अर्थ मन्त्रालयका सहसचिव रामेश्वर दंगाल बढुवा भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले सहसचिव दंगाललाई सचिवमा बढुवा गर्ने निर्णय गरेकाे हो।रिक्त सचिव पदको लागि दंगाल सहित ३ जनाको नाम सिफारिस गरिएको थियो । लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा बसेको सचिव बढुवा सिफारिस समितिको बैठकले क्रमश रामेश्वर दंगाल, मुकुन्दप्रसाद निरौला र विनोदप्रकाश सिंहको नाम सिफारिस गरेको थियो। मन्त्रिपरिषद्को बैठकले पहिलो नम्बरमा सिफारिसमा परेका सहसचिव दंगाललाई सचिवमा बढुवा गर्ने निर्णय गरेकाे हो।हाल उनी अर्थमन्त्रालयको राजश्व व्यवस्थापन महाशाखा प्रमुखको जिम्मेवारीमा छन् । अर्थ मन्त्रालय आउनु अघि उनी गण्डकी प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयमा सचिव थिए ।