नेपालगञ्जमा निर्माण हुने एकीकृत भन्सार जाँच चौकीको शिलान्यास

२७ कात्तिक, काठमाडौं । शहरी विकासमन्त्री कृष्ण गोपाल श्रेष्ठ र भारतका वाणिज्य र उद्योगमन्त्री पियुष गोयलले नेपालगञ्जमा निर्माण हुने एकीकृत भन्सार जाँच चौकी (आईसीपी) निर्माणको शिलान्यास गरेका छन् । दुवै मन्त्रीले अनलाइनमार्फत आईसीपीको शिलान्यास गरेका हुन् …

सम्बन्धित सामग्री

भैरहवामा आइसिपी निर्माणले बल्ल गति लिंदै

नेपाल–भारतबिच सम्झौता भएको १८ वर्षपछि बल्ल रूपन्देहीको बेलहिया नाकामा बनाउन लागिएको एकीकृत भन्सार जाँच चौकी (आइसिपी) निर्माणले गति लिन थालेको छ।...

उद्घाटन भएको नौ महिनामा पनि चल्न सकेन आइसिपी

नेपालगन्जस्थित एकीकृत भन्सार जाँच चौकी (आइसिपी) उद्घाटन भएको करिब नौ महिना पुगिसकेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २० जेठ ०८० मा भारतको दिल्लीबाट संयुक्त...

उद्घाटनको हतारो सञ्चालनमा ढिलाइ

नेपाल र भारत सरकारबीच सम्झौता भएको डेढ दशकपछि नेपालगञ्ज नाकामा निर्माण भएको एकीकृत भन्सार जाँच चौकी (आइसिपी) सञ्चालन हुन ढिलाइ भएको छ।...

नेपालगन्ज आइसिपीको काम २० प्रतिशत

नेपालगन्ज नाकामा निर्माणाधीन आइसिपी (एकीकृत भन्सार जाँच चौकी) को काम अहिलेसम्म २० प्रतिशत सकिएको छ।...

एकीकृत भन्सार जाँच चौकी निर्माणमा ढिलाइ

बाँके । पश्चिम नेपालको प्रमुख नाका नेपालगञ्जस्थित नेपाल–भारत सीमा क्षेत्रमा निर्माणाधीन एकीकृत भन्सार जाँच चौकी निर्माणमा ढिलाइ भएको छ । नेपालगञ्ज उपमहानगरपालिका–१६ जयसपुरमा निर्माणाधीन एकीकृत जाँच चौकी निर्माणको काम एकदमै सुस्त गतिमा भइरहेको छ । एक वर्षमा १५ प्रतिशत मात्र निर्माण सम्पन्न भएको शहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन एकाइ नेपालगञ्जका इन्जिनियर होमनाथ भुसालले जानकारी दिए । उनका अनुसार भारत सरकारको दुई अर्ब ३५ करोडमा भारतकै राजदीप विल्डकन प्रालिले दुई वर्षमा सक्नेगरी काम थालेको छ । कम्पनीले काम थालेको एक वर्ष बित्दा पनि निर्माणले गति लिन सकेको छैन । एकीकृत भन्सार जाँच चौकी निर्माण कार्यमा ढिलाइ हुँदा मालवाहक सवारीसाधन जाँचपासमा समस्या हुनुका साथै क्वारेन्टाइन, अध्यागमन, खाद्य प्रविधिलगायत भन्सारसँग सम्बन्धित काममा कठिनाइ हुन पुगेको छ । कोरोनाले काममा चार महिना ढिलाइ गरेको भन्दै निर्माण कम्पनीले भारत सरकारसँग चार महिना थप समय माग गरेको सहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन एकाइ नेपालगञ्जका इन्जिनियर भुसालले बताए । अहिले एकीकृत जाँच चौकीसम्म पुग्ने सडक र पर्खाल लगाउने काम सँगसँगै भइरहेको छ । दुई दशमलव दुई किलोमिटर लम्बाइ र ६० मिटर चौडाइ भएको उक्त सडकमा बीच बिन्दुबाट १२ मिटर कालोपत्र गरिने इन्जिनियर भुसालको भनाइ छ ।      ८८ बिघा क्षेत्रमा फैलिएको आइसीपीमा भन्सार, अध्यागमन, प्लान्ट तथा पशु क्वारेन्टाइन, बैंक, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, नेपाल प्रहरी र सशस्त्र प्रहरीको ब्यारेकलगायत संरचना निर्माण गरिनेछ । एकै ठाउँबाट सम्पूर्ण सेवा प्रदान गर्ने उद्देश्य रहेकाले जाँच चौकी निर्माणसँगै ट्राफिक जाम नहुनुका साथै व्यापारीलाई ठाउँ–ठाउँमा जाँचको लागि जाने झमेला नहुने नेपालगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरीले बताए । सन् २००५ मा एकीकृत भन्सार जाँच चौकी निर्माण गर्न नेपाल–भारतबीच सम्झौता भएको थियो । नेपालको विराटनगर, वीरगञ्ज, भैरहवा र नेपालगञ्जमा आइसीपी निर्माण गर्ने सम्झौता भएको थियो । विराटनगर र वीरगञ्जमा निर्माण सम्पन्न भई सञ्चालनमा आइसके पनि नेपालगञ्ज र भैरहवाको काम सँगसँगै अगाडि बढेको इन्जिनियर भुसालले जानकारी दिए । रासस

नेपाल–भारत सीमा क्षेत्रको एकीकृत भन्सार जाँच चौकी निर्माणमा ढिलाइ

बाँके – पश्चिम नेपालको प्रमुख नाका नेपालगञ्जस्थित नेपाल–भारत सीमा क्षेत्रमा निर्माणाधीन एकीकृत भन्सार जाँच चौकी निर्माणमा ढिलाई भएको छ । नेपालगञ्ज उपमहानगरपालिका–१६ जयसपुरमा निर्माणाधीन एकीकृत जाँच चौकी निर्माणको काम एकदमै सुस्त गतिमा भइरहेको छ । एक वर्षमा १५ प्रतिशत मात्र निर्माण सम्पन्न भएको सहरी विकास तथा भवन निर्माण विभाग सङ्घीय आयोजना कार्यान्वयन एकाइ नेपालगञ्जका इन्जिनियर […]

एकीकृत भन्सार जाँच चौकी निर्माण सुस्त, १५ प्रतिशत मात्र काम

नेपाल–भारत जमुनाह नाकामा एकीकृत भन्सार जाँच चौकी (आइसीपी) को निर्माण कार्य दुई वर्षभित्र पुरा गर्ने गरी शुरु गरिए पनि समयावधी सकिन लाग्दा हालसम्म १५ प्रतिशत मात्र काम भएको छ ।

रेलमार्ग सञ्चालनमा ल्याउन माग

विराटनगर स्थित एकीकृत भन्सार जाँच चौकी (आइसीपी)सम्म रेल सेवा सञ्चालन गर्न पूर्वका उद्योगी व्यवसायीले माग गरेका छन्।...

एकीकृत भन्सार जाँच चौकी निर्माण रफ्तारमा

जग्गा अधिग्रहणको १५ वर्षपछि निर्माण सुरु भएको नेपालगन्जमा एकीकृत भन्सार जाँच चौकी (आइसिपी)ले रफ्तार समातेको छ ।

एकीकृत भन्सार जाँच चौकी विराटनगर १८ अर्ब राजस्व सङ्कलन

एकीकृत भन्सार जाँच चौकी विराटनगरले चालु आर्थिक वर्षको छ महिनाको अवधिमा कूल १८ अर्ब तीन करोड २६ लाख २१ हजार रुपैयाँ राजश्व सङ्कलन गरेको छ। सो अवधिमा भन्सारले २३ अर्ब छ करोड ८३ लाख ६६ हजार रुपैयाँ राजश्व सङ्कलन गर्ने लक्ष्य लिएको थियो।