प्रत्येक डेंगु सङ्क्रमितसँग लक्षणको अलावा म एउटा अर्को प्रश्न गर्ने गर्दछु – घरमा अरू सङ्क्रमित भइसके ? अनि बिरामीबाट तत्काल प्रतिक्रिया आउँछ, ‘के डेंगु सर्छ डा‘साब ?’ दुई वर्ष भन्दा बढी हामी कोभिडको समस्यासँग जुध्दै आइपुग्दा ‘कोभिड ह्यङ’ अझै गइसकेको छैन । अझै पनि धेरै नेपाली डेंगु भाइरस कोभिड जस्तै नजिकै बस्दा सर्छ कि भन्ने प्रभाव परेको देखिन्छ । एक महिलाले लेखकलाई आफूलाई एक आफन्तले भेटेको र त्यसको भोलिपल्ट आफूलाई अचानक ज्वरो आएको र पछि बुझ्दा सो आफन्त ज