ब्याजदर नबढ्ने समाचारले शेयरबजारमा हरियाली १ खर्ब ४४ अर्ब रुपैयाँले बढ्यो बजार पूँजीकरण

काठमाडौं । पूँजीबजार र बैंक तथा वित्तीय संस्थाको ब्याजदरबीच सधैं उल्टो सम्बन्ध देखिँदै आएको छ । फागुन १ गतेदेखि बैंक तथा वित्तीय संस्थाहरूले ब्याजदर बढाएका कारण प्रभावित बन्दै आएको नेप्से परिसूचक आइतवार चैतमा ब्याजदर नबढ्ने खबर आएसँगै १०१ दशमलव ०७ अंकले बढेर बन्द भएको छ ।  वाणिज्य बैंकहरूले चैत महीनामा फागुनमा निर्धारण भएकै ब्याजदरलाई निरन्तरता दिने निर्णय गरेका छन् । यस आधारमा मुद्दती निक्षेपमा अधिकतम ११ दशमलव शून्य ३ प्रतिशत र संस्थागतमा अधिकतम १० दशमलव शून्य ३ प्रतिशत ब्याजदरले निरन्तरता पाउनेछ ।  माघ महीनामा ब्याजदर नबढाउने सहमति गरेका बैंकहरूले फागुन महीनामा ब्याजदर बढाएसँगै फागुन १ गते नेप्से परिसूचक १०० दशमलव ६७ अंकले घटेको थियो । फागुन महीनामा नेप्से परिसूचक सात कारोबार दिनमात्र बढेको छ भने बाँकी दिन घटेको छ ।  माघ महीनाको अन्तिम कारोबार दिन २ हजार ८०१ दशमलव ५६ विन्दुमा रहेको नेप्से परिसूचक फागुन २९ गते २ हजार ६६७ दशमलव ९७ विन्दुमा बन्द भएको छ । बैंक तथा वित्तीय संस्थाहरूकै ब्याजदरबाट बढी प्रभावित यो बजार फागुन महीनामा मात्र १३३ दशमलव ५९ अंकले घटेको छ ।  गत बिहीवारदेखि नै बजारले गति लिन शुरू गरेको थियो । बिहीवार नेप्से परिसूचक ५२ दशमलव ३१ अंकले बढेको थियो । गत बिहीवार रू। २ अर्ब ७९ करोडभन्दा बढीको शेयर कारोबार भएकोमा आइतवार रू। ४ अर्ब ८७ करोडभन्दा बढीको शेयर खरीद विक्री भएको छ । स्थानीय तहको निर्वाचन नजिकिँदै जाँदा बजारमा तरलता सहज हुने आशा गरिरहेका लगानीकर्ताले बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदर यथावत् रहँदा थप राहतको महसूस गरेका छन् । लगानीकर्ता नयन बास्तोलाले पूँजी बजारका लागि सबै कुरा सकारात्मक बन्दै आएकाले आगामी दिनमा बजार थप माथि जाने अनुमान गरेका छन् ।  पछिल्लो समय पूँजी बजारमा भित्रिएका नयाँ लगानीकर्ता आधारभूत तथा प्राविधिक विश्लेषणसहित लगानी गरिरहेकाले बजार हल्लाकै भरमा घट्नेरबढ्ने प्रवृत्ति कम भएको भनाइ बास्तोलाको छ । अध्ययन र अनुसन्धानपछि मात्र गरिएको कारोबारले बजारलाई परिपक्व बनाउने विश्वास लिएका बास्तोलाले पछिल्लो समय लगानीकर्तामा अध्ययन गर्ने बानीको विकास भएको बताए ।  बजार सञ्चालक र नियामक निकायमा भित्रिएको नेतृत्वलाई पनि बजारको थप विकास र विस्तारको चुनौती थपिएको छ । नयाँ नियुक्त भएका नेपाल धितोपत्र बोर्डका अध्यक्षले साना लगानीकर्ताको हितमा काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै बजार विकासका कार्यक्रमले छिटो निरन्तरता पाउने विश्वास व्यक्त गरे ।  एकै दिन कुल बजार पूँजीकरण १ खर्ब ४४ अर्बले बढ्यो  आइतवार कुल बजार पूँजीकरण रू. १ खर्ब ४४ अर्ब ५३ करोड ६५ लाखले बढेको छ । गत बिहीवार रू. ३६ खर्ब ३७ अर्ब ५३ करोड ९९ लाख रहेको कुल बजार पूँजीकरण आइतवार रू, ३७ खर्ब ८२ अर्ब ७ करोड ६४ लाख पुगेको हो । यस दिन कारोबारमा आएका २२८ धितोपत्रमध्ये ११ धितोपत्रको मात्र मूल्य घटेको छ । अधिकांश धितोपत्रको मूल्य बढ्दा कुल बजार पूँजीकरणमा वृद्धि भएको हो ।  आर्थिक अभियान दैनिकको प्रिन्ट संस्करणबाट

सम्बन्धित सामग्री

खर्च सवा खर्ब बढ्यो, राजस्व एक खर्ब घट्याे

अघिल्लो वर्षको तुलनामा गत आर्थिक वर्षको कुल खर्च सावाँ खर्ब रूपैयाँ बढे पनि सरकारको राजस्व भने एक खर्ब रूपैयाँभन्दा धेरैले घटेको छ।...

एकै वर्ष बढ्यो सवा खर्ब बेरुजु

सरकारको कुल बेरुजु रकम ४ खर्ब ८३ अर्ब ५९ करोड ६४ लाख रुपैयाँ पुगेको छ । बुधबार महालेखा परीक्षक टंकमणि शर्मा दङ्गालले प्रतिवेदन सार्वजनिक गर्दै पछिल्लो एक वर्षमै सरकारको बेरुजु १ खर्ब १५ अर्ब ५ करोड ५० लाख बढेको बताए ।महालेखापरीक्षक कार्यालयको ५९ औं वार्षिक प्रतिवेदनका अनुसार संघीय सरकारी कार्यालयतर्फ ४९ अर्ब ४७ करोड ७ […]

एक वर्षमै १ खर्ब ५३ अर्बले बढ्यो बेरुजु, अहिलेसम्ममा ८ खर्बभन्दा धेरैको बेरुजु

अघिल्लो वर्षको तुलनामा यो वर्ष बेरुजु १ खर्ब ५३ अर्ब रुपैयाँले बढेको छ । महालेखा नियन्त्रक कार्यालयले आज सार्वजनिक गरेको ५९औं वार्षिक प्रतिवेदनअनुसार यो वर्ष डेढ खर्बले बेरुजु बढेर  कुल ८ खर्ब २९ अर्ब २९ करोड रुपैयाँ पुगेको हो ।अघिल्लो वर्षसम्म ६ खर्ब ७६ अर्ब ४१ करोड रुपैयाँ बेरुजु थियो । लेखापरीक्षण तथा सम्परीक्षणबाट यो वर्ष ४ खर्ब २० अर्ब करोड असुल भएको छ । सरकारी निकायतर्फ संघ, प्रदेश र स्थानीय तहसमेतको लेखापरीक्षणबाट १ खर्ब १५ अर्ब ५ करोड बेरुजु कायम भएको छ । सोमध्ये ३ हजार २८७ संघ

बढ्यो नेपाल भित्रने रेमिट्यान्स, पछिल्लो दश महिनामा भित्रियो ८ खर्ब ११ अर्ब

काठमाडौं, २७ जेठ । नेपाल भित्रने रेमिट्यान्समा वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो दश महिनामा नेपाल भित्रने रेमिट्यान्स ०.२ प्रतिशतले वृद्धि भएको छ ।सो अवधिमा ८ खर्ब ११ अर्ब ७९ करोड रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो आथिक वर्ष २०७७/७८ को सोही अवधिमा […]

नौ महिनामा सवा सात खर्ब रेमिट्यान्स भित्रियो, सोधनान्तर घाटा अझै बढ्यो

चालू आर्थिक वर्षको नौ महिनामा नेपालमा सात खर्ब २४ अर्ब ७४ करोड रुपैयाँबराबरको रेमिट्यान्स भित्रिएको छ । तर, भुक्तानी सन्तुलन कायम राख्ने तथा विदेशी विनिमय सञ्चिति बढाउने सरकारी प्रयास भने प्रभावकारी...

६ महिनामै व्यापार घाटा झन्डै नौ खर्ब रुपैयाँ, आयात–निर्यात दुवै बढ्यो

काठमाण्डाै – चालु आर्थिक वर्षको पहिलो ६ महिनामा नेपालको वैदेशिक व्यापार घाटा झन्डै नौ खर्ब रुपैयाँ पुगेको छ । साउनदेखि पुससम्म नेपालको व्यापार घाटा आठ खर्ब ८० अर्ब ४९ करोड रुपैयाँ रहेको भन्सार विभागले जनाएको छ । यो गएकाे वर्षको पहिलो ६ महिनाको भन्दा ४६ दशमलव ६४ प्रतिशतले धेरै हो । ६ महिनामा नेपालले नौ खर्ब ९९ अर्ब रुपैयाँको वस्तु आयात गरेको छ । यो गएकाे वर्षको ६ महिनाको तुलनामा ५१ प्रतिशतले धेरै हो । यस्तै एक खर्ब १८ अर्ब ८५ करोड रुपैयाँको वस्तु निर्यात भएको छ, यो गएकाे वर्षको ६ महिनाको तुलनामा ९५ दशमलव ४८ प्...

एक वर्षमा दुई सय ४३ उद्योग दर्ता, दुई खर्ब ३९ अर्ब लगानी प्रतिबद्धता

सन् २०२१ मा स्वदेशी तथा विदेशी लगानी प्रतिबद्धता अघिल्लो वर्षको तुलनामा एक खर्ब सात अर्ब बढ्यो  कोभिड महामारीको कहर कम हुँदै गएपछि स्वदेशी तथा विदेशी लगानीकर्ता उत्साहित भएका छन् । सन् २०२१...

एक वर्षमा लगानीकर्ताको सम्पत्ति साढे सात खर्ब बढ्यो

सन् २०२१ मा नेपाली सेयर लगानीकर्ताको सम्पत्तिमा सात खर्ब ५९ अर्बले वृद्धि भएको छ । सन् ०२० को अन्त्यमा कुल बजार पुँजीकरण २८ खर्ब आठ अर्ब रुपैयाँ रहेकोमा २०२१ को अन्त्यमा...

एक खर्बले बढ्यो रेमिटेन्स

काठमाडौं, भदौ ९ । अघिल्लो वर्षको तुलनामा करिब एक खर्ब रूपैयाँले रेमिटेन्स बढेको छ । कोरोना महामारीका कारण वैदेशिक रोजगारीमा जानेको संख्या घटे पनि रेमिटेन्स आप्रवाह भने वृद्धि भएको हो। नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०७७/७८ मा रोजगारीका लागि बिदेसिएका नेपालीले नौ खर्ब ६१ अर्ब पाँच करोड रूपैयाँ रेमिटेन्स पठाएका छन्। अघिल्लो आर्थिक वर्ष आठ खर्ब […]

७ खर्बले निक्षेप बढ्दा ८ खर्ब बढ्यो कर्जा

मौद्रिक नीतिले गत आवमा निजी क्षेत्रतर्फको कर्जा २० प्रतिशतले बढाउने लक्ष्य राखेको थियो, तर २८ प्रतिशतले बढ्यो  गत आव ०७७/७८ मा वाणिज्य बैंकहरूको निक्षेप ७ खर्बले बढ्दा कर्जा लगानी ८ खर्ब...