राष्ट्रपतिद्वारा गण्डकी र लुम्बिनीमा प्रदेश प्रमुख नियुक्त, पाैडेल र यादव हटाइँदा शेरचनले पाए दोस्रो पटक नियुक्ति

काठमाडौँः राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकी र लुम्बिनीमा प्रदेश प्रमुख नियुक्त गरेकी छन्। मंगलबारको मन्त्रिपरिषद् बैठकको सिफारिस अनुसार गण्डकी र लुम्बिनीमा प्रदेश प्रमुख नियुक्त गरिएका हुन्। भण्डारीले पृथ्वीमान गुरुङलाई गण्डकी र अमिक शेरचनलाई लुम्बिनीको प्रदेश प्रमुखमा नियुक्त गरेकी हुन्।  यसअघि मन्त्रिपरिषद्ले गण्डकीको प्रदेश प्रमुख सीताकुमारी पौडेल र लुम्बिनीका धर्मनाथ यादवलाई पदमुक्तको सिफारिस…