एकीकृत भन्सार जाँच चौकी विराटनगर १८ अर्ब राजस्व सङ्कलन

एकीकृत भन्सार जाँच चौकी विराटनगरले चालु आर्थिक वर्षको छ महिनाको अवधिमा कूल १८ अर्ब तीन करोड २६ लाख २१ हजार रुपैयाँ राजश्व सङ्कलन गरेको छ। सो अवधिमा भन्सारले २३ अर्ब छ करोड ८३ लाख ६६ हजार रुपैयाँ राजश्व सङ्कलन गर्ने लक्ष्य लिएको थियो।