२ नम्बर प्रदेशमा साढे ३ वर्षमा ४ जना प्रदेश प्रमुख नियुक्त भएका छन् ।
झण्डै ५ महिनाअघि नियुक्त गरिएका २ नम्बर प्रदेश प्रमुख राजेश अहिराजलाई सोमवार पदमुक्त गरिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले अहिराजलाई प्रदेश प्रमुखबाट पदमुक्त गरेको छ ।
निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले त्यसअघिका प्रदेश प्रमुख तिलक परियारलाई पद मुक्त गर्दै २०७७ फागुन ८ गते अहिराजलाई सिफारिस गरेको थियो ।
राष्ट्रपति विद्यादेवी भण्डारीबाट मन्त्रिपरिषद्को सिफारिसमा नेपाल संविधानको धारा १६३(२) बमोजिम अह...