१४ नेपाली भारतमा अलपत्र

लकडाउनभन्दा अगाडि नै तिर्थ यात्रामा निस्किएका १४ जना नेपाली घर फिर्ता हुन नपाएर अलपत्र भएका छन् । ती नेपालीहरु भारतको आन्ध्र प्रदेशमा अलपत्र परेका हुन् । पाँचथर फालेलुङ १ का ३ जना सहित झापा र मोरङ जिल्लाबाट तिर्थ यात्राको लागि भारतको आन्ध्र प्रदेशमा गएका उनीहरु लकडाउनका कारण अलपत्र परेका हुन् । “खानेकुरा किनेर खाने खान पनि पाइँदैन । यातायात पनि चलेको छैन । धर्मको लागि आएको, बिजोग भयो,” एक नेपालीले भने । अहिले बास बस्ने ठाउँ नपाउदा सडकमा बस्नुपरेको उनको भनाइ छ ।