ग्लोबल टेक कम्पनी जेडटिईले नेपाली उपभोक्ताका लागि दुई नयाँ स्मार्टफोन— नुबिया एयर र नुबिया भी ८० डिजाइन—छिट्टै भित्र्याउने तयारी गरेको छ। कम्पनीका अनुसार यी मोडेलहरू आधुनिक एआई क्षमतासहित, आकर्षक डिजाइन र दिगो प्राविधिक संरचनाको साथ प्रतिस्पर्धात्मक मूल्यमा उपलब्ध हुनेछन्। पर्फर्मेन्स केन्द्रित नुबिया एयर मा ६.७८ इन्चको AMOLED डिस्प्ले, १२० हर्ज रिफ्रेश रेट, ४,५०० निट्ससम्मको पीक […]
साबिक उपविजेता सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपीएल)को एक मात्र टोली हो, जसले लगातार दोस्रो संस्करणमा पनि फाइनलसम्मको यात्रा तय गरेको छ। पहिलो संस्करणको फाइनलमा जनकपुर रोयल्ससँग पाँच विकेटले पराजित हुँदा यो टोली उपाधि चुम्न चुकेको थियो। तर, उक्त पीडा भुलेर पुनः सुदूरपश्चिम फाइनलसम्मको यात्रा तय गर्न सफल भयो। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार हुने […]
तेल अभिभ- इजरायलले फेब्रुअरीदेखि प्राथमिक विद्यालयहरूमा बच्चाहरूलाई मोबाइल फोन प्रयोग गर्न प्रतिबन्ध लगाउने निर्णय गरेको छ । शिक्षा मन्त्रालयको वेबसाइटमा शुक्रबार जारी सूचनामा प्रतिबन्ध लगाउने निर्णय सार्वजनिक गरिएको हो । प्रतिबन्धले इजरायली शैक्षिक प्रतिष्ठानहरूमा बच्चाहरूलाई उनीहरूको फोनको पहुँचबाट रोक्ने विश्वास गरिएको छ । शिक्षा मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “सन् २०२६ फेब्रुअरी २ देखि […]
काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत क्वालिफायरका दुई खेलमा खराब ब्याटिङ गरेपछि सन्दीप लामिछाने कप्तानीको विराटनगर किङ्सको यात्रा सकिएको छ । लिग चरणका खेलमा बलियो देखिएको विराटनगरले पहिलो क्वालिफायरमा स्थान बनाउन सक्यो । लिग चरणमा सबैभन्दा बलियो बन्दै तालिकाको शीर्ष स्थानमा रहेको दीपेन्द्रसिंह ऐरी कप्तानीको सुदूरपश्चिम रोयल्सलाई विराटनगरले ४९ बल बाँकी रहँदै ६ विकेटको फराकिलो अन्तरले […]
‘ढुवानीका लागि बाटो प्रयोग गरेकै आधारमा कर उठाउनु कानुनविपरीत’ अर्थ मन्त्रालयले ढुवानीका लागि बाटो प्रयोग भएको आधारमा कर उठाउनु कानुनविपरीत भएको स्पष्ट पारेको छ । संविधान, अन्तरसरकारी वित्त व्यवस्थापन ऐन, २०७४ र स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले प्रदेश र स्थानीय तहलाई प्रदेश–प्रदेश वा स्थानीय तह–स्थानीय तहबीच स्थानीय रूपमा उत्पादित वस्तुको ढुवानीमा कर लगाउने अधिकार […]