पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले राजनीतिक दलहरुका व्यवहारका कारण प्रतिनिधिसभा र प्रदशसभा निर्वाचन–२०७९ मा मतदान गर्नेहरुमा कमी आएको टिप्पणी गरेका छन् । राजनीतिक दलहरुको व्यवहारबाट विरक्तिएका र मतदाताहरुलाई सचेत बनाउन नसकिएका कारण सो निर्वाचनमा मत हाल्नेहरुको संख्यात्मक परिणाम घट्न गएको उनको निष्कर्ष छ ।आम निर्वाचन पर्यवेक्षण समिति (जियोक) र राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक)ले बुधबार काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पूर्वप्रमुख निर्वाचन आयुक्त पोखरेलले व