अनुदान सहयोग टाइफाइडविरुद्धको खोप दिइँदै

सरकारले पहिलो पटक बालबालिका लगाइरहेको टाइफाइड विरुद्धको खोप अनुदान सहयोगमा प्राप्त गरेको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गाभी खोप सञ्जाल, युनिसेफ, विश्व स्वास्थ्य सङ्गठन र अन्य साझेदारहरुको सहयोगमा १५ महिनादेखि १५ वर्ष सम्मका बालबालिकालाई टाइफाइडविरुद्धको खोप अभियान सञ्चालन गरिएको हो ।राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत टाइफाइड खोपका निम्ति गाभीको सहयोग प्राप्त गर्ने राष्ट्रमध्ये नेपाल चौथो मुलुक हो । यसअघि पाकिस्तान, लाइबेरिया र जिम्बावेले गाभी र यसका साझेदार संस्थाहरुको सहयोग प्राप्त गरि