उद्योगी/व्यवसायीलाई खोप दिन चेम्बरको माग

काठमाडौं। नेपाल चेम्बर अफ कमर्शले उद्योगी/व्यवसायीलाई कोरोनाविरुद्धको खोप दिन माग गरेको छ। चेम्बरले आज एक विज्ञप्ति जारी गर्दै व्यवसायीलाई कोभिड–१९ विरुद्धको खोप उपलब्ध गराउन माग गरेको हो। मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउन उद्योग व्यवसाय सञ्चालन गर्नका लागि उद्योगी व्यवसायीलाई खोप चाहिने चेम्बरको निष्कर्ष छ।

सम्बन्धित सामग्री

व्यवसायीलाई खोप उपलब्ध गराउन गुल्मी चेम्बरको माग

गुल्मी । गुल्मी चेम्बर अफ कमर्सले जिल्लाका सम्पूर्ण व्यवसायीहरूलाई कोरोना विरुद्धको खोप उपलब्ध गराउन माग गरेको छ । चेम्बरले अर्थतन्त्रसँग प्रत्यक्ष जोडिएका उद्यमी व्यवसायी, श्रमिक र कर्मचारीहरूलाई प्राथमिकतामा राखी कोभिड खोप उपलब्ध गराउन माग गरेको हो । चेम्बरले बिहीबार प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मालाई व्यवसायीहरूको लागि खोप उपलब्ध गराउन भन्दै पत्र समेत बुझाएको छ ।

व्यवसायीलाई खोप उपलब्ध गराउन गुल्मी चेम्बरको माग

गुल्मी । गुल्मी चेम्बर अफ कमर्सले जिल्लाका सम्पूर्ण व्यवसायीहरूलाई कोरोना विरुद्धको खोप उपलब्ध गराउन माग गरेको छ । चेम्बरले अर्थतन्त्रसँग प्रत्यक्ष जोडिएका उद्यमी व्यवसायी, श्रमिक र कर्मचारीहरूलाई प्राथमिकतामा राखी कोभिड खोप उपलब्ध गराउन माग गरेको हो । चेम्बरले बिहीबार प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मालाई व्यवसायीहरूको लागि खोप उपलब्ध गराउन भन्दै पत्र समेत बुझाएको छ ।

व्यवसायीलाई खोप उपलब्ध गराउन गुल्मी चेम्बरको माग

गुल्मी । गुल्मी चेम्बर अफ कमर्सले जिल्लाका सम्पूर्ण व्यवसायीहरूलाई कोरोना विरुद्धको खोप उपलब्ध गराउन माग गरेको छ । चेम्बरले अर्थतन्त्रसँग प्रत्यक्ष जोडिएका उद्यमी व्यवसायी, श्रमिक र कर्मचारीहरूलाई प्राथमिकतामा राखी कोभिड खोप उपलब्ध गराउन माग गरेको हो । चेम्बरले बिहीबार प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मालाई व्यवसायीहरूको लागि खोप उपलब्ध गराउन भन्दै पत्र समेत बुझाएको छ ।

कुल गार्हस्थ उत्पादनको ५% राहत प्याकेज ल्याउन चेम्बरको माग

नेपाल चेम्बर अफ कमर्शले शेरबहादुर देउवा नेतृत्वको नयाँ सरकारलाई कुल गार्हस्थ उत्पादन (जीडीपी) को ५ प्रतिशतले हुन आउने रकम बराबरको राहत प्याकेज ल्याउन सुझाव दिएको छ ।मंगलबार चेम्बर अध्यक्ष राजेन्द्र मल्लको प्रतिनिधि मण्डलले कोरोनाको खोपमध्ये १० प्रतिशत निजी क्षेत्रलाई उपलब्ध गराउन पनि सरकारसंग माग गरेको छ ।प्रधानमन्त्री देउवाले निजी क्षेत्रलाई प्राथमिकताका साथ खोप उपलब्ध गराउने […]

प्रधानमन्त्रीसँग चेम्बरको माग :  निजी क्षेत्रलाई १० प्रतिशत कोभिडविरुद्धको खोप

काठमाडौँ : नेपाल चेम्बर अफ कमर्सले  प्रधानमन्त्री शेरबहादुर देउवासँग निजी क्षेत्रका व्यवसायीलाई न्यूनतमको कोभिड-१९ विरुद्ध खोपको व्यवस्था गर्न आग्रह गरेको छ। चेम्बरका अध्यक्ष राजेन्द्र मल्लको नेतृत्वमा चेम्बरका पदाधिकारीहरू र सदस्यहरूले भेटेर खोपको व्यवस्था गर्न माग गरेका हुन् ।  निजी क्षेत्रलाई प्राथमिकताका आ…

उद्योगी–व्यवसायीलाई खोप उपलब्ध गराउन चेम्बरको माग प्ल्ए लभउब

नेपाल चेम्बर अफ कमर्सले उद्योगी–व्यवसायीलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउन माग गरेको छ ।कोरोनाको महामारीले उद्योगी तथा व्यवसायीलाई आक्रान्त बनाएको र समयमै खोप उपलब्ध नहुँदा व्यावसायिक क्षेत्रको आत्मबलमा ह«ास आएको चेम्बरले जनाएको छ । देशव्यापी रुपमा जारी निषेधाज्ञाका कारण अधिकांश व्यवसाय बन्द अवस्थामा रहेको र अर्कोतर्फ कोरोनाको खोप उपलब्ध नभएकाले यसबाट उत्पन्न विषम परिस्थितिका कारण उद्योग, […]

उद्योगी व्यवसायीलाई खोप सुविधा उपलब्ध गराउन चेम्बरको माग

काठमाडौं (अस) । नेपाल चेम्बर अफ कमर्सले कोरोना महामारीका कारण अर्थतन्त्रमा गम्भीर असर परेको बताएको छ । मुलुकको अर्थतन्त्रमा निजी क्षेत्रको महत्वपूर्ण भूमिका रहे पनि कोभिड महामारीले उद्योगी तथा व्यवसायीलाई आक्रान्त तुल्याएको उसको भनाइ छ । महामारी नियन्त्रणका लागि जारी निषेधाज्ञामा अत्यावश्यक वस्तु उत्पादन उद्योग तथा व्यवसाय सञ्चालनका लागि खोप सुविधा उपलब्ध गराउन चेम्बरले सरकारसँग माग गरेको छ । समयमै कोरोनाविरुद्धको भ्याक्सिन उपलब्ध नभएकाले अग्रपंक्तिमा खटिएको व्यावसायिक क्षेत्रको आत्मबलमा ह्रास आएको चेम्बरको धारणा छ । मुलुकमा जारी निषेधाज्ञाका कारण अधिकांश व्यवसाय बन्द हुन पुगेका  र अर्कोतर्फ कोरोनाविरुद्धको भ्याक्सिन उपलब्ध नहुँदा उद्योग, व्यवसाय सञ्चालनमा समेत चुनौतीपूर्ण अवस्था सिर्जना भएको चेम्बरले जनाएको छ । चेम्बरले उद्योग तथा व्यवसाय सञ्चालनका समग्र निजी क्षेत्र जोखिमयुक्त वर्गमा पर्ने हुँदा आफ्ना पदाधिकारी तथा सदस्य, चेम्बरमा आबद्ध वस्तुगत संघ, द्विराष्ट्रिय व्यापार संघ, प्रदेश, जिल्ला तथा नगरस्तरीय चेम्बर पदाधिकारी, उद्योग तथा यातायात क्षेत्रमा कार्यरत मजदुरलाई दुवै चरणको खोपको व्यवस्था गर्न सरोकारवाला निकायसँग माग गरेको छ ।

उद्योगी–व्यवसायीलाई खोप उपलब्ध गराउन चेम्बरको माग

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले उद्योगी–व्यवसायीलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउन माग गरेको छ । कोभिड–१९ को दोस्रो चरणको महामारीले उद्योगी तथा व्यवसायीहरुलाई आक्रान्त बनाएको र समयमै कोरोनाविरुद्धको खोप उपलब्ध नहुँदा व्यावसायिक क्षेत्रको आत्मबलमा ह्रास आएको चेम्बरले जनाएको छ । मुलुकमा निषेधाज्ञाका कारण अधिकांश व्यवसायहरु बन्द अवस्थामा रहेको र अर्कोतर्फ कोरोनाविरुद्धको खोप...

बजेटमा चेम्बरको सुझाव : जीडीपीको ५ प्रतिशत राहत प्याकेज ल्याऊ

काठमाडौं । कोभिडका कारण अर्थतन्त्र संकटमा परेको निष्कर्ष निकाल्दै नेपाल चेम्बर अफ कमर्शले आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट आर्थिक पुनरुत्थानमा केन्द्रित हुनुपर्ने बताएको छ । चेम्बरले पुनरुत्थानका लागि कुल गार्हस्थ्य (जीडीपी)को करीब ५ प्रतिशत बराबरको राहत प्याकेज बजेटमामार्फत ल्याउन सरकारलाई सुझाव दिएको छ । चेम्बरका अध्यक्ष राजेन्द्र मल्लसहितका पदाधिकारीले सोमवार अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई भेटेर दिएको सुझावमा त्यसरी ल्याइएको राहत प्याकेज ३ प्रतिशत ब्याजदरमा उपलब्ध गराइनुपर्ने माग गरिएको छ । चालू आवको बजेटमा ल्याइएका राहत कार्यक्रम प्रभावकारी कार्यान्वयन नभएको भन्दै चेम्बरले ठूलो आकारको भन्दा पनि कार्यान्वयनमुखी बजेट ल्याउन समेत सुझाव दिएको छ । ‘चालू आर्थिक वर्षको बजेटमा व्यवस्था गरेको ५० अर्बको स्टिमुलस प्याकेज पूर्णरूपमा कार्यान्यवनमा आएको छैन, ठूलो आकारको बजेट भन्दा पनि कार्यान्वयनमुखी बजेट ल्याइनुपर्‍यो,’ सुझावमा भनिएको छ । कोरोना महामारीको प्रकोपबाट समग्र अर्थतन्त्र र जनजीवन लामो समयसम्म प्रभावित हुने अवस्था रहेकाले मौद्रिक नीतिमा कोरोना प्रभावित अर्थतन्त्रका लागि दिएका सम्पूर्ण सहुलियतपूर्ण व्यवस्थालाई आगामी वर्षमा पनि निरन्तरता दिइनुपर्ने चेम्बरको ठहर छ । चेम्बरका अध्यक्ष मल्लले अर्थमन्त्री पौडेललाई सुझाव बुझाउँदै कोभिडले उद्योग व्यवसाय, रोजगारी, स्वास्थ्य, शिक्षा, पर्यटन, निर्माण लगायत अर्थतन्त्रका सबै क्षेत्रमा प्रतिकूल प्रभाव पारेको बताए । यी गम्भीर असरहरू न्यूनीकरण तथा आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि स्वरोजगारी वृद्धि गर्न बजेटले विशेष व्यवस्था गर्नुपर्ने उनको भनाइ थियो । अर्थमन्त्री पौडेलले चेम्बरले बजेट तर्जुमाका लागि दिएका सुझावहरू अध्ययन गरी बजेटमा सम्बोधनको प्रयास गरिने बताए । ‘हामी नेपालको निजीक्षेत्रसँग मैत्रीपूर्ण सम्बन्ध बनाई सहकार्य गर्न चाहन्छौं,’ उनले भने, ‘चेम्बर निजीक्षेत्रकै पुरानो संस्था पनि भएकाले तपाईंहरूका सुझाव बजेटका लागि महत्त्वपूर्ण छन् ।’ बजेट तर्जुमाका लागि चेम्बरले बुझाएको सुझावमा अत्यावश्यक वस्तुमा १० प्रतिशत नबढ्नेगरी भ्याट कायम गर्न भनिएको छ । घरजग्गा कारोबारलाई व्यवस्थित तथा पारदर्शी बनाउन ब्रोकर कम्पनीमार्फत कारोबारको व्यवस्था मिलाउनुपर्ने चेम्बरको सुझाव छ । कोरोना महामारीको दोस्रो प्रकोप तीव्रगतिले बढिरहेको अवस्थामा अर्थतन्त्रलाई नकारात्मक प्रभाव पर्न नदिन अत्यावश्यक स्वास्थ्य सुविधाको परिचालन तथा व्यवस्था मिलाइनुपर्ने र निजीक्षेत्रले पनि खोप झिकाउन पाउने व्यवस्था सरकारले गर्न जरुरी रहेको उल्लेख छ । त्यस्तै, मुलुकमा पर्याप्त अवसर नहुँदा युवा श्रमशक्ति पलायन भएको निष्कर्ष चेम्बरको छ । यसको समाधानका लागि स्वदेशमै रोजगारी वृद्धि गरी आत्मनिर्भर अर्थतन्त्रको विकास गर्न सरकारलाई सुझाव दिइएको छ । ‘सूचनाप्रविधि उद्योगलाई विकास गरी गाउँ तहमा पुर्‍याउनु पर्दछ । कृषिमा स्नातक अध्ययनरत विद्यार्थीलाई अध्ययन सकिनासाथ फिल्डमा गई कम्तीमा एक महीनाको इन्टर्नशिप गर्ने व्यवस्था मिलाउनुपर्दछ,’ सुझावमा भनिएको छ । सरकार अन्तर्गतका संस्थाले २ वर्षका लागि कृषि उत्पादनको भण्डारण राख्ने व्यवस्था गरिनुुपर्ने र त्यसबाट मूल्य वृद्धिलाई नियन्त्रण गर्ने र आपूर्ति प्रणाली सहज हुने उल्लेख छ । वास्तविक कृषि वस्तु उत्पादकले उत्पादनको प्रतिफल पाउने गरी सरकारले नीति बनाउन चेम्बरले आग्रह गरेको छ । कृषि बजारमा वास्तविक किसानले भन्दा बिचौलियाले कृषि उत्पादनबाट प्राप्त हुने प्रतिफल बढी पाइरहेको भन्दै बिचौलियाको प्रवाह कम गर्न किसान र व्यवसायीको प्रत्यक्ष संलग्नता हुनेगरी हरेक स्थानीय तहमा एउटा अत्याधुनिक कृषि बजार एग्रोभेट/संकलन घर/शीत भण्डारसहितको केन्द्र निर्माण गरिनुपर्नेमा चेम्बरले जोड दिएको छ । यसैगरी विश्व बजारसम्म पहुँच नभएका साना, लघु, घरेलु, मझौला उद्योगी, सहकारी तथा किसानले निकासीको सुविधा पाउनेगरी निर्यातगृह स्थापना गरिनुपर्ने, स्थानीय उत्पादन पर्याप्त भइरहे पनि सिलिन्डरको अभावले अक्सिजन आपूर्तिमा समस्या देखिन थालेकाले सिलिन्डरको आयातमा भन्सार महशुल छूट हुनुपर्ने जस्ता दर्जनौं सुझाव चेम्बरले आगामी बजेटका लागि सरकारलाई दिएको छ ।