निषेधाज्ञाको मौका छोपी कैलालीका विभिन्न वनक्षेत्रबाट काठ चोरीतस्करी बढेको छ । कैलाली वन प्रशासनले निषेधाज्ञाको दुई महिनामा मात्रै २ हजार क्युफिट अवैध काठ बरामद गरेको छ । काठ चोरीमा रंगेहात १२ जनालाई पक्राउ गरी कारबाहीका लागि मुद्दासमेत दायर गरेको छ ।कैलालीको वसन्ता संरक्षित वनक्षेत्र र चुरेको गोदावरीदेखि चिसापानीसम्मको फेदमा काठ चोरीनिकासी भइरहेको स्थानीयले बताएका छन् ।