जिल्लाको दुई छुट्टाछुट्टै स्थानबाट लागूऔषध ब्राउन सुगरसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोकका प्रशान्त बिक्रम थापा र झापा गाउँपालिकाका विशाल मर्डी रहेको प्रहरीले जनाएको छ । थापालाई गएराती साढे १२ बजे बाह्रदशी गाँउपालिका २ जनता बजारबाट पक्राउ गरिएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । प्रहरी कार्यालय राजगढबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा भारतबाट नेपाल तर्फ मे ८ प १६४ नम्बरको मोटरसाईकलमा आउँदै गरेका २७ वर्षीय थापाको साथबाट लाग