काठमाडौं ।राष्ट्रिय सभा निर्वाचन अन्तर्गत मधेस प्रदेशमा अन्यतर्फ लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका अध्यक्ष महन्थ ठाकुरले उम्मेदवारी दर्ता गराउनुभएको छ । निर्वाचन कार्यालय मधेस प्रदेशमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर ठाकुरले उम्मेदवारी दर्ता गराउनुभएको हो ।उहाँको प्रश्तावकमा लोसपाका मधेस प्रदेश सभा सदस्य जयनुल राईन रहनुभएको छ भने समर्थकमा समेत लोसपाकै प्रदेशसभा सदस्य एवं मधेस सरकारको शिक्षा […]
सुनसरी- श्रम संस्कृति पार्टीका केन्द्रीय अध्यक्ष एवम् धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई (साम्पाङ) ले सुनसरी क्षेत्र नम्बर १ बाट फागुन २१ गतेको प्रतिनिधिसभा चुनाव लड्ने भएका छन् । साम्पाङले प्रतिनिधिसभा निर्वाचनमा सुनसरी क्षेत्र नम्बर १ बाट चुनाव लड्ने घोषणा गरेका हुन् । सामाजिक सञ्जाल फेसबुकमा साम्पाङले भनेका छन्- ‘म सुनसरी क्षेत्र नम्बर १ बाटै प्रतिनिधिसभाको […]
एजेन्सी– भेनेजुएलाकी कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले देश कुनै पनि विदेशी शक्तिद्वारा शासित नरहेको स्पष्ट पार्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दाबीलाई अस्वीकार गरेकी छन् । ट्रम्पले भेनेजुएलामा ‘पूर्ण पहुँच’ आवश्यक भएको टिप्पणी गरेपछि रोड्रिगेजको यो प्रतिक्रिया आएको हो । मंगलबार (स्थानीय समय)कृषि–खाद्य, माछा, सामुदायिक तथा औद्योगिक क्षेत्रसँग सम्बन्धित एक सरकारी कार्यक्रममा उनले भनिन्, “हामी जनताको साथमा […]
काठमाडौं– सवारी साधनबाट वायु प्रदूषणमा पर्ने असर घटाउन वातावरण विभागले उपत्यकाका सडकमा आकस्मिक चेकजाँच तीव्र बनाएको छ । यस क्रममा आज बानेश्वरदेखि माइतीघर खण्डमा गुडिरहेका डिजेल तथा पेट्रोल सवारीसाधनको स्थलगत परीक्षण गरिएको हो । डिजेल तथा पेट्रोलका जम्मा ३६ वटा सवारीसाधनको परीक्षण गरिएकोमा १२ वटा सवारीसाधन मापदण्डअनुसार नपुगेका कारण फेल भएका छन् । यो करिब […]
२३ पुस, धरान । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जिल्लामा पाँच लाख ८० हजार ९४५ जना मतदाता कायम भएका छन् ।
जिल्लाका १२ स्थानीय तहमध्येबाट दुई लाख ९४ हजार २५२ पुरुष, दुई …
काठमाडौं । काठमाडौं उपत्यकाका खोला तथा नदी किनारको मापदण्डसम्बन्धी सर्वोच्च अदालतको फैसलाविरुद्ध पीडितहरूको विरोध निरन्तर जारी छ । गैरन्यायिक खोला तथा सडक मापदण्ड पीडित संघर्ष समितिले मुद्दालाई अग्राधिकार दिएर छिटो निर्णय गर्न माग गर्दै बुधवार काठमाडौंमा विरोध प्रदर्शन गरेको हो । सरकारले २०६५ सालमा वागमती, विष्णुमती र मनोहरा नदीमा २० मिटर, धोबीखोलामा ९ मिटर, नक्खुमा […]