एस्ट्राजेनेकाको खोप नरोक्न विश्व स्वास्थ्य सङ्गठनको आह्वान

काठमाण्डाै - विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले एस्ट्राजेनेकाले आविष्कार गरेको कोरोनाविरुद्धको खोप नरोक्न फेरि आह्वान गरेको छ । एस्ट्राजेनेकाको खोप लगाएपछि रगत जम्ने समस्या देखिएको भन्दै युरोपका विभिन्न देशले खोप लगाउने काम रोक्न थालेपछि विश्व स्वास्थ्य सङ्गठनले खोप र रगत जम्ने समस्याबीच सम्बन्ध नरहेको भन्दै खोप कार्यक्रमलाई निरन्तरता दिन भनेको बीबीसीले जनाएको छ । डब्ल्यूएचओले यसअघि पनि यो खोप सुरक्षित रहेको बताइसकेको छ । युरोपका एक करोड ७० लाखभन्दा धेरैले पहिलो डोज खोप लगाउँदा ४० भन्दा कम मानिसमा रगत जम्ने समस्या देखिएको ...

सम्बन्धित सामग्री

जापानले नेपाललाई अनुदानमा कोरोना विरुद्धको खोप दिने

काठमाण्डाै - जापान सरकारले नेपाललाई कोरोना विरुद्धको खोप दिने भएको छ । जापानी विदेश मन्त्रालयमा भएको पत्रकार सम्मेलनमा विदेशमन्त्री तोसिमित्सु मोतेजीले नेपालसहितका देशलाई एक करोड १० लाख डोज एस्ट्राजेनेकाको खोप उपलब्ध गराउने बताउनुभएको समाचार संस्था रोयटर्सले जनाएको छ । नेपाल,बङ्गलादेश, श्रीलङ्का, ताइवान, लाओस र इरानलाई कोभ्याक्स सुविधा अन्तर्गत अनुदानमा खोप दिन लागिएको खबरमा उल्लेख छ । जापानले आफ्नै देशमा उत्पादन भएको खोप दिन लागेको हो । एस्ट्राजेनेकाको खोपलाई विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले स्वीकृति दिइसकेको छ । ...