७ खर्बले निक्षेप बढ्दा ८ खर्ब बढ्यो कर्जा

मौद्रिक नीतिले गत आवमा निजी क्षेत्रतर्फको कर्जा २० प्रतिशतले बढाउने लक्ष्य राखेको थियो, तर २८ प्रतिशतले बढ्यो  गत आव ०७७/७८ मा वाणिज्य बैंकहरूको निक्षेप ७ खर्बले बढ्दा कर्जा लगानी ८ खर्ब...

सम्बन्धित सामग्री

बैंकहरुमा तरलता बढ्यो

पछिल्लो साता वाणिज्य बैंकहरुको निक्षेप ११ अर्बले बढेको छ । नेपाल बैंकर्स संघको रिपोर्ट अनुसार भदौ १० गतेदेखि १७ गतेभित्र २६ वटा वाणिज्य बैंकहरुको निक्षेप ११ अर्बले बढेर ४४ खर्ब ३७ अर्ब रुपैयाँ पुगेको हो । अघिल्लो दुई हप्ता बैंकिङ निक्षेपमा स्थिरता कायम हुँदै बैंकहरुको खातामा ४४ खर्ब २६ अर्ब रुपैयाँ जम्मा भएको थियो । यद्यपि, अघिल्लो हप्ता अर्थात् भदौ ३ गतेदेखि १० गतेभित्र बैंकहरुले दुई अर्बले कर्जा लगानी बढाएका थिए भने यस हप्ता ११ अर्बले निक्षेप बढ्दा पनि जम्मा १ अर्बले मात्र कर्जा लगान

एक महिनामा पाँच अर्बले बढ्यो निक्षेप संकलन*

बैंकहरूको निक्षेप संकलन पाँच अर्बले बढेको छ । बैंकहरूको निक्षेप संकलन बढ्दा सिडी रेसियोमा पनि सुधार देखिएको छ ।नेपाल राष्ट्र बैंकका अनुसार १२ असारसम्म बैंक तथा वित्तीय संस्थाहरूमा कुल ४९ खर्ब ८७ अर्ब रुपैयाँ निक्षेप रहेको छ । ११ जेठसम्म बैंकहरूको निक्षेप ४९ खर्ब ८२ अर्ब रुपैयाँ रहेको थियो । एक महिना*मा बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप पाँच अर्बले बढेको हो । यसै अवधिमा वाणिज्य बैंकहरूको निक्षेप पनि पाँच अर्बले बढेर ४४ खर्ब एक अर्ब पुगेको छ । वाणिज्य बैंकहरूको कर्जा लगानी भने एक अर्बले घट

निक्षेपको तुलनामा कर्जा माग तीन गुणाले बढ्यो

पछिल्लो हप्ता बैंकिङ कारोबारमा निक्षेपको तुलनामा कर्जाको माग तीन गुणाले बढेको छ । बैंकर्स संघले दिएको रिपोर्ट अनुसार वैशाख ९ देखि १६ गतेसम्म २७ वटा वाणिज्य बैंकहरुको कुल निक्षेप १ अर्बले मात्र बढ्दा कर्जा लगानी ३ अर्ब रुपैयाँले बढेको हो ।बैंकहरुले पछिल्लो हप्ता १ अर्बले निक्षेप बढाउँदै कुल ४३ खर्ब ६८ अर्ब रुपैयाँ संकलन गरेका छन् भने कर्जा लगानी तर्फ तीन अर्बले बढाउँदै वैशाख १६ गतेसम्म ४१ खर्ब ९७ अर्ब रुपैयाँ लगानी गरेका छन् । यस्तो निक्षेप÷कर्जा अघिल्लो हप्ता बैंकहरुले कुल ४३ खर्ब ६७ अर्ब

७ दिनमा वाणिज्य बैंकहरुको निक्षेप २ अर्ब बढ्यो, २ अर्ब नै कर्जा प्रवाह

गत साता वाणिज्य बैंकको निक्षेप र कर्जाको वृद्धि समान देखिएको छ । गत साता वाणिज्य बैंकहरुको निक्षेप २ अर्बले बढ्दा कर्जा प्रवाह पनि २ अर्बले नै बढेको छ । चैत्र ४ गतेसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ४३ खर्ब २८ अर्ब रहेकोमा चैत्र ११ गतेसम्म बैंकहरुको निक्षेप २ अर्ब बढेर ४३ खर्ब ३० अर्ब कायम भएको छ ।  यस अवधिमा नेपाली मुद्राको निक्षेप २ अर्ब घटेको छ भने विदेशी मुद्राको निक्षेप ५ अर्बले बढेको छ ।त्यस्तै यस अवधिमा बैंकहरुको कर्जा प्रवाह २ अर्बले बढेको छ । चैत्र ४ गतेसम्म वाणिज्य बैंकहरुको कुल कर्जा ४१ खर्ब ६८ अर्ब रहेकोमा चैत्र  ११ गतेसम्म बैंकहरुको कर्जा घटेर ४१ खर्ब ७० अर्ब कायम भएको छ ।  यस अवधिमा नेपाली मुद्राको कर्जा १ अर्ब बढेको छ भने विदेशी मुद्राको कर्जा १ अर्बले घटेको छ ।माघ महिनाको तुलनामा फागुन महिनामा वाणिज्य बैंकहरुको निक्षेप २२ अर्बले बढेको थियो । माघ मसान्तसम्म अर्थात् माघ २९ गतेसम्म बैंकहरुको निक्षेप ४३ खर्ब ११ अर्ब रहेकोमा फागुन मंसत अर्थात् फागुन ३० गतेसम्म बैंकहरुको निक्षेप बढेर ४३ खर्ब ३३ अर्ब पुगेको थियो  । त्यस्तै फागुन महिना भर वाणिज्य बैंकहरुले १७ अर्ब कर्जा प्रवाह गरेका थिए ।  माघ मसान्तसम्म अर्थात् माघ २९ गतेसम्म बैंकहरुको कर्जा ४१ खर्ब ५५ अर्ब रहेकोमा फागुन  मसान्त अर्थात् फागुन ३० गतेसम्म बैंकहरुको  कर्जा बढेर ४१ खर्ब ७२ अर्ब पुगेको थियो  ।    फागुन महिनाको लागि ब्याज बढाएका  बैंकहरुले चैत्र महिनाको लागि ब्याजदर स्थिर राखेका छन् ।

सातामा बैंकिङ निक्षेप एक अर्बले बढ्दा कर्जा माग ४ अर्बले बढ्यो

फागुन महिनाको पहिलो हप्ता २७ वाणिज्य बैंकहरुको निक्षेपमा सामान्य सुधार आएको छ । अघिल्लो हप्ता अर्थात गत माघ २१ गतेदेखि २९ गतेसम्म कुल ४३ खर्ब ११ अर्ब निक्षेप संकलन गरेकामा पछिल्लो हप्ता अर्थात् माघ २९ गतेदेखि फागुन ६ गतेसम्म २७ वाणिज्य बैंकहरुले एक अर्बले निक्षेप वृद्धि गर्दै ४३ खर्ब १२ अर्ब निक्षेप संकलन गर्न सफल भएका हुन् । तर, सोही अवधिमा यता बैंकहरुको कर्जा लगानी निक्षेपको तुलनामा चार गुणाले बढेको छ । नेपाल बैंकर्स संघले दिएको रिपोर्ट अनुसार फागुन ६ गतेसम्म बैंकहरुले जम्मा एक अर्बल

बैंकहरूको कर्जा अनुत्पादक क्षेत्रमा बढ्यो

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूको कर्जा लगानी उपभोगको क्षेत्रमा बढ्न थालेको छ । कोभिड–१९ को महामारीका कारण उत्पादन तथा पूर्वाधार विकासलगायतका क्षेत्रहरूमा कर्जाको माग घटेपछि अनुत्पादक क्षेत्रमा बैंकहरूको लगानी बढ्न थालेको हो । नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको पुस मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाहरूले उपभोग कर्जा ४४० प्रतिशतले वृद्धि भएको छ । बैंकले २०७७ पुस मसान्तसम्ममा उपभोगका लागि एक खर्ब १९ अर्ब ५२ करोड रुपैयाँ कर्जा प्रवाह गरेका थिए तर २०७८ पुसमा यस्तो कर्जा प्रवाह ८ खर्ब २३ अर्ब पुगेको छ । यो बैंकहरूको कुल लगानीको १७ दशमलव ६५ प्रतिशत हो । चालू आवको पुससम्ममा बैंक तथा वित्तीय संस्थाहरूले कुल ४६ खर्ब ६७ अर्ब १६ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् । बैंक तथा वित्तीय संस्थाहरूले सुन तथा चाँदी, मुद्दती रसिद, ऋणपत्र धितोमा उपभोग्य कर्जा दिने गरेका छन् । यसैगरी, क्रेडिट कार्ड तथा अन्य शीर्षकमा पनि कर्जा लगानी गर्ने गरेका छन् । यीमध्ये सबैभन्दा बढी कर्जाको वृद्धिदर मुद्दती रसिद धितोमा १०९ प्रतिशत रहेको छ । रकमका आधारमा सबैभन्दा बढी कर्जा अन्य शीर्षकमा  प्रवाह भएको छ । यसमा बैंकहरूले ६ खर्ब ५७ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । यसैगरी, ऋणपत्र धितोमा ७८ अर्ब ३९ करोड, सुनचाँदी धितोमा ४८ अर्ब ४० करोड, मुद्दती रसिद धितोमा ३६ अर्ब ८३ करोड, क्रेडिट कार्डमा ३ अर्ब ९ करोड रुपैयाँ लगानी गरेका छन् ।   उपभोग्य शीर्षकमा कर्जा लिँदा ग्राहकहरूले प्रयोजन खुलाउनु पर्दैन । सर्वसाधारणले घरखर्चलगायत आफ्नो दैनिक आवश्यकता पूरा गर्नका लागि उपभोग्य कर्जा लिने गरेका छन् । नेपाल बैंकर्स संघका अध्यक्ष तथा कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्याय उद्योग व्यवसायमा कर्जा प्रवाह कम हुँदा उपभोग्य कर्जाको वृद्धि उच्च भएको बताए । ‘कोभिडको महामारीका कारण उत्पादनमूलक क्षेत्रमा कर्जाको माग घटेको छ,’ उनले भने, ‘यही कारण उपभोग्य कर्जाको वृद्धिदर उच्च देखिएको हो ।’ २०७८ पुसमा बैंकहरूले निर्माण क्षेत्रमा प्रवाह गरेको कर्जा भने घटेको छ । गत आवको तुलनामा यस क्षेत्रको कर्जा ४८ दशमलव शून्य ८ प्रतिशतले घटेको छ । यसबाहेक अन्य उत्पादकमूलक क्षेत्रको कर्जा वृद्धिदर समेत घटेको छ । २०७८ पुसमा कृषि क्षेत्रमा बैंकहरूको कर्जा प्रवाह १३ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्ष यसै अवधिमा कृषि कर्जाको वृद्धिदर २० प्रतिशत रहेको थियो । बैंक तथा वित्तीय संस्थाको कर्जा उत्पादनशील क्षेत्रमा प्रवाह भई यसबाट उत्पादन, रोजगारीका साथै समग्र आर्थिक वृद्धिमा सहयोग पुर्‍याउनुपर्ने भए तापनि उपभोग्यजस्ता अनुत्पादक क्षेत्रमा लगानी बढ्नु जोखिमपूर्ण भएको विज्ञहरूले औँल्याउँदै आएका छन् । गत सातामात्र  बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) ले सार्वजनिक गरेको अध्ययन प्रतिवेदनमा समेत उपभोग्य र अन्य शीर्षकमा बैंकहरूको लगानी उच्च रूपले बढ्दै जानु चिन्ताको विषय भएको भन्दै यसले जोखिम निम्त्याउन सक्ने उल्लेख गरिएको छ । अनुत्पादक क्षेत्रमा बैंकहरूको कर्जा ह्वात्तै बढ्दा तरलता व्यवस्थापनमा समेत चाप परेको प्रतिवेदनले औँल्याएको छ । चालू आवको ६ महिनामा बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप एक खर्ब ६२ अर्ब ६८ करोड रुपैयाँले वृद्धि हुँदा ४ खर्ब ९४ अर्ब ३७ करोड रुपैयाँ कर्जा प्रवाह भएको छ । सिबिफिन अध्ययनको संयोजन समेत गरेका नबिल बैंकका अध्यक्ष उपेन्द्र पौड्याल अर्थतन्त्रका सूचक नकारात्मक हुँदै गएको र बैंकहरूमा तरलता अभावको समस्यासमेत रहेकाले बैंकहरू जिम्मेवार भएर व्यवसाय विस्तार गर्नुपर्ने बताउँछन् । ‘बैंकहरूले उपभोग्य र अन्य शीर्षकमा कर्जा प्रवाह गर्दा यसले वास्तविक अर्थतन्त्रको विकासमा योगदान गर्दैन,’ उनले भने, ‘यो वेला बैंकहरूले आफ्नो नाफा मात्र नहेरी अर्थतन्त्रलाई सहयोग पुग्ने गरी उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्छ ।’

निक्षेप संकलन ५ अर्ब घट्यो, ऋण प्रवाह बढ्यो

माघ २६, काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुमा निक्षेप संकलन घटेपनि कर्जा प्रवाह भने बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार माघ २३ गतेको तुलनामा २४ गते बैंक तथा वित्तीय संस्थाहरुमा निक्षेप संकलन ५ अर्ब रुपैयाँ घटेको छ । तर, कर्जा प्रवाह भने २ अर्ब रुपैयाँले बढेको छ । उक्त अवधिमा वाणिज्य बैंकहरुमा ५ अर्ब रुपैेयाँले निक्षेप संकलन घटेको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ । सो अवधिमा वाणिज्य बैंकहरुको १ अर्ब रुपैयाँ कर्जा प्रवाह बढेको छ ।  माघ २४ गतेसम्म बैंक तथा वित्तीय संस्थाहरुमा ४८ खर्ब ७० अर्ब रुपैयाँ निक्षेप संकलन भएको छ भने ४६ खर्ब ७४ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको छ । जसमध्ये वाणिज्य बैंकहरुमा मात्र ४३ खर्ब ८ अर्ब रुपैयाँ निक्षेप संकलन भएको छ । यी बैंकहरुबाट ४१ खर्ब ५१ अर्ब रुपैयाँ कर्जा लगानी भएको छ । अन्य बैंक तथा वित्तीय संस्थामा भने ५ खर्ब ६२ अर्ब रुपैयाँ निक्षेप संकलन भएको छ । अन्य बैंक तथा वित्तीय संस्थाबाट उक्त अवधिमा ५ खर्ब २२ अर्ब रुपैयाँ कर्जा लगानी भएको छ ।  निक्षेप संकलन घटेसँगै कर्जा प्रवाह बढ्दा सीडी रेसियो पनि शून्य दशमलव ११ विन्दुले बढेको छ । माघ २३ गते ९ं० दशमलव २७ प्रतिशत भएको सीडी रेसियो २४ गते बढेर ९० दशमलव ३८ प्रतिशत कायम भएको छ ।

तीन महिनामा बैंकहरूको निक्षेप ९८ अर्ब बढ्दा कर्जा तीन खर्ब २६ अर्ब बढ्यो

चालू आवको पहिलो तीन महिनामा बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप दुई प्रतिशतले वृद्धि हुँदा कर्जा लगानी भने आठ दशमलव ७६ प्रतिशतले वृद्धि भएको छ । निक्षेप वृद्धिको तुलनामा कर्जाको वृद्धिदर उच्च...

एकै सातामा निक्षेप थप १० अर्बले बढ्यो

काठमाडौं । मुलुकका अत्यधिक भूभागमा निषेधाज्ञा भए पनि बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन र कर्जा प्रवाह भने सकारात्मक देखिन्छ । कोभिड–१९ को दोस्रो लहरबाट मुलुक अस्तव्यस्त भइरहँदा पछिल्लो साता अर्थात् वैशाख चौथो साता २७ वाणिज्य बैंकको निक्षेप संकलन थप रू. १० अर्बले बढी कुल रू. ३९ खर्ब ३३ करोड पुगेको छ । यसअघिको साता अर्थात् वैशाख तेस्रो साता मात्रै थप १ अर्ब रुपैयाँ निक्षेप वृद्धि हुँदा कुल निक्षेप रू. ३९ खर्ब २३ अर्ब पुगेको थियो । अन्य निक्षेपभन्दा पनि विप्रेषण बढेका कारण निक्षेपमा वृद्धि भएको हुनसक्ने नेपाल बैंकर्स संघका अध्यक्ष भुवनकुमार दाहाल बताउँछन् । नेपाली नयाँ वर्ष शुरूसँगै अर्थात् वैशाख पहिलो र दोस्रो साता बैंकको निक्षेप संकलन पनि प्रभावित बनेको थियो । वैशाखको पहिलो साता निक्षेप संकलन १७ अर्ब रुपैयाँले कमी भएको थियो । यस्तै वैशाख दोस्रो साता ५ अर्ब रुपैयाँले थप घट्दा कुल निक्षेप संकलन ३९ खर्ब २२ अर्ब पुगेको थियो । वैशाख महीनाको चौथो सातामा कर्जा प्रवाह पनि थप रू. १५ अर्बले वृद्धि भई कुल कर्जा रू. ३६ खर्ब ९ अर्ब पुगेको छ । बैंकबाट नयाँ कर्जा भने प्रवाह नभएको बैंकरहरू बताउँछन् । सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृतसमेत रहेका दाहालका अनुसार पछिल्लो समय थप नयाँ कर्जा गएको छैन तर प्रतीतपत्र (एलसी) भुक्तानीको कारण कर्जा वृद्धि भएको हो । पछिल्लो साता कर्जा प्रवाह बढे पनि तेस्रो साता भने १५ अर्ब रुपैयाँले घटेको थियो । वैशाखका शुरुआती २ सातामा पनि कर्जा प्रवाहमा उतारचढाव आएको थियो । निरन्तर वृद्धि भइरहेको कर्जा प्रवाह वैशाख पहिलो सातामा ८ अर्ब रुपैयाँले घटेको थियो भने दोस्रो सातामा सुधार देखिएको थियो । गत फागुन र चैत महीनामा निक्षेप वृद्धि निरन्तर बढेको थियो । गत फागुनको अन्तिम अर्थात् चौथो साता रू. २४ अर्बले कर्जा प्रवाह थपिँदा कुल कर्जा रू. ३४ खर्ब १२ अर्ब पुगेको थियो । त्यो साता निक्षेपको वृद्धि कर्जाको तुलनामा कम थियो । रू. ३ अर्बले मात्रै निक्षेप संकलन थपिएर कुल  ३८ खर्ब २६ अर्ब रुपैयाँको निक्षेप संकलन भएको थियो । यसअघिका साता अर्थात् फागुन तेस्रो साता २७ वाणिज्य बैंकहरूको कर्जा प्रवाह निक्षेपको तुलनामा दोब्बर अर्थात् २६ अर्बले बढ्दा कुल कर्जा प्रवाह रू. ३३ खर्ब ८८ अर्ब भएको थियो । त्यस अवधिमा निक्षेप १४ अर्ब रुपैयाँले थप वृद्धि हुँदा कुल निक्षेप ३८ अर्ब २३ अर्ब रुपैयाँ संकलन भएको थियो । यतिबेला बैंकको कर्जा प्रवाह सकारात्मक देखिएकाले समग्रमा बैंकहरूको कर्जा पूँजी निक्षेप अनुपात (सीसीडी) ७९ दशमलव १३ प्रतिशत रहेको बैंकर्स संघले बताएको छ । कतिपय बैंकहरूको लगानीयोग्य पूँजी केन्द्रीय बैंकले तोकेको सीसीडी (कर्जा पूँजी निक्षेप अनुपात) ८५ प्रतिशतको हाराहारीमा पुर्‍याएकाहरूले निक्षेपमा जोड दिन करीब १ प्रतिशत विन्दुले बढाएर निक्षेपको ब्याजदर साढे ८ प्रतिशत हाराहारी निर्धारण गरे ।