रोकिएन बारामा काठ तस्करी, फेरि डेढ सय क्युफिट काठ बरामद

सिमरा : प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रको टाँगियाबस्तीमा लुकाई राखेको अवस्थामा डिभिजन वन कार्यालय बाराले झण्डै डेढ सय क्युफिट काठ बरामद गरेको छ।  विशेष सूचनाका आधारमा शनिबार बिहान नेपाल प्रहरी, सशस्त्र प्रहरी र डिभिजन वन कार्यालयको टोलीले टाँगियाबस्ती क्षेत्रमा छापा मारेको थियो। बरामत गरिएका...

सम्बन्धित सामग्री

काठ समातिन्छ, तस्कर पक्राउ पर्दैनन्

वीरगञ्ज – पर्सामा काठ र बालुवा तस्करी बढ्दो क्रममा रहेको पाइएको छ। जिल्लामा रहेका सामुदायिक वनबाट तस्करले काठ तस्करी गरिरहेका छन् भने खोलाबाट अवैध रुपमा गिट्टी–बालुवाको पनि तस्करी हुने क्रम बढ्दो छ। पछिल्लो १० दिनकै समयमा प्रहरीले सामुदायिक वनबाट चोरी गरी तस्करीका लागि राखिएको काठ बरामद गर्नुका साथै अबैध रुपमा खोलाबाट चोरी गरि तस्करी गरिएको […]

चाडबाडको मौका पारेर काठ तस्करी

चाडबाड लागेदेखि सागरनाथ वन विकास परियोजना मातहतको जङ्गलमा काठ तस्करको रजाइँ चलेको छ । माईस्थान र टुटेश्वरस्थित सबडिभिजन वन कार्यालयले उखुघारी, आँप बगैँचा र परियोजनाको जङ्गलबाट ठुलो परिमाणमा चोरी तस्करीका काठ बरामद गरेको छ । चाडबाड लागेदेखि परियोजनाको जङ्गलबाट काठ चोरी हुने क्रम बढ्दै गएको वनकर्मीले बताएका छन् । वन कर्मचारीको गौशाला–८ स्थित ढल्केबर सामुदायिक वनको सिसौ घारीबाट बेवारिसे अवस्थामा ४० क्युफिटको १६ थान युक्लिप्टसको काठ बरामद गरिएको हो । काँचै अवस्थामा भेटिएका ती काठ परियोजनाको जङ्गलबाट कसले चोरेको हो भन्ने खुल्न सकेको छैन ।

बर्दियामा बेवारिसे काठ बरामद

प्रहरीले मंगलबार गुलरिया नगरपालिका—८ बाट साल जातका काठ बरामद गरेको छ । अवैध काठ तस्करी रोक्ने अभियानअन्तर्गत हिँडेको प्रहरी गस्तीले गुलरियास्थित सर्यु खोलाको अजम्बरी (बेसरम) घारीमा ८ थान साल जातको गोलिया काठ बरामद गरेको जनाइएको छ ।

बर्दियामा बेवारिसे काठ बरामद

प्रहरीले मंगलबार गुलरिया नगरपालिका—८ बाट साल जातका काठ बरामद गरेको छ । अवैध काठ तस्करी रोक्ने अभियानअन्तर्गत हिँडेको प्रहरी गस्तीले गुलरियास्थित सर्यु खोलाको अजम्बरी (बेसरम) घारीमा ८ थान साल जातको गोलिया काठ बरामद गरेको जनाइएको छ ।

अवैध काठसहित तीनवटा मोटरसाइकल प्रहरी नियन्त्रणमा

झापा– अवैध काठसहित तीनवटा मोटरसाइकललाई झापा प्रहरीले नियन्त्रणमा लिएको छ । वनजंगलबाट काठ तस्करी गरी मोटरसाइकल हालेर लैजाँदै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले काठ बरामद गरेको हो । आइतबार राति ११ बजे दमक नगरपालिका– ३ स्थित बेलडाँगीमा २६ क्युफिट काठसहित मोटरसाइकल नियन्त्रणमा लिएको प्रहरी कार्यालय झापाले जनाएको छ । सिसौ जातको […]

निर्वाचनको मौका छोपेर काठ तस्करी

सिन्धुली प्रहरीले हरिहरपुरगढी गाउँपालिका–१ वाग्मती नदीको किनारमा शुक्रबार राति थुपारेको साल र अन्य जातको २ हजार २९७ क्युफिट काठ बरामद गरेको छ । सालको १८० थान गोलियाको १५४५ क्युफिट र अन्य जातको ७१ थान गोलियाको ७९१ क्युफिट काठ बरामद गरिएको हो ।

सीमा क्षेत्रमा काठ तस्करको बिगबिगी

वन डिभिजन कार्यालयबाट खटिएका सहायक वन अधिकृत आनन्दशाहको नेतृत्वमा खटिएको टोलीले धमाधम अवैध काठ बरामद गरेपछि सीमा क्षेत्रमा काठ तस्करी भएको खुलासा भएको छ।...

महोत्तरीका जङ्गल तस्कर र अतिक्रमणको चपेटामा

महोत्तरी- महोत्तरीका सामुदायिक जङ्गलहरू काठ तस्करको निसानामा परेका छन् । सामुदायिक वन तथा सागरनाथ परियोजना अन्तर्गतका रूख बिरूवाहरू काटेर काठ तस्करी बढी रहेको विभिन्न तथ्याङ्कले देखाएका छन् । जिल्ला वन कार्यालय महोत्तरीको तथ्याङ्कका अनुसार गत साउनदेखि माघसम्ममा मात्रै जिल्लाका विभिन्न ठाउँबाट चोरी निकासी हुँदै गरेका चार सय ५० क्युफिट काठ बरामद भएको छ । जसमध्ये […]

निषेधाज्ञामा काठ तस्करी

निषेधाज्ञाको मौका छोपी कैलालीका विभिन्न वनक्षेत्रबाट काठ चोरीतस्करी बढेको छ । कैलाली वन प्रशासनले निषेधाज्ञाको दुई महिनामा मात्रै २ हजार क्युफिट अवैध काठ बरामद गरेको छ । काठ चोरीमा रंगेहात १२ जनालाई पक्राउ गरी कारबाहीका लागि मुद्दासमेत दायर गरेको छ ।कैलालीको वसन्ता संरक्षित वनक्षेत्र र चुरेको गोदावरीदेखि चिसापानीसम्मको फेदमा काठ चोरीनिकासी भइरहेको स्थानीयले बताएका छन् ।

किन नियन्त्रण हुँदैन काठ तस्करी ? - Naya Patrika

इलामस्थित चुरे क्षेत्रमा रहेको वनको काठ तस्करी रोक्न वन कार्यालयबाट ठूलै टोली खटिएको छ । तर, तस्करी रोकिएको छैन । पटक–पटक काठ बरामद भएको इलामको माई नगरपालिकास्थित सुखानीमा रहेको दक्षिणी सेक्टर वन कार्यालयका प्रमुख रितेशभूषण बस्नेतले बताए । ‘काठ बरामद भइरहन्छ, बढीचाहिँ चुलचुलीबाट बरामद हुन्छ,’