झापामा बलात्कारका आरोपी दुई जना पक्राउ

झापा : झापाको गौरीगञ्जमा १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी (बलात्कार) गरेको आरोपमा २ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा गौरीगञ्ज गाउँपालिका- २ भाकुरमारीनिवासी अन्दाजी २२ वर्षीय प्रमोद राजवंशी र सोही ठाउँका अन्दाजी २४ वर्षीय देवकुमार राजवंशी रहेको प्रहरी कार्यालय झापाले जनाएको छ।प्रहरीका अनुसार बुधबार दिउँसो करिब ४ बजे ती किशोरी भैँसीका लागि पराल लिन गएकी थिइन्। सोही वेला ती २ जनाले उनलाई जबरजस्ती करणी गरेका थिए। ती दुवै जना नेपाल-भारत सीमानजिक जबानमुन्सीमा महाशिवरात्रिको भोलिपल