प्रदेश १ मा कोरोना नियन्त्रणका लागि कसरी काम गर्दैछन् स्थानीय तह? | Nagarik News - Nepal Republic Media

यो लकडाउनको सुरुकै कथा हो। सीमा नाकामा कयौं नेपाली घर फर्किने अनुमतिको पर्खाइमा थिए। स्वदेशमा मजदुरहरु कयौं दिन पैदल नापेर पीडादायी यात्रा गरिरहेका थिए। उनीहरुलाई गन्तव्यमा पुर्याउन माग गर्ने आवाज चर्को थियो। सीमामा अलपत्र नेपालीलाई नेपाल भित्र्याएर क्वारेन्टिनमा राख्न सरकारमाथि तीव्र दबाब पर्दै आएको थियो।