डोटीको दिपायल सिलगढी नगरपालिकामा सुत्केरीलाई निःशुल्क एम्बुलेन्स

डोटी - डोटीको दिपायल सिलगढी नगरपालिकाले सुत्केरी महिलाका लागि निःशुल्क एम्बुलेन्सको व्यवस्था गर्ने निर्णय गरेको छ। मेयर बाजी खड्काको अध्यक्षतामा नवनिर्वाचित जनप्रतिनिधिको पहिलो बैठकबाट दिपायल सिलगढी नगरपालिका भित्रका सुत्केरीलाई एम्बुलेन्स सेवा निःशुल्क दिने निर्णय गरिएको हो। सुत्केरी हुने वा भएकालाई नगरपालिकाभित्र निःशुल्क र जिल्ला बाहिर लैजानु परेमा ५० प्रतिशत छुट दिने मेयर खड्काले जानकारी दिनुभयो ।