काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले यादवचन्द्र शर्मालाई बागमती प्रदेशको प्रमुखमा नियुक्त गरेकी छिन्। सरकारले बिहीबार गरेको सिफारिसका आधारमा राष्ट्रपति भण्डारीले शर्मालाई नियुक्त गरेकी हुन्। प्रदेश प्रमुख संघीय सरकारको प्रतिनिधि रहने संवैधानिक व्यवस्था छ। माधव नेपालले एमाले विभाजन गरेर नयाँ पार्टी निर्माण थालेपछि उनको कोटामा सत्ता गठबन्धन शर्मालाई अवसर दिएको हो। नेपालका प्रधानमन्त्री हुँदाका प्रमुख स्वकीय […]