डेढ दशकपछि धनगढी-दिपायल द्रुतमार्गको ट्रयाक खुल्यो

धनगढी–दिपायल द्रुतमार्ग बनाउनका लागि प्रक्रिया सुरु गरिएको डेढ दशकपछि ट्रयाक खुलेको छ । कैलालीको चुरे गाउँपालिका–१ बबैना–ओजेना तीन किलोमिटर सडकखण्डको ट्रयाक खुलेसँगै खुटिया–दिपायल दु्रतमार्गको ट्रयाक पूरा भएको हो । धनगढी–दिपायल द्रुतमार्ग निर्माण आयोजना कार्यालयका अनुसार कैलाली र डोटी खण्डमा ट्रयाक खोल्ने काम सकिएको बताउँदै गाडी सञ्चालनका लागि ग्रेडिङ गर्न बाँकी छ । कैलाली खण्डमा पर्ने बबैना–ओजेनामा तीन किलोमिटरमा ट्रयाक खोल्ने काम भएसँगै अब ग्रेडिङ गर्ने

सम्बन्धित सामग्री

निर्माण शुरु भएको डेढ दशकपछि धनगढी–दिपायल द्रुतमार्गको ट्रयाक खुल्यो

वैशाख ६, धनगढी । धनगढी–दिपायल द्रुतमार्ग बनाउनका लागि प्रक्रिया शुरु गरिएको डेढ दशकपछि ट्रयाक खुलेको छ ।  कैलालीको चुरे गाउँपालिका–१ बबैना–ओजेना तीन किलोमिटर सडकखण्डको ट्रयाक खुलेसँगै खुटिया–दिपायल द्रुतमार्गको ट्रयाक पूरा भएको हो । धनगढी–दिपायल द्रुतमार्ग निर्माण आयोजना कार्यालयका अनुसार कैलाली र डोटी खण्डमा ट्रयाक खोल्ने काम सकिएको बताउँदै गाडी सञ्चालनका लागि ग्रेडिङ गर्न बाँकी छ ।  कैलाली खण्डमा पर्ने बबैना–ओजेनामा तीन किलोमिटरमा ट्रयाक खोल्ने काम भएसँगै अब ग्रेडिङ गर्ने कार्य अघि बढाइने आयोजनाका इञ्जीनियर दिनेश रैखोलाले जानकारी दिए । विसं २०६४ मा खुटिया–दिपायल द्रुतमार्गको औपचारिकरूपमा सर्भे गरी ट्रयाक खोल्ने कार्य थालिएको थियो । त्यसबेला खुटियाबाट दिपायलसम्म ८२ किलोमिटर सडक सर्भे भए पनि पछि कैलालीको स्याउलेबाट धनगढीसम्मको १० किलोमिटर सडक पनि थपेर ९२ किलोमिटरको धनगढी–दिपायल द्रुतमार्ग बनाउने निर्णय भएको थियो । अहिले सो सडकको धनगढी–स्याउले खण्डमा कालोपत्र निर्माणका लागि काम शुरु भएको छ । खड्का कृष्ण नारायणम् जेभीले भ्याटबाहेक रू. १६ करोड ४० लाखमा ठेक्का पाएपछि धनगढीको पिपलचौताराबाट स्याउलेसम्मको १३ दशमलव ४ किलोमिटरमा कालोपत्र गर्नका लागि काम शुरु भएको हो । ठेक्का सम्झौताअनुसार धनगढी उपमहानगरपालिका–५ हसनपुरस्थित पिपलचौताराको सामुदायिक प्रहरी कार्यालयबाट स्याउलेमा पर्ने पूर्वपश्चिम राजमार्गभन्दा केही माथिसम्म कालोपत्र गरिने इञ्जीनियर रैखोलाले बताए ।  उनले गत आर्थिक वर्षको असार २० गते आउँदो ३० महीनामा कालोपत्र गरिसक्ने गरी ठेक्का सम्झौता भएको बताए । धनगढी–दिपायल द्रुतमार्ग आयोजना कार्यालयका अनुसार चालू आवमा धनगढीबाट १३ दशमलव ४ किलोमिटर र डोटीको दिपायलबाट ९ दशमलव ५ किलोमिटर सडकमा कालोपत्र गर्ने सम्झौता भएको आयोजना कार्यालयले जानकारी दिएको छ ।  आयोजनाका इञ्जीनियर रैखोलाका अनुसार धनगढी–स्याउ सडकखण्ड कालोपत्रका लागि अहिले सो सडकखण्डको दायाँबायाँ दुवैतर्फ नाली निर्माण गरी सडकको तह मिलाउने काम भइरहेको छ । यसैगरी सुदूरपश्चिमका मुख्यमन्त्री चिलोचन भट्टले सोमवार सो सडकखण्डको स्थलगत अनुगमन गरेका छन् ।  अनुगमनका क्रममा सो द्रुतमार्गको ट्रयाक खोल्ने काम सम्पन्न भएपछि थप स्तरोन्नतिको कार्यले गति लिने उनले बताए । रासस

धनगढी–दिपायल द्रुतमार्गको ट्रयाक खुल्यो

धनगढी–दिपायल द्रुतमार्गको सबै ट्रयाक खुलेको छ । धनगढीदेखि दिपायलसम्मको करिब ९६ किलोमिटर सडकमा करिब १८ किलोमिटर सडकको ट्रयाक खोली धनगढीदेखि दिपायलसम्म सडक जोडिएको हो ।धनगढी–दिपायल द्रुतमार्ग आयोजना कार्यालयले आर्थिक वर्ष २०७३-०७४ देखि हालसम्म करिब ३० करोड रुपैयाँ खर्च गरेर १८ किलोमिटर ट्रयाक खोल्ने र लेबल मिलाउने काम गरेको जनाएको छ । आयोजना कार्यालयका सूचना अधिकारी […]