दिपायल पुगे देउवा

बाढी, पहिरो तथा डुबानले पुर्‍याएको क्षतिको स्थलगत अवलोकन गर्न सुदूरपश्चिम यात्रामा रहेका देउवा दिपायल पुगेका छन् । दिपायलमा देउवाले बाढी, पहिरोले पुर्‍याएको क्षतिका बारेमा जानकारी लिएका छन् । 'सुदूरपश्चिममा बाढी, पहिरो र डुबानको अवस्थाको स्थलगत अवलोकन गर्ने क्रममा दिपायलमा बाढी र पहिरोले गरेको क्षतिका बारेमा जानकारी लिँदै प्रधानमन्त्री शेरबहादुर देउवा,' प्रधानमन्त्री शेरबहादुर देउवाको आधिकारिक ट्वीटर ह्याण्डलमा तस्वीरसहित राखिएको छ ।  

सम्बन्धित सामग्री

२७ वर्षसम्म बनेन दिपायल बसपार्क, गाडी पार्किङमा समस्या

डोटी - डोटीको दिपायलमा दुई दशकभन्दा अगाडिदेखि निर्माण गरिने भनिएकाे दिपायल बसपार्क अझैसम्म बन्न सकेकाे छैन ।  दिपायल सिलगढी नगरपालिकाले बसपार्क निर्माणका लागि २७ वर्ष अगाडि पाँच राेपनी जग्गा किनेकाे थियाे । तर बसपार्क निर्माण नभएपछि गाडी पार्किङमा समस्या हुँदै आएकाे छ ।  दिपायलमा गतिलो बसपार्क नहुँदा यातायात व्यवसायीले वर्षौँदेखि मूल सडकमै गाडी पार्किङ गर्ने गरेका छन् । जसका कारण याे सडक हुँदै अछाम, बाजुरा जाने रात्रिकालीन बसहरुलाई समस्या पर्ने गरेकाे छ ।  दिपा...

डोटीको दिपायल सिलगढी नगरपालिकामा सुत्केरीलाई निःशुल्क एम्बुलेन्स

डोटी - डोटीको दिपायल सिलगढी नगरपालिकाले सुत्केरी महिलाका लागि निःशुल्क एम्बुलेन्सको व्यवस्था गर्ने निर्णय गरेको छ। मेयर बाजी खड्काको अध्यक्षतामा नवनिर्वाचित जनप्रतिनिधिको पहिलो बैठकबाट दिपायल सिलगढी नगरपालिका भित्रका सुत्केरीलाई एम्बुलेन्स सेवा निःशुल्क दिने निर्णय गरिएको हो। सुत्केरी हुने वा भएकालाई नगरपालिकाभित्र निःशुल्क र जिल्ला बाहिर लैजानु परेमा ५० प्रतिशत छुट दिने मेयर खड्काले जानकारी दिनुभयो ।

डोटीको दिपायल सिलगढी नगरपालिकामा कांग्रेस विजयी

डोटी : डोटीको सदरमुकाममा रहेको पुरानो दिपायल सिलगढी नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ। नगरपालिकाको प्रमुख तथा उपप्रमुखमा नेपाली कांग्रेसका बाजि सिं खड्का 'विजय’ र कल्पना साउद निर्वाचित भएका छन्।एमालेका उम्मेदवारलाई पराजित गर्दै निर्वाचित भएका हुन्।नेकपा एमालेको गड मानिएको दिपायल सिलगढी नगरपालिकामा यसपटक भने नेपाली कांग्रेसले पाँच वटा वडासहित प्रमुख र उपप्रमुख जितेको हो। २०७४ को स्थानीय तहको निर्वाचनमा समेत खड्का नेकपा एमालेका मञ्जु मलासीसँग प्रमुखमा पराजित भएका थिए।नगर प्रमुखमा

धनगढी–दिपायल द्रुतमार्गको ट्रयाक खुल्यो

धनगढी–दिपायल द्रुतमार्गको सबै ट्रयाक खुलेको छ । धनगढीदेखि दिपायलसम्मको करिब ९६ किलोमिटर सडकमा करिब १८ किलोमिटर सडकको ट्रयाक खोली धनगढीदेखि दिपायलसम्म सडक जोडिएको हो ।धनगढी–दिपायल द्रुतमार्ग आयोजना कार्यालयले आर्थिक वर्ष २०७३-०७४ देखि हालसम्म करिब ३० करोड रुपैयाँ खर्च गरेर १८ किलोमिटर ट्रयाक खोल्ने र लेबल मिलाउने काम गरेको जनाएको छ । आयोजना कार्यालयका सूचना अधिकारी […]

डेढ दशकपछि खुल्यो धनगढी–दिपायल द्रुतमार्गको ट्रयाक

डाेटी - कैलालीको धनगढीदेखि डोटीको दिपायल राजपुरसम्मको द्रुतमार्गको ट्रयाक खुलेको छ । द्रुतमार्ग निर्माणको प्रक्रिया सुरु भएको झन्डै डेढ दशकपछि ट्रयाक खुलेको हो । धनगढी–दिपायल ट्रयाक जोडिएपछि नागरिक खुसी भएका छन् । आफूले उत्पादन गरेका वस्तु बजारसम्म पुर्याउन सहज हुने वीपीनगरका स्थानीय बासिन्दा रोजबहादुर कल्लेलले बताउनुभयो । कैलालीको चुरे गाउँपालिका–१ बबैना–ओजेना तीन किलोमिटर सडक खण्डको ट्रयाक खुलेसँगै खुटिया, वीपीनगर, गड्सेरा हुँदै दिपायल राजपुर जोड्ने द्रुतमार्गको ट्रयाकको काम पूरा भएको ह...

डेढ दशकपछि धनगढी-दिपायल द्रुतमार्गको ट्रयाक खुल्यो

धनगढी–दिपायल द्रुतमार्ग बनाउनका लागि प्रक्रिया सुरु गरिएको डेढ दशकपछि ट्रयाक खुलेको छ । कैलालीको चुरे गाउँपालिका–१ बबैना–ओजेना तीन किलोमिटर सडकखण्डको ट्रयाक खुलेसँगै खुटिया–दिपायल दु्रतमार्गको ट्रयाक पूरा भएको हो । धनगढी–दिपायल द्रुतमार्ग निर्माण आयोजना कार्यालयका अनुसार कैलाली र डोटी खण्डमा ट्रयाक खोल्ने काम सकिएको बताउँदै गाडी सञ्चालनका लागि ग्रेडिङ गर्न बाँकी छ । कैलाली खण्डमा पर्ने बबैना–ओजेनामा तीन किलोमिटरमा ट्रयाक खोल्ने काम भएसँगै अब ग्रेडिङ गर्ने

डोटीको दिपायल विमानस्थल पुनः सञ्चालनमा

डोटी – कोरोना कहरका कारण बन्द रहेको डोटीको दिपायल विमानस्थलमा पुनः विमान सञ्चालन भएको छ । कोरोना सङ्क्रमणकाे जोखिम बढेको समयमा यहाँ विमान सञ्चालन भएका थिएनन् ।  अहिले कोरोना जोखिम कम हुँदै गएपछि पुनः विमान सञ्चालन भएको दिपायल विमानस्थल कार्यालयले जनाएको छ । दिपायलदेखि धनगढी विमानस्थलमा हप्ताकाे एक दिन विमान सञ्चालन हुने नागरिक उड्डयन तथा प्राधिकरणको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार विमानले दिपायलबाट धनगढीका लागि प्रत्येक शनिवार उडान भर्ने कार्यतालिका छ ।  निजी क्षेत्...

लोक सेवा दिपायल कार्यालयको प्राविधिक सहायक पदहरूको नतिजा सार्वजनिक

काठमाडौँ । लोक सेवा आयोग दिपायल कार्यालयको प्राविधिक सहायक पदहरूको लिखित परीक्षाको नतिजा सार्वजनिक भएको छ । आयोगको दिपायल कार्यालयको विज्ञापनमा दरखास्त दिई परीक्षा दिएका उम्मेदवारहरूको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको हो । शिक्षा, वन, कृषि सेवा अन्तर्गत राजपत्र अनङ्कित प्रथम श्रेणीका प्राविधिक सहायक पदहरूको नतिजा प्रकाशित भएको छ । परीक्षा गत फागुनमा सञ्चालन भएको […]

लोक सेवा आयोग दिपायल कार्यालयको नायब सुब्बाको नतिजा सार्वजनिक

काठमाडौँ । लोक सेवा आयोग दिपायल कार्यालयको नायब सुब्बाको नतिजा सार्वजनिक भएको छ ।

बदलिँदै दिपायल

थोत्रा टिनले बेरिएका स–साना झुप्रा। त्यही झुप्राबाट बर्सौंदेखि चल्दै आएको दिपायल (पिपल्ला) बजारले गति लिँदै बदलिन थालेको छ। पछिल्ला दिनमा पर्यापर्यटन र बजारीकरण विस्तारले दिपायलका टिनका टहरा बदलिएर गगनचुम्बी महलमा परिणत हुन थालेका हुन्।...