधिकरणलाई निर्देशन दिएको हो ।आयोगले टीओडी मिटर हेरेर मात्रै यदि कुनै उद्योगले दैनिक २० घण्टा लगातार विद्युत उपयोग गरेको देखिए मात्रै उद्योगीहरूसँग अतिरिक्त महशुल लिन प्राधिकरणलाई निर्देशन दिएको हो । प्राधिकरणले लोडसेडिङको समयमा डेडिकेटेड तथा ट्रंक लाइनमार्फत अतिरिक्त विद्युत प्रयोग गरेका उद्योगबाट १५ अर्ब बढी महशुल बुझाउन बाँकी रहेको दाबी गर्दै आएपनि आयोगले उक्त महशुललाई गैरकानुनी ठहर गरेर नमाग्न निर्देशन दिएपछि कुलमानलाई आपत्त आईलागेको हो ।यो पनिः६ वर्ष अघि क्षेत्रीय कार्यालयबाट झिकाईएको ‘टीओडी डेटा’ देखाउन कुलमानको आनाकानीनेपाल उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग परिसंघले संयुक्त रुपम आयोगमा पुगेर उद्योगीहरुले अतिरिक्त बिजुली प्रयोग गरेको थाहा पाउन टीओडी मिटर हेर्ने व्यवस्था गरिदिन माग गरेपछि आयोगले प्राधिकरणलाई भदौ २४ गते पत्र पठाएको हो । उक्त पत्रमा तत्कालिन विद्युत महशुल निर्धारण आयोगले गरेको निर्णयविपरित डेडिकेटेड वा ट्रंक लाइनमा अतिरिक्त शुल्क नलिन निर्देशन दिएको हो । उद्योगीहरू लोडसेडिङको समयमा आफूहरुले अतिरिक्त बिजुली नलिएको तर, ३ वर्षपछि बक्यौता देखाउँदै प्राधिकरणले बिल पठाएकाले भन्दै त्यस्तो पैसा नतिर्ने अडानमा छन् । उनीहरुले आफूहरु टीओडी मिटर हेरेर त्यसमा बिजुली प्रयोग गरिएको देखिए भुक्तानी गर्न तयार रहेको पनि बताउँदै आएका छन् । तर, कुमालन टीओडी मिटर देखाउन अस्वीकार गर्दै आएका छन् । अब आयोगले नै निर्देशन दिएपछि उनी टीओडी मिटर देखाउन बाध्य भएका छन् ।तर, आयोग स्रोतले पनि कुलमानकै कमजोरीका कारण अहिले यो विवाद सिर्जना भएको बताएको छ । उठ्न नसक्ने शुल्क तिर्नुपर्छ भन्दै उद्योगी व्यवसायीहरुलाई दबाब दिने काम गलत भएको र त्यसमा आयोगले नियमअनुसार गर्नुपर्ने काम औल्याएर प्राधिकरणलाई पत्र पठाएको आयोग स्रोतले बताएको छ ।यसअघिःउद्योगी र होटल व्यवसायीसँग २०७३ फागुनमा कुलमानले गरेको त्यो मिटिङबिजपाटीको टिम असोज पहिलो हप्ता नेपाल उद्योग वाणिज्य महासंघमा पुग्दा यसबारे आयोगले हुलाकमार्फत पठाएको पत्र महासंघमा आईपुगेको थियो । महासंघले उक्त पत्र देखाउन नमिल्ने बताएपनि स्रोतले डेडिकेकेड र ट्रंक लाइनका सम्बन्धमा महासंघ र परिसंघले संयुक्त रुपमा आयोगमा पुगेर राखेको गुनासो सम्बोधन भएर प्राधिकरणमा पत्र आएको र उक्त पत्रको जानकारी स्वरुप महासंघमा पनि पत्र आएको बताएको छ । आयोगले पत्र पठाएपछि प्राधिकरणले यो विवादमा परेका उद्योगी व्यवसायीसँग छलफल सुरु गरेको जानकारी आफूहरुले पाएको आयोग स्रोत बताउँछ ।

https://www.onlinekhabar.com/2020/03/842306

२३ फागुन, काठमाडौं । निजी क्षेत्रको सबैभन्दा ठूलो संगठन नेपाल उद्योग वाणिज्य महासंघको चुनाव सार्नका लागि छलफल शुरु भएको छ । कोरोना भाइरसको त्रासका कारण सरकारले सार्वजनिक सभा समारोह नगर्न निर्देशन दिएसँगै महासंघमा चुनाव सार्नका …

व्यापारीको समस्यामा बोलिदिने नेतृत्वको खाँचो छ

काठमाडौं : निजी क्षेत्रको सबैभन्दा ठूलो प्रतिनिधिमूलक संस्था नेपाल उद्योग वाणिज्य महासंघमा चुनावी सरगर्मी बढेको छ। कात्तिकमा बस्ने भनिएको विशेष साधरणसभा स्थगित गरिएपछि वरिष्ठ उपाध्यक्ष नै स्वत: अध्यक्ष बन्‍ने स्थिति पैदा भएको छ भने अन्य पदका आकांक्षीले पनि छलफल तीव्र पारेका छन्। विशेष साधारणसभा किन डाकियो र किन स्थगित...

विकास र सुशासनबारे छलफल गर्न काठमाडौंमा भेला हुँदै गाउँपालिका अध्यक्षहरू

काठमाडौं : गाउँपालिका राष्ट्रिय महासंघको राष्ट्रिय महाधिवेशन यही चैत १७ गतेदेखि १९ गतेसम्म काठमाडौंमा हुँदै छ। मुलुक संघीय संरचनामा गएपछि गाउँपालिका महासंघमा परिणत भएको तत्कालीन गाउँ विकास समिति महासंघको महाधिवेशनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नेछन्। गाउँपालिकाले महासंघले बिहीबार पत्रकार सम्मेलन गरी...

एनअारएनले पत्रकार महासंघमा लाइब्रेरी स्थापना गर्ने

स्पेन / गैरआवासीय नेपाली संघ (एनआरएनए) को वर्तमान कार्यसमिति अन्तरगत बनेको मिडिया तथा प्रकाशन समितिको पहिलो बैठक सम्पन्न भएको छ । विद्युतीय माध्यम कन्फ्रेन्स कलमार्फत् समितिको बैठक सम्पन्न भएको हो । संघका प्रवक्ता तथा समितिका संयोजक भूषण घिमिरेको सभापतित्वमा सम्पन्न बैठकले गैरआवासीय नेपाली संघको अभियान र नेपाली सञ्चारसँगको सम्बन्धका छलफल गरेको …