उद्यमी सुबोधकुमार गुप्ता नेपाल–युएई बिजनेश काउन्सिलको उपाध्यक्षमा मनोनीत

काठमाडौं (अस) । उद्यमी सुबोधकुमार गुप्ता नेपाल–यूएई बिजनेश काउन्सिलको द्वितीय उपाध्यक्षमा मनोनित भएका छन् । वीरगञ्ज उद्योग वाणिज्य संघ तथा नेपाल चामल तेल दाल उद्योग संघका अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य रहेका गुप्तालाई नेपालस्थित यूएई दूतावासले सो पदमा मनोनीत गरेको हो । दूतावासले बिहीवार काठमाडौंमा एक समारोह आयोजना गरी सपथ ग्रहण गराएको छ । नेपालका लागि यूएईका राजदूत साइद हमदन अलनक्बीले सपथ गराएका हुन् । यूएई दूतावास र सीईओ क्लब ग्लोबल नेपाल र सेन्टर फर डिप्लोम्याटिक डायलगको सहकार्यमा काउन्सिल गठन भएको हो । काउन्सिलको माध्यमबाट औद्योगिक व्यापारिक लगानीका अवसरहरूको खोजी र उपयोग प्रभावकारी हुने विश्वास गुप्ताले व्यक्त गरे । यसैबीच वीरगञ्ज उद्योग वाणिज्य संघ र नेपाल चामल तेल दाल उद्योग संघले विज्ञप्ति निकालेर गुप्तालाई शुभकामना दिएका छन् ।

सम्बन्धित सामग्री

ज्ञानेन्द्र उपाध्यक्षमा मनोनीत

नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घले राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान ज्ञानेन्द्र मल्ललाई उपाध्यक्षमा मनोनयन गरेको छ।...

एनआरएनए उपाध्यक्षमा केसीद्वारा उम्मेद्‍वारी घोषणा

काठमाडौं, २७ श्रावण । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आसन्न निर्वाचनमा अष्टेलिया निवासी हालका उपमहासचिव गणेश केसीले उपाध्यक्षमा उम्मेदवारी दिने बताएका छन्। गैर आवासीय नेपाली अभियानमा लामो समयदेखि क्रियाशील रहँदै आएका केसीले ११औँ अन्तर्राष्ट्रिय महाधिवेशनमा उपाध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका हुन्। वर्तमान आइसिसी उपमहासचिव केसीले एनआरएनए अग्रजहरुको सल्लाह सुझाव अनुसार उपाध्यक्षमा उम्मेदवारी दिन लागेको बताए। […]

सीएसीसीआईको उपाध्यक्षमा श्रेष्ठ निर्वाचित

काठमाडौं । एसिया प्यासाफिक चेम्बर अफ कर्मस र उद्योग महासंघ (सीएसीसीआई) को उपाध्यक्षमा नेपालका प्रदिपककुमार श्रेष्ठ निवार्चित भएका छन् । अस्ट्रेलियाको मेलबर्नमा भएको ३६औं सम्मेलनबाट उनी उपाध्यक्षमा पुनः निर्वाचित भएका हुन् । श्रेष्ठ नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष एवं पञ्चकन्या समूहका प्रबन्ध निर्देशक समेत हुन् ।

लालझाडीकाे अध्यक्षमा एमाले र उपाध्यक्षमा कांग्रेसकाे अग्रता

कञ्चनपुर : जिल्लाकाे लालझाडी गाउँपालिकामा अध्यक्ष नेकपा एमाले र उपाध्यक्षमा नेपाली कांग्रेसले अग्रता कायम राखेका छन्।लालझाडी गाउँपालिका वडा नं. ४ को ८ सय मत गणना हुँदा एमालेले अध्यक्षमा ९५६ र उपाध्यक्षमा ८१० मत पाएको छ । कांग्रेसले अध्यक्षमा ८३० र उपाध्यक्षमा १०१२ मत पाएको छ।माओवादी केन्द्रले अध्यक्षमा ६८२ र उपाध्यक्षमा ६६० मत ल्याएको छ। यसैगरी लालझाडी ४ को अध्यक्षमा एमाले १५१ लालझाडी गाउँपालिकामा अध्यक्षमा नेकपा एमाले र उपाध्यक्षमा नेपाली कांग्रेसले अग्रता कायम राखेका छन्।

जन्तेढुंगामा अध्यक्षमा चार र उपाध्यक्षमा तीन जनाको उम्मेद्वारी

खोटाङ –  खोटाङको जन्तेढुंगा गाउँपालिकामा अध्यक्षमा चार र उपाध्यक्षमा तीन जनाको उम्मेद्वारी दर्ता भएको छ । अध्यक्षमा गठबन्धनकातर्फबाट नेकपा माओवादी केन्द्रका अरुणादेबी राई र उपाध्यक्षमा कांग्रेसका खेमबहादुर खड्का, एमालेबाट अध्यक्षमा शंखरबहादुर राई र उपाध्यक्षमा बिमला राईको मनोनयन दर्ता भएको छ। यस्तै, जनता समाजवादीकातर्फबाट अध्यक्षमा देबेन्द्र श्रेष्ठ र उपाध्यक्षमा सिता राई, राप्रपाबाट भक्तबहादुर खड्काको उम्मेद्वारी दर्ता […]

राष्ट्रिय युवा परिषद‍्को उपाध्यक्षमा बस्नेत नियुक्त

राष्ट्रिय युवा परिषद‍्को उपाध्यक्षमा सुरेन्द्र बस्नेत नियुक्त भएका छन् । बुधबार बसेको मन्त्रिपरिषद‍्को बैठकले बस्नेतलाई राष्ट्रिय युवा परिषद‍्को उपाध्यक्षमा नियुक्त गरेको मन्त्रिपरिषद स्रोतले जनाएको छ ।

घनश्याम भुसालले उपाध्यक्षमा उम्मेदवारी दिने

काठमाडाैं ।  नेकपा एमालेका नेता घनश्याम भुसालले उपाध्यक्षमा उम्मेदवारी दिने भएका छन् । हाल उपमहासचिव रहेका भुसालले आफ्नो दावी उपाध्यक्षमा रहेको बताएका छन् । नयाँ नेतृत्व चयनका लागि एमालेको दशौं महाधिशेन शुक्रबारदेखि चितवनमा सुरु भएको छ । आज शुक्रबार उद्घाटन सत्र सकिएको छ भने भोलि सौराहमा बन्दसत्र सुरु हुनेछ । निर्वाचन समितिका अनुसार भोलि नै […] The post घनश्याम भुसालले उपाध्यक्षमा उम्मेदवारी दिने appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

घनश्याम भुसालद्वारा उपाध्यक्षमा उम्मेदवारी घोषणा

नेकपा एमालेका उपमहासचिव घनश्याम भुसालले उपाध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन् । एमालेको १० औं महाधिवेशनमा सहभागी हुन चितवन पुगेका भुसालले शुक्रबार साँझ चितवनबाटै उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका हुन् । यसअघि भुसाल अध्यक्षमा उठ्ने चर्चा थियो ।आफ्नै समूहका भीम रावलले अध्यक्षमा उम्मेदवारी दिएपछि भुसाल वरिष्ठ उपाध्यक्षमा उठ्ने अड्कल गरिएको थियो । तर उनले एक कदम पछि हट्दै चार उपाध्यक्ष मध्ये एकमा उम्मेदवारी घोषणा गरेका छन् । वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिन लाग्नु भएको हो भन्ने रात

राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा विश्वनाथ पौडेल नियुक्त

काठमाडौँ । राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा विश्वनाथ पौडेल नियुक्त भएका छन्। आज बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले अर्थशास्त्री पौडेललाई योजना आयोगको उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । प्रधानमन्त्री देउवाको सचिवालय स्रोतले दिएको जानकारीअनुसार आयोगको उपाध्यक्षमा पौडेललाई नियुक्त गर्ने निर्णय गरिएको हो ।

योजना आयोगको उपाध्यक्षमा विश्व पौडेल

सरकारले योजना आयोगको उपाध्यक्षमा अर्थशास्त्री डा. विश्वनाथ पौडेललाई नियुक्त गरेको छ। आज बसेको मन्त्रिपरिषद बैठकले उनलाई योजना आयोगको उपाध्यक्षमा नियुक्त गरेको हो।  ...