काठमाडौं, असार २९ । जनप्रतिनिधिको सर्वोच्च निकाय व्यवस्थापिका (संसद्) मा सांसदले उठाएका जनसरोकारका विषयलाई कार्यपालिका अर्थात् सरकारले एकएक गरेर सम्बोधन गर्नुपर्ने हो। तर सरकारले भने जनसरोकारका विषयलाई सम्बोधन गर्नुको साटो झारा टार्ने र टालटुल गर्ने नीति अवलम्बन गरेको छ। सांसदले उठाएका विषयलाई सम्बोधन गर्नुपर्ने सरकारका प्रतिनिधि मन्त्रीहरूको प्राथमिकतामा संसद् परेको देखिँदैन। मन्त्रीहरू आक्लझुक्ल संसद् पुग्छन् […]