डेढ दशकपछि खुल्यो धनगढी–दिपायल द्रुतमार्गको ट्रयाक

डाेटी - कैलालीको धनगढीदेखि डोटीको दिपायल राजपुरसम्मको द्रुतमार्गको ट्रयाक खुलेको छ । द्रुतमार्ग निर्माणको प्रक्रिया सुरु भएको झन्डै डेढ दशकपछि ट्रयाक खुलेको हो । धनगढी–दिपायल ट्रयाक जोडिएपछि नागरिक खुसी भएका छन् । आफूले उत्पादन गरेका वस्तु बजारसम्म पुर्याउन सहज हुने वीपीनगरका स्थानीय बासिन्दा रोजबहादुर कल्लेलले बताउनुभयो । कैलालीको चुरे गाउँपालिका–१ बबैना–ओजेना तीन किलोमिटर सडक खण्डको ट्रयाक खुलेसँगै खुटिया, वीपीनगर, गड्सेरा हुँदै दिपायल राजपुर जोड्ने द्रुतमार्गको ट्रयाकको काम पूरा भएको ह...

सम्बन्धित सामग्री

धनगढी–दिपायल द्रुतमार्ग धमाधम कालोपत्र हुँदै

सडक निर्माणका लागि चालु आर्थिक वर्षमा सङ्घीय सरकारले रु. २५ करोड बजेट विनियोजन गरेपछि कालोपत्रको काम पनि प्रारम्भ गरिएको सडक आयोजना कार्यालयका इन्जिनियर दिनेश रैखोलाले बताउनुभयो । उक्त सडकखण्ड एक महिनाभित्रै कालोपत्र सम्पन्न हुने गरी धमाधम काम भइरहेको उहाँले जानकारी दिनुभयो ।

धनगढी–दिपायल द्रुतमार्ग कालोपत्र हुने

कैलाली– धनगढी–खुटिया– बीपीनगर–दीपायल द्रुतमार्ग कालोपत्र हुने भएको छ । सडक कालोपत्रका लागि कैलाली खण्डमा बेसको काम भइरहेको सडक योजना कार्यालयले जनाएको छ । योजना कार्यालयका प्रमुख लक्ष्मण रावलका अनुसार बेसको काम सकिने बित्तिकै उक्त सडक कालोपत्र गर्ने तयारी थालिने छ ।  गत आर्थिक वर्षमा बजेट अभावका कारण अलपत्र परेको सडक कालोपत्रको काम एक महिनापछि हुने […]

अलपत्र पर्दै धनगढी-दिपायल द्रुतमार्ग

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले जेठ दोस्रो सातातिर डोटीमा आयोजित एक कार्यक्रममा धनगढी–बीपीनगर–दिपायल द्रुतमार्गलाई प्रदेश सरकारले प्राथमिकता राखी बजेट विनियोजन गर्ने प्रतिबद्धता गरेपछि डोटेलीमा खुसियाली छायो ।

‘योजना कार्यान्वयन प्रभावकारी बनाउनुपर्छ’

संघीय सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि १७ खर्ब ५१ अर्ब ३१ करोडको बजेट ल्याएको छ । बजेटमा सुदूरपश्चिम प्रदेशका रणनीतिक महत्त्वको महाकाली करिडोर, सेती लोकमार्ग, धनगढी–दिपायल द्रुतमार्ग, फप्ला क्रिकेट मैदान, सुक्खा बन्दरगाह, पश्चिम सेती लजविद्युत् आयोजना, सेती नदी ६ जलविद्युत् आयोजना निर्माण, खप्तडमा केबुलकार निर्माणका लागि निजी क्षेत्रलाई प्रोत्साहन गर्ने, बडिमालिकामा पर्यटन पूर्वाधार […]

धनगढी–दिपायल द्रुतमार्ग : सात महिनापछि काम सुरु हुँदै

नेपाल सरकारको प्राथमिकता प्राप्त धनगढी–दिपायल द्रुतमार्गमा पुँजीगत शीर्षकमा बजेट विनियोजन नभएपछि रोकिएको काम सुरु हुने भएको छ । प्राथमिकता प्राप्त भई बहुवर्षीय ठेक्का लागिसकेको सो आयोजनामा बजेट नपरेपछि निर्माण कम्पनीले गत असोजदेखि काम रोकेका थिए । फागुन मसान्तमा नेपाल सरकारले रकमान्तरमार्फत् १५ करोड रुपैयाँ विनियोजन गरेपछि निर्माण कम्पनीहरूले पुनः काम सुचारु गर्ने तयारीमा रहेको धनगढी–दिपायल […]

७८ करोड वक्यौता, यो वर्ष पनि बजेट नहुँदा काम रोकियो

नेपाल सरकारको प्राथमिकता प्राप्त धनगढी–दिपायल द्रुतमार्गको काम रोकिएको छ । चालू आर्थिक वर्षका लागि बजेट विनियोजन नभएपछि ठेक्का लागेर आधा काम भइसकेको खण्डको काम रोकिएको हो । धनगढी–दिपायल द्रुतमार्ग आयोजना कार्यालयका अनुसार चालू आर्थिक वर्ष २०७९/०८० का लागि नेपाल सरकारले आयोजनाको पुँजीगत शीर्षकमा बजेट विनियोजन नगरेपछि ठेकेदार कम्पनीले काम रोकेको हो । सो मार्गअन्तर्गत धनगढी-स्याउले […]

धनगढी–दिपायल द्रुतमार्गको ट्रयाक खुल्यो

धनगढी–दिपायल द्रुतमार्गको सबै ट्रयाक खुलेको छ । धनगढीदेखि दिपायलसम्मको करिब ९६ किलोमिटर सडकमा करिब १८ किलोमिटर सडकको ट्रयाक खोली धनगढीदेखि दिपायलसम्म सडक जोडिएको हो ।धनगढी–दिपायल द्रुतमार्ग आयोजना कार्यालयले आर्थिक वर्ष २०७३-०७४ देखि हालसम्म करिब ३० करोड रुपैयाँ खर्च गरेर १८ किलोमिटर ट्रयाक खोल्ने र लेबल मिलाउने काम गरेको जनाएको छ । आयोजना कार्यालयका सूचना अधिकारी […]

डेढ दशकपछि धनगढी-दिपायल द्रुतमार्गको ट्रयाक खुल्यो

धनगढी–दिपायल द्रुतमार्ग बनाउनका लागि प्रक्रिया सुरु गरिएको डेढ दशकपछि ट्रयाक खुलेको छ । कैलालीको चुरे गाउँपालिका–१ बबैना–ओजेना तीन किलोमिटर सडकखण्डको ट्रयाक खुलेसँगै खुटिया–दिपायल दु्रतमार्गको ट्रयाक पूरा भएको हो । धनगढी–दिपायल द्रुतमार्ग निर्माण आयोजना कार्यालयका अनुसार कैलाली र डोटी खण्डमा ट्रयाक खोल्ने काम सकिएको बताउँदै गाडी सञ्चालनका लागि ग्रेडिङ गर्न बाँकी छ । कैलाली खण्डमा पर्ने बबैना–ओजेनामा तीन किलोमिटरमा ट्रयाक खोल्ने काम भएसँगै अब ग्रेडिङ गर्ने

धनगढी–स्याउले सडकको चौडाइ अन्योल

-सडकको कुल क्षेत्र ३० मिटर– संरचना नौ मिटरमा बनाउँदै– स्टिमेट साढे पाँच मिटर कालोपत्रे गर्ने योजना अझै स्वीकृत भएन धनगढी–दिपायल द्रुतमार्ग अन्तर्गतको धनगढी–स्याउले सडकको चौडाइ निश्चित हुन सकेको छैन ।शाखा सडकसमेत कम्तिमा २० मिटर चौडाइको बनिरहेका बेला द्रुतमार्गको चौडाइ कम बनाइरहेकोमा स्थानीयले असन्तुष्टि व्यक्त गरेका छन् । सडकको क्षेत्र (राइट अफ वे) ३० मिटर रहेको […]

धनगढी–दिपायल द्रुतमार्ग कालोपत्रे सुरु

धनगढी–दिपायल द्रुतमार्ग बनाउनका लागि प्रक्रिया सुरु गरिएको डेढ दशकपछि सो सडकको धनगढी–स्याउले खण्डमा कालोपत्रे निर्माणका लागि काम सुरु भएको छ ।खड्का कृष्ण नारायणम् जेभीले भ्याटबाहेक १६ करोड ४० लाखमा ठेक्का पाएपछि धनगढीको पिपलचौतारादेखि स्याउलेसम्मको १३.४ किलोमिटरमा कालोपत्रे गर्नका लागि काम सुरु गरेको हो । वर्षाले गर्दा सुख्खा ठाउँमा सडकको नाली बनाउने काम सुरु गरिएको ठेकेदार […]