रिक्त एक सचिव पदका लागि ३ सहसचिवको नाम सिफारिश

सचिव बढुवा सिफारिस समितिले एक सचिव (विशिष्ट श्रेणी) पदका लागि तीनजना सहसचिवको नाम सिफारिस गरेको छ । लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीको अध्यक्षतामा मंगलवार बसेको बढुवा सिफारिश समितिको बैठकले वरिष्ठ सहसचिव त्रय कृष्णबहादुर राउत, रामेश्वर दंगाल र मुकुन्दप्रसाद निरौलाको नाम सिफारिश गरेको हो । पुस १४ गते रक्षा सचिव बेगेन्द्रराज शर्माले अनिवार्य अवकाश पाएपछि एक सचिव पद रिक्त भएको थियो ।