अर्याल र ओली सहसचिव बढुवा सिफारिस

काठमाडौँ । नेपाल परराष्ट्र सेवाका दुई उपसचिव सहसचिवमा बढुवा सिफारिस भएका छन् । बढुवा समितिले शुक्रवार कार्यक्षमताको मूल्यांकनद्वारा हुने बढुवाका लागि परराष्ट्र मन्त्रालयका उपसचिवद्वय कृष्ण चन्द्र अर्याल र धनबहादुर ओलीको नाम सिफारिस गरेको हो । यस अघि बिहीबार बढुवा समितिले ज्येष्ठता र कार्यसम्पादनको मूल्यांकनद्वारा हुने बढुवाका लागि तीन जनाको नाम सिफारिस गरेको थियो । सम्बन्धित […]

सम्बन्धित सामग्री

सचिव बढुवाकालागि विष्टको नाम सिफारिस

काठमाडौँ । सचिव बढुवा सिफारिस समितिले लेखा परीक्षणतर्फ रिक्त सचिव(विशिष्ट श्रेणी) पदका लागि सहसचिव बिन्दु विष्टको नाम सिफारिस गरेको छ । लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीको अध्यक्षतामा आइतबार सिंहदरवारमा बसेको बढुवा सिफारिस समितिको बैठकले सहसचिव विष्टको नाम सिफारिस गरेको हो । विष्ट महालेखापरीक्षकको कार्यालयमा नायव महालेखापरीक्षकमा कार्यरत छिन् । उनी प्रवक्तासमेत हुन् । […]

सचिव बढुवाका लागि वरिष्ठ सहसचिव सिंहको नाम सिफारिस

काठमाडौँ । सचिव बढुवा सिफारिस समितिले प्रशासन सेवातर्फ रिक्त एक सचिव(विशिष्ट श्रेणी) पदका एक वरिष्ठ सहसचिवको नाम सिफारिस गरेको छ । लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीको अध्यक्षतामा मङ्गलवार सिँहदरवारमा बसेको बढुवा सिफारिस समितिको बैठकले वरिष्ठ सहसचिव विनोद प्रकाश सिंहको नाम सिफारिस गरेको हो । सिंह सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालयमा कार्यरत छन् । […]

अर्थ मन्त्रालयका सहसचिव दंगाल सचिवमा बढुवा

अर्थ मन्त्रालयका सहसचिव रामेश्वर दंगाल बढुवा भएका छन् ।  सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले सहसचिव दंगाललाई सचिवमा बढुवा गर्ने निर्णय गरेकाे हो।रिक्त सचिव पदको लागि दंगाल सहित ३ जनाको नाम सिफारिस गरिएको थियो । लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा बसेको सचिव बढुवा सिफारिस समितिको बैठकले क्रमश रामेश्वर  दंगाल, मुकुन्दप्रसाद निरौला र विनोदप्रकाश सिंहको नाम सिफारिस गरेको थियो। मन्त्रिपरिषद्को बैठकले पहिलो नम्बरमा सिफारिसमा परेका सहसचिव दंगाललाई सचिवमा बढुवा गर्ने निर्णय गरेकाे हो।हाल उनी अर्थमन्त्रालयको राजश्व व्यवस्थापन महाशाखा प्रमुखको जिम्मेवारीमा छन् । अर्थ मन्त्रालय आउनु अघि उनी गण्डकी प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयमा सचिव थिए ।

रिक्त एक सचिव पदका लागि ३ सहसचिवको नाम सिफारिश

सचिव बढुवा सिफारिस समितिले एक सचिव (विशिष्ट श्रेणी) पदका लागि तीनजना सहसचिवको नाम सिफारिस गरेको छ । लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीको अध्यक्षतामा मंगलवार बसेको बढुवा सिफारिश समितिको बैठकले वरिष्ठ सहसचिव त्रय कृष्णबहादुर राउत, रामेश्वर दंगाल र मुकुन्दप्रसाद निरौलाको नाम सिफारिश गरेको हो । पुस १४ गते रक्षा सचिव बेगेन्द्रराज शर्माले अनिवार्य अवकाश पाएपछि एक सचिव पद रिक्त भएको थियो ।

रविलाल पन्थ सचिवमा बढुवा

काठमाडौँ । सरकारले वरिष्ठ सहसचिव रविलाल पन्थलाई सचिवमा बढुवा गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले पन्थलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।   सोमबार साँझ सिंहदरवारमा लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा बसेको सचिव बढुवा सिफारिस समितिको बैठकले ज्येष्ठताको आधारमा पन्थको […]

सचिवका लागि सहसचिव गोपाल सिग्देलको नाम सिफारिस

काठमाडौँ । सचिव बढुवा सिफारिस समितिले एक सचिव(विशिष्ट श्रेणी) पदका लागि एक जना सहसचिवको नाम सिफारिस गरेको छ । लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीको अध्यक्षतामा बुधवार सिंहदरवारमा बसेको बढुवा सिफारिस समितिको बैठकले इन्जिनियरिङ तर्फका सहसचिव गोपालप्रसाद सिग्देलको नाम सिफारिस गरेको हो । निजामती सेवा ऐनअनुसार कार्यसम्पादन मूल्याङ्कन (८० प्रतिशत)का आधारमा हुने बढुवामा लगातार […]

शर्मा सचिवमा सिफारिस

काठमाडौ । सचिव बढुवा सिफारिस समितिले प्रशासन सेवातर्फ रिक्त एक सचिव(विशिष्ट श्रेणी) पदमा बढुवाका लागि वरिष्ट सहसचिव किरणराज शर्मालाई सिफारिस गरेको छ । लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीको अध्यक्षतामा बिहीबार सिँहदरवारमा बसेको बढुवा सिफारिस समितिको बैठकले वरिष्ठ सहसचिव शर्माको नाम सिफारिस गरेको हो । शर्मा हाल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रवक्ताको रुपमा […] The post शर्मा सचिवमा सिफारिस appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Dainik.

प्रशासन र प्राविधिकतर्फ दुई सचिव बढुवाका लागि ६ सहसचिवको नाम सिफारिस

काठमाडौँ। सचिव बढुवा सिफारिस समितिले रिक्त दुई सचिव पदमा ६ जना वरिष्ठ सहसचिवको नाम सिफारिस सिफारिस गरेको छ । लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा आइतबार सिंहदरवारमा बसेको सचिव बढुवा सिफारिस समितिको बैठकले प्रशासनतर्फ ३ जना र प्राविधिकतर्फ ३ जना गरी ६ जनाको नाम सिफारिस गरेको हो । प्रशासनतर्फ सहसचिव मधुसूदन बुर्लाकोटी, कृष्णहरि पुष्कर […]

एक सचिव पदका लागि तीन वरिष्ठ सहसचिवको नाम सिफारिस

सचिव बढुवा सिफारिस समितिले प्रशासन सेवातर्फ रिक्त एक सचिव पद (विशिष्ट श्रेणी) का लागि तीन वरिष्ठ सहसचिवको नाम सिफारिस गरेको छ ।लोक सेवा आयोग अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा सिंहदरबारमा बुधबार बसेको समिति बैठकले सहसचिवहरू गणेश पाण्डे, मधुसूदन बुर्लाकोटी र कृष्णहरि पुष्करको नाम सिफारिस गरेको हो । आगामी मन्त्रिपरिषद् बैठकले सिफारिस गरिएका तीनमध्ये एकलाई सचिवमा बढुवा निर्णय गर्नेछ ।सोही मन्त्रिपरिषद् बैठकले एकसाथ चार जनालाई सचिवमा बढुवा गर्नेछ । समितिको सोमबार बसेको बैठकले ज्येष्ठ सहसचिव डा.

सचिव बढुवाका लागि वरिष्ठ सहसचिव डा.रेग्मीको नाम सिफारिस

काठमाडौँ । सचिव बढुवा सिफारिस समितिले प्रशासन सेवातर्फ रिक्त एक सचिव(विशिष्ट श्रेणी) पदका एक वरिष्ठ सहसचिवको नाम सिफारिस गरेको छ । लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीको अध्यक्षतामा सोमवार सिँहदरवारमा बसेको बढुवा सिफारिस समितिको बैठकले वरिष्ठ सहसचिव डा. दामोदर रेग्मीको नाम सिफारिस गरेको हो । डा. रेग्मी स्वास्थ्य तथा जनसंख्या मन्त्रायको प्रशासन महाशाखा प्रमुखमा […]