दमक चेम्बरको अध्यक्षमा ढकाल

झापामा दमक चेम्बर अफ कमर्स गठन भएको छ । नेपाल चेम्बर अफ कमर्सको भगिनी संस्थाका रूपमा दमक चेम्बर अफ कमर्स जिल्ला कार्यसमिति गठन भएको हो । चेम्बरका अध्यक्ष राजेन्द्र मल्ल, पूर्वअध्यक्ष राजेशकाजी श्रेष्ठ, कार्यसमिति सदस्य सन्तोष पाण्डेलगायत केन्द्रीय पदाधिकारीको उपस्थितिमा राजेन्द्रप्रसाद ढकालको अध्यक्षतामा ११ सदस्यीय चेम्बर जिल्ला कार्यसमिति चयन भएको हो ।दमक चेम्बरको उपाध्यक्षमा अजय […]

सम्बन्धित सामग्री

दमक चेम्बर  अफ कमर्सको अध्यक्षमा राजेन्द्रप्रसाद ढकाल निर्वाचित

मंसिर १८, काठमाडौं। झापामा दमक चेम्बर अफ कमर्स गठन भएको छ ।  नेपाल चेम्बरअफ कमर्सको भगिनि संस्थाका रुपमा दमक चेम्बर अफ कमर्स जिल्ला कार्यसमिति गठन भएको हो । चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्ल, पूर्वअध्यक्ष राजेशकाजी श्रेष्ठ, कार्यसमिति सदस्य सन्तोष पाण्डेलगायत केन्द्रीय पदाधिकारीको उपस्थितिमा राजेन्द्रप्रसाद ढकालको अध्यक्षतामा ११ सदस्यीय  दमक चेम्बर जिल्ला कार्यसमिति चयन भएको हो ।  चेम्बर अफ कमर्सको पहिलो साधारण सभाबाट अध्यक्षमा ढकाल, उपाध्यक्षमा अजय अग्रवाल, सचिवमा रामप्रसाद रिमाल, सहसचिवमा चन्द्रमायाँ निरौला, कोषाध्यक्ष सन्दिप साहेवाला निर्विरोध निर्वाचित भएका छन् । सदस्यहरुमा यम पाठक, मैयादेवी आचार्य, नबिन सेंडाई, शम्भुप्रसाद खतिवडा, राजकुमार गुप्ता र खेमनाथ सापकोटा निर्वाचित भएका छन् । सो अवसरमा चेम्बरका केन्द्रीय अध्यक्ष  मल्लले मुलुकलाई आत्मनिर्भर मुखी अर्थतन्त्र बनाउने चेम्बरको अभियानमा लाग्न आग्रह गरे । उनलेबाँझो जमीनको अधिकतम सदुपयोग गरेर उत्पादन वृद्धि र बजारीकरणमा जिल्ला कार्यसमितिका पदाधिकारीलाई महत्वपूर्ण भूमिका खेल्न आग्रह गरे । मुलुकको अर्थतन्त्रका अधिकांश सूचकहरु अहिले पनि नकारात्मक रहेको भन्दै अध्यक्ष मल्लले पूँजीगत खर्च बढ्ने हो भने तरलता अभाव नहुने बताए । केन्द्र र स्थानीय तहमा खर्च हुन नसकेको रकम वाणिज्य वैंकहरुमा स्थानान्तरण गर्दिने हो भने पनि तरलता सृजना हुने अध्यक्ष मल्लले बताए । एकल अंकमा ब्याजदर कायम गर्ने र सिडी रेसियोलाई ९५ प्रतिशत पुर्‍याउनुपर्ने उनको भनाइ छ ।  नवनिर्वाचित अध्यक्ष ढकालले स्थानीय आर्थिक श्रोतको पहिचान, उत्पादकत्व वृद्धि तथा बजारीकरणका लागि आफ्नो कार्यसमितिले काम गर्ने प्रतिवद्धता व्यक्त गरे । दमक कार्य समिति गठन भएसँगै नेपाल चेम्बर अफ कमर्सको नगर जिल्ला कार्यसमितिको संख्या ११० पुगेको छ ।