संघ र चेम्बरको पहलमा खुल्यो टेलिमेडिसिन सेन्टर

काठमाडौं (अस) । नेपाल चेम्बर अफ कमर्स र नेपाल चिकित्सक संघले महामारीका रूपमा फैलिएको कोभिड(१९ रोकथाम तथा नियन्त्रणका लागि ‘सम्पूर्ण नेपालीको जीवनरक्षाका लागि हामी एक हौं’ अभियान सुरु गरेका छन् । अभियानस्वरूप चेम्बर तथा संघको सहकार्यमा टेलिमेडिसिन सेन्टर अन कोभिड–१९ आइतबारदेखि सञ्चालनमा आएकोे छ । टेलिमेडिसिन सेन्टरका चेम्बरले मुख्य प्रायोजन गरेको छ । चेम्बर अध्यक्ष राजेन्द्र मल्ल र संघका अध्यक्ष डा. लोचन कार्कीले संयुक्त रूपमा उक्त केन्द्र सञ्चालनको घोषणा गरेका हुन् । कार्यक्रममा अध्यक्ष मल्लले विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोनाबाट प्रभावित व्यक्तिले स्वदेश तथा विदेशमा बस्नेले यो केन्द्रबाट अनलाइन परामर्श प्राप्त गर्न सक्ने जानकारी दिए । चेम्बरले कोभिड व्यवस्थापन समिति गठन गरी विभिन्न सरकारी अस्पताललाई कोभिड नियन्त्रणका सामग्री तथा उपकरण हस्तान्तरण गरिरहेको उनले बताए । केन्द्र सञ्चालनका लागि साल्ट ट्रेडिङ कर्पोरेशन तथा ईश्वरलाल प्रतिष्ठानको पनि सह–प्रायोजन  रहेको छ । केन्द्रबाट सेवा लिन इच्छुकले मेरो डाक्टर एप डाउनलोड गर्न सक्ने चेम्बरले बताएको छ ।

सम्बन्धित सामग्री

नेपाल–इटली चेम्बरको उपाध्यक्षमा रुपक राजवंशी

काठमाडौं– नेपाल- इटली चेम्बर अफ कमर्सको उपाध्यक्षमा रुपक राजवंशी मनोनित भएका छन् । सोमबार बसेको नेपाल इटली चेम्बरको दोस्रो बैठकले रिक्त पदमा राजवंशीलाई चयन गरेको हो। उनी लामो समयदेखि शिक्षा क्षेत्रसँग आबद्ध राजवंशी सिद्धार्थ वनस्थली इन्स्टिच्युटका प्रिन्सिपल हुन्।   यसैगरी नेपाल- इटली चेम्बर अध्यक्ष सञ्जय अग्रवालको अध्यक्षतामा बसेको बैठकले विभिन्न विषयगत समिति गठन गरेको छ।कार्यसमिति सदस्य किशोर […]

बढ्दो ब्याजदरले व्यवसाय गर्न नसकिने चेम्बरको गुनासो

नेपाल चेम्बर अफ कमर्सले बढ्दो ब्याजदर नियन्त्रण गरी व्यवसायिक वातावरण बनाउन नेपाल राष्ट्र बैंकको ध्यानाकर्षण गराएको छ ।निक्षेपमै उच्चदरको ब्याजदर कायम हुँदा यसको असर कर्जाको ब्याजदरमा समेत पर्न थालेको चेम्बरको ठहर छ । चेम्बरले नियमनकारी निकाय राष्ट्र बैंकसमक्ष हाल कायम स्प्रेड दर, एवं बैंकहरुको आधार समय सान्र्दभिक व्यवस्थापन गर्न पनि आग्रह गरेको छ । चेम्बरले […]

सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष शाक्य चेम्बरको कार्यसमितिमा मनोनीत

काठमाडौं, २० फागुन । नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिक रत्न शाक्यलाई नेपाल चेम्बर अफ कमर्सको कार्यसमिति सदस्यमा मनोनीत गरिएको छ । निजी क्षेत्रको प्रतिनिधमिूलक संस्थाको रूपमा रहेको चेम्बरको ८ औं बैठकले शाक्यलाई चेम्वरको वस्तुगत संघको तर्फबाट सदस्यमा मनोनीत गरेको हो । चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले चेम्बरको विधानअनुरूप शाक्यलाई सदस्यमा मनोनीत गरेको बताएका छन् । […]

दमक चेम्बरको अध्यक्षमा ढकाल

झापामा दमक चेम्बर अफ कमर्स गठन भएको छ । नेपाल चेम्बर अफ कमर्सको भगिनी संस्थाका रूपमा दमक चेम्बर अफ कमर्स जिल्ला कार्यसमिति गठन भएको हो । चेम्बरका अध्यक्ष राजेन्द्र मल्ल, पूर्वअध्यक्ष राजेशकाजी श्रेष्ठ, कार्यसमिति सदस्य सन्तोष पाण्डेलगायत केन्द्रीय पदाधिकारीको उपस्थितिमा राजेन्द्रप्रसाद ढकालको अध्यक्षतामा ११ सदस्यीय चेम्बर जिल्ला कार्यसमिति चयन भएको हो ।दमक चेम्बरको उपाध्यक्षमा अजय […]

भन्सार सहजीकरण गर्न विभागलाई चेम्बरको सुझाव

नेपाल चेम्बर अफ कर्म (एनसीसी) ले भन्सारमा सहजीकरण गर्न भन्सार विभागलाई विभिन्न सुझाव दिएको छ । चेम्बरको कर, राजश्व तथा भन्सार समितिले विभागका महानिर्देशक नाराणयप्रसाद सापकोटालाई लिखित सुझाव दिएको हो ।पछिल्लो समय विभिन्न भन्सार कार्यालयमा मालसामान सरल र सहज तवरले जाँचपास नभई मालसामानका गाडीहरू ‘क्यु’ मा रहेको र भन्सार कार्यालयहरूमा पर्याप्त मात्रामा कर्मचारी समेत नरहेको भन्ने गुनासो आइरहेको चेम्बरले पत्रमा उल्लेख गरेको छ । विभागले न्यून विजकीकरणलाई हतोत्साही गरी वास्तविक बिललाई प्रोत्

चेम्बरको दसैं र तिहार व्यापार मेला

काठमाडौंको कमलपोखरीस्थित सिटी सेन्टरमा व्यापार मेला सुरु भएको छ ।नेपाल महिला चेम्बरको सक्रियतामा नेपालमा उत्पादित अर्गानिक कृषि उत्पादन तथा अन्य उपभोग्य वस्तुहरुको प्रवद्र्धनका लागि व्यापार मेला सुरु गरिएको हो । सो मेलाको उद्घाटन गर्दै नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले देशमा उत्पादन वृद्धि गरी रोजगारीको अवसरको सृजना गरी आत्मनिर्भर बन्न महिला उद्यमीहरुले कर्म क्षेत्रमा […]

लिमा अधिकारी बनिन् महिला चेम्बरको महासचिव

काठमाडौँ- नेपाल चेम्बर अफ कमर्स अन्तर्गत महिला चेम्बरको महासचिव पदमा लिमा अधिकारी आचार्य मनोनीत भएकी छन्। नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले महासचिवमा लिमाको मनोनयन भएको जानकारी गराएका हुन्। नेपाल चेम्बर अफ कमर्समा करिब चार वर्ष महिला चेम्बरकाे साधारण सदस्य रहेकी लिमा महिला चेम्बरकाे कार्यसमिति सदस्य हुँदै नेपाल चाइना चेम्बरकाे सचिव अनि त्यसपछि नेपाल […]

उद्योगी/व्यवसायीलाई खोप दिन चेम्बरको माग

काठमाडौं। नेपाल चेम्बर अफ कमर्शले उद्योगी/व्यवसायीलाई कोरोनाविरुद्धको खोप दिन माग गरेको छ। चेम्बरले आज एक विज्ञप्ति जारी गर्दै व्यवसायीलाई कोभिड–१९ विरुद्धको खोप उपलब्ध गराउन माग गरेको हो। मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउन उद्योग व्यवसाय सञ्चालन गर्नका लागि उद्योगी व्यवसायीलाई खोप चाहिने चेम्बरको निष्कर्ष छ।

मल्लको नेतृत्वमा चेम्बरको नयाँ कार्यसमिति

नेपाल चेम्बर अफ कमर्सको अध्यक्षमा राजेन्द्र मल्ल निर्विरोध निर्वाचित भएका छन् । कार्यसमितिका निर्वाचित सदस्यहरूको प्रथम बैठकले मल्लको नेतृत्वमा पदाधिकारी चयन गरेको हो ।चेम्बरको ५५ सदस्यीय कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा कमलेशकुमार अग्रवाल निर्वाचित भएका हुन् । उपाध्यक्षमा वाणिज्यतर्फ दीपककुमार मलहोत्रा, उद्योगतर्फ उर्मिला श्रेष्ठ, जिल्ला नगरतर्फ दीपक श्रेष्ठ, बस्तुगत संघबाट सुरेन्द्रकुमार श्रेष्ठ र संस्थागत उद्योग वाणिज्य संघबाट […]