दुबईमा अलपत्र सात नेपाली घर आइपुगे

काठमाडौं, ५ कात्तिक । वैदेशिक रोजगारीका लागि भन्दै दुबई गएर अलपत्र परेका पर्साको बहुदरमाई नगरपालिका घर भएका सात युवा उद्धार पश्चात घर फर्केका छन् । बहुदरमाईका नगरप्रमुख नितेन्द्र साहको पहलमा दुबईमा अलपत्र परेका युवालाई सकुसल घर फकाईएको हो । दुबई गएकालाई नगरप्रमुख साहले त्यहाँ अलपत्र परेका हरिशङ्कर ठाकुर, प्रदीपकुमार, प्रकाश प्रसाद, बाबुचन पासवान, वशिष्ठ हजारा, […]

सम्बन्धित सामग्री

रोमानियामा नेपाली अलपत्र

रोमानिया पुगेका नेपाली युवा बिचल्लीमा परेका छन् । नियमित तलब नपाएपछि केही नेपाली घर फर्केका छन् भने केही कम्पनीमै कामविहीन भएर बसेका छन् । आफूसहित १२ नेपालीले काम छाडेको १० दिन बितेको त्रिशूली नुवाकोटका शंखरमान श्रेष्ठले बताए । काम दिने ठेकेदार (रोजगारदाता) ले नियमित तलब नदिएपछि उनीहरू काममा फर्केका छैनन् ।

विदेशमा अलपत्र ३ हजार १ सय ८ जनाको उद्दार

कोभिड–१९ को संक्रमण रोक्न लकडाउन घोषणा गरेसँगै विदेशमा रहेका नेपालीहरुको उद्धार कार्य जारी छ। सरकारले गत ५ जुन तारिखदेखि स्वदेश फर्काउन सुरु गरेको अभियानले यतिबेला तीव्रता पाएको हो। गैरआवासीय नेपाली संघका राष्ट्रिय समिति तथा नेपाल सरकारका कुटनीतिक नियोगको संयुक्त पहलमा गत तीन हप्तामा ३ हजार १ सय ८ जना नेपाली घर फर्किसकेका छन्।

अलपत्र कामदारको छिटो उद्धार गर्न आग्रह

विश्वका विभिन्न देशमा अलपत्र परी देश फर्कने पर्खाइमा रहेका नेपालीको छिटो उद्धार गर्न नेपाल सरकारसमक्ष गैरआवासीय नेपाली सङ्घका क्षेत्रीय संयोजकहरुले आग्रह गर्नुभएको छ । कोभिड–१९ को महामारीले रोजगारी गुमेकादेखि विभिन्न प्रयोजनले विदेश गएका तर आन्तरिक बन्दाबन्दी तथा नियमित अन्तर्राष्ट्रिय उडान नहुँदा अलपत्र परेका श्रम गन्तव्य मुलुकदेखि विभिन्न देशमा रहेका नेपाली घर फर्कने प्रतिक्षामा छन् । नेपाल सरकारले विदेशमा अलपत्र नेपालीलाई नेपाल फर्काउन शुरु गरिसकेको छ । म्यानमार, संयुक्त अरब इमिरेट्स र कुवेतबाट पहिलो चरणमा नेपाली फर्किसकेका छन् ।

१४ नेपाली भारतमा अलपत्र

लकडाउनभन्दा अगाडि नै तिर्थ यात्रामा निस्किएका १४ जना नेपाली घर फिर्ता हुन नपाएर अलपत्र भएका छन् । ती नेपालीहरु भारतको आन्ध्र प्रदेशमा अलपत्र परेका हुन् । पाँचथर फालेलुङ १ का ३ जना सहित झापा र मोरङ जिल्लाबाट तिर्थ यात्राको लागि भारतको आन्ध्र प्रदेशमा गएका उनीहरु लकडाउनका कारण अलपत्र परेका हुन् । “खानेकुरा किनेर खाने खान पनि पाइँदैन । यातायात पनि चलेको छैन । धर्मको लागि आएको, बिजोग भयो,” एक नेपालीले भने । अहिले बास बस्ने ठाउँ नपाउदा सडकमा बस्नुपरेको उनको भनाइ छ ।

स्वदेश फर्किन लागेका सयौं नेपाली भारतीय जंगलमा अलपत्र

भारतमा कोराेनाको संक्रमण बढ्न थालेपछि त्यहाँ रहेका नेपाली धमाधम घर फर्किन लागेका छन् । कतिपय नेपाली घर