कुलमानको गल्ती देखाउँदै आयोगले भन्यो, ‘टीओडी मिटरको मात्र पैसा माग्नु’

उद्योगीहरुले अतिरिक्त बिजुली प्रयोग गरे नगरेको थाहा पाउने ‘टीओडी’ मिटर नहेरी बक्यौता दाबी गरेर शुल्क उठाउन कस्सिएका प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई झड्का लागेको छ । विद्युत नियमन आयोगले डेडिकेटेड तथा ट्रंक लाइनमार्फत बिजुली प्रयोग गरेको वा नगरेको हेरेर मात्रै महशुल उठाउन प्राधिकरणलाई निर्देशन दिएको हो ।आयोगले टीओडी मिटर हेरेर मात्रै यदि कुनै उद्योगले दैनिक २० घण्टा लगातार विद्युत उपयोग गरेको देखिए मात्रै उद्योगीहरूसँग अतिरिक्त महशुल लिन प्राधिकरणलाई निर्देशन दिएको हो । प्राधिकरणले लोडसेडिङको समयमा डेडिकेटेड तथा ट्रंक लाइनमार्फत अतिरिक्त विद्युत प्रयोग गरेका उद्योगबाट १५ अर्ब बढी महशुल बुझाउन बाँकी रहेको दाबी गर्दै आएपनि आयोगले उक्त महशुललाई गैरकानुनी ठहर गरेर नमाग्न निर्देशन दिएपछि कुलमानलाई आपत्त आईलागेको हो ।यो पनिः६ वर्ष अघि क्षेत्रीय कार्यालयबाट झिकाईएको ‘टीओडी डेटा’ देखाउन कुलमानको आनाकानीनेपाल उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग परिसंघले संयुक्त रुपम आयोगमा पुगेर उद्योगीहरुले अतिरिक्त बिजुली प्रयोग गरेको थाहा पाउन टीओडी मिटर हेर्ने व्यवस्था गरिदिन माग गरेपछि आयोगले प्राधिकरणलाई भदौ २४ गते पत्र पठाएको हो । उक्त पत्रमा तत्कालिन विद्युत महशुल निर्धारण आयोगले गरेको निर्णयविपरित डेडिकेटेड वा ट्रंक लाइनमा अतिरिक्त शुल्क नलिन निर्देशन दिएको हो । उद्योगीहरू लोडसेडिङको समयमा आफूहरुले अतिरिक्त बिजुली नलिएको तर, ३ वर्षपछि बक्यौता देखाउँदै प्राधिकरणले बिल पठाएकाले भन्दै त्यस्तो पैसा नतिर्ने अडानमा छन् । उनीहरुले आफूहरु टीओडी मिटर हेरेर त्यसमा बिजुली प्रयोग गरिएको देखिए भुक्तानी गर्न तयार रहेको पनि बताउँदै आएका छन् । तर, कुमालन टीओडी मिटर देखाउन अस्वीकार गर्दै आएका छन् । अब आयोगले नै निर्देशन दिएपछि उनी टीओडी मिटर देखाउन बाध्य भएका छन् ।तर, आयोग स्रोतले पनि कुलमानकै कमजोरीका कारण अहिले यो विवाद सिर्जना भएको बताएको छ । उठ्न नसक्ने शुल्क तिर्नुपर्छ भन्दै उद्योगी व्यवसायीहरुलाई दबाब दिने काम गलत भएको र त्यसमा आयोगले नियमअनुसार गर्नुपर्ने काम औल्याएर प्राधिकरणलाई पत्र पठाएको आयोग स्रोतले बताएको छ ।यसअघिःउद्योगी र होटल व्यवसायीसँग २०७३ फागुनमा कुलमानले गरेको त्यो मिटिङबिजपाटीको टिम असोज पहिलो हप्ता नेपाल उद्योग वाणिज्य महासंघमा पुग्दा यसबारे आयोगले हुलाकमार्फत पठाएको पत्र महासंघमा आईपुगेको थियो । महासंघले उक्त पत्र देखाउन नमिल्ने बताएपनि स्रोतले डेडिकेकेड र ट्रंक लाइनका सम्बन्धमा महासंघ र परिसंघले संयुक्त रुपमा आयोगमा पुगेर राखेको गुनासो सम्बोधन भएर प्राधिकरणमा पत्र आएको र उक्त पत्रको जानकारी स्वरुप महासंघमा पनि पत्र आएको बताएको छ । आयोगले पत्र पठाएपछि प्राधिकरणले यो विवादमा परेका उद्योगी व्यवसायीसँग छलफल सुरु गरेको जानकारी आफूहरुले पाएको आयोग स्रोत बताउँछ ।

सम्बन्धित सामग्री

पैसा सापटीको पीडा गीतमा

काठमाण्डाै – समस्यामा पर्नेहरुलाई पैसा सापटी दिएर उल्टै समस्या भोग्नेहरुको पीडा समेटिएको गीत सार्वजनिक भएकोे छ । गायक बद्री पंगेनीले यस्तै पीडा भोगेका आम मान्छेको समस्यालाई सन्देशमूलक विषय बनाएर नयाँ गीत ल्याउनुभएको हो ।  ‘पैसा सापटी’ बोलको म्युजिक भिडिओको पैसा सापटी लिनुभन्दा अघि र लिएपछिको अवस्थालाई चित्रण गरिएको छ । अनेक बहाना र समस्या देखाएर पैसा सापटी लिने, तर पैसा हात परेपछि दुःख दिनेहरुको चरित्र गीतमा उतारिएको छ । गीतमा पैसा सापटी दिएका कारण सम्बन्ध बिग्रिएको र पैसा सा...

‘पैसा जम्मा गरेको भौचर छ, तर खातामा पैसा छैन’

रुपन्देही – ‘पैसा जम्मा गरेको भौचर छ तर खातामा पैसा छैन’, सम्मरीमाई गाउँपालिका ५ रोइनिहवा बस्ने ४५ वर्षीया विन्द्रावती लोधले रुँदै भन्नुभयो, ‘पैसा अभावमा निमोनियाले च्यापेको नातिनीको उपचार हुन पाएन, विवाहयोग्य छोरीको विवाहको जोरजाम छैन, न त घर नै बनाउन सकेका छौँ ।’ रोइनिहवाकी ६० वर्षीया नैनमती लोधको घुँडामा समस्या देखिएको चार महिना बितेको छ । उहाँलाई हिँडडुल गर्न समस्या छ । श्रीमान् पनि बिरामी हुनुहुन्छ । ‘बुढ्यौलीमा सहारा हुन्छ भनेर जीवनभरिको कमाइ शाखारहित कार्यालयमार्फत ...

‘पैसा जम्मा गरेको भौचर छ तर खातामा पैसा छैन’

लुम्बिनी, २८ असोज (रासस) : “पैसा जम्मा गरेको भौचर छ, तर खातामा पैसा छैन”, सम्मरीमाई गाउँपालिका–५, रोइनिहवा बस्ने ४५ वर्षीया विन्द्रावती लोधले रुँदै भन्नुभयो, “पैसा अभावमा निमोनियाले च्यापेको नातिनीको उपचार हुन पाएन, विवाहयोग्य छोरीको विवाहको जोरजाम छैन, न त घर नै बनाउन सकेका छौँ ।” रोइनिहवाकी ६० वर्षीया नैनमती लोधको घुँडामा समस्या देखिएको चार महिना […]

‘पैसा जम्मा गरेको भौचर छ तर खातामा पैसा छैन’

‘बूढ्यौलीमा सहारा हुन्छ, भनेर जीवनभरिको कमाइ शाखारहित कार्यालयमार्फत माछापुच्छ्रे बैंकमा जम्मा गरियो तर अहिले गएर बुझ्दा खातामा पैसा छैन’, उनले भनिन् ।

‘पैसा जम्मा गरेको भौचर छ तर खातामा पैसा छैन’

“पैसा जम्मा गरेको भौचर छ, तर खातामा पैसा छैन”, सम्मरीमाई गाउँपालिका–५ रोइनिहवा बस्ने ४५ वर्षीया विन्द्रावती लोधले रुँदैले भनिन्, “पैसा अभावमा निमोनियाले च्यापेको नातिनीको उपचार हुन पाएन, विवाहयोग्य छोरीको विवाहको जोरजाम छैन, न त घर नै बनाउन सकेका छौँ ।” रोइनिहवाकी ६० वर्षीया नैनमती लोधको घुँडामा समस्या देखिएको चार महिना बितेको छ । उनलाई हिँड्डुल गर्न समस्या छ । श्रीमान् पनि बिरामी छन् । “बूढ्यौलीमा सहारा हुन्छ, भनेर जीवनभरिको कमाइ शाखारहित कार्यालयमार्फत

‘पैसा जम्मा गरेको भौचर छ तर खातामा पैसा छैन’

– रामविकास चौधरी/ लुम्बिनी “पैसा जम्मा गरेको भौचर छ, तर खातामा पैसा छैन”, सम्मरीमाई गाउँपालिका–५, रोइनिहवा बस्ने ४५ वर्षीया विन्द्रावती लोधले रुँदै भन्नुभयो, “पैसा अभावमा निमोनियाले च्यापेको नातिनीको उपचार हुन पाएन, विवाहयोग्य छोरीको विवाहको जोरजाम छैन, न त घर नै बनाउन सकेका छौँ ।” रोइनिहवाकी ६० वर्षीया नैनमती लोधको घुँडामा समस्या देखिएको चार महिना बितेको […]

पैसा कमाएर कता राख्छस् !

नेपाली समाजमा आजको युगमा वास्तवमा भन्ने हो भने पैसा कमाउने र नकमाउने मानिसलाई हेर्ने र गर्ने व्यवहार फरक–फरक भएको प्रत्यक्ष रूपमा देखिन्छ । पैसा कमाउनेलाई अलि बढी भाउ दिइन्छ भने पैसा नकमाउनेलाई आफ्नै इष्टमित्रबाट गरिने व्यवहार र बोली पनि फरक–फरक र भिन्न भएको अनुभव हुन्छ । नेपालीमा एउटा उखानै पनि सुन्दै आएका छौं– सम्पत्तिमा सबैको […]

विदेशबाट पैसा पठाउँदै हुनुहुन्छ ? यस्तो छ आजको विनिमयदर

नेपाल राष्ट्र बैंकले सोमबारको लागि विभिन्न देशको मुद्राको भाउ सार्वजनिक गरेको छ । एक अमेरिकी डलरको खरिददर ११९ रुपैयाँ ६८ पैसा बिक्रीदर १२० रुपैयाँ २८ पैसा रहेको छ, यूरोपियन यूरो एकको खरिददर १३८ रुपैयाँ ४७ पैसा र बिक्रीदर १३९ रुपैयाँ १५ पैसा, साउदी अरबीयन रियल एकको खरिददर ३१ रुपैयाँ ९१ पैसा र बिक्रीदर ३२ रुपैयाँ ०७ पैसा ,मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ ६५ पैसा र बिक्रीदर २८ रुपैयाँ ७९ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

पैसा बिना के छ र?

पैसा साथ हुँदा तिमीसँग सधैँ सम्मानका खात छन् पैसा छैन भने त केवल सधैँ हेप्ने तिता बात छन्।

कति चाहियो पैसा ?

सपनामा मेरा इष्टदेव फेरि आए र भने- ‘के माग्छस् मनुवा ? वर माग् !’ जिन्दगीभरि गरीबीमा पिल्सिएको म बबुरोले के माग्नु ? ‘पैसा दिनुस् प्रभु पैसा’- मैले भनें । प्रभुले फेरि सोध्नुभो- ‘कति पैसा दिऊँ बालक तँलाई ?’ अब मलाई समस्या पर्‍यो- कति माग्ने ? यो महीनाको बैंकको किस्ता तिर्न नसकेर फिटीफिटी परेको बेला हतारहतार […]