साउन १४, काठमाडौं । अर्थ मन्त्रालयले अनाधिकृतरुपमा शेयर खरीद गरेको भन्ने विवरण सार्वजनिक भएपछि नेपाल स्टक एक्सचेञ्ज( नेप्से) लाई पनि स्पष्टिकरण सोधेको छ ।
मन्त्रालयले साधारण शेयर विक्री गर्न लागेको एक कम्पनीको शेयर नेप्सेका प्रमुख कार्यकारी अधिकृत (सीईओ) चन्द्रसिंह साउदको परिवारले खरीद गरेको पाइएपछि बिहीवार स्पष्टिकरण सोधेको हो ।
अर्थ मन्त्रालयले सीईओ साउदले पनि एक कम्पनीको शेयर श्रीमतिको नाममा खरीद गरेको सम्बन्धमा समाचार सार्वजनिक भएपछि स्पष्टिकरण सोधेको हो।
मन्त्रालयले विभिन्न सञ्चारमाध्यमा आएका विभिन्न विषयवस्तुको सम्बन्धमा सत्यतथ्य यथार्थता के हो ? सोको स्पष्ट र तथ्यपरक विवरण तीन दिनभित्र यस मन्त्रालयमा उपलब्ध गराइदिन नेप्सेलाई भनेको छ । मन्त्रालयले बिहीवार नै नेपाल धितोपत्र बोर्डलाई पनि सोही बेहोराको पत्र लेख्दै स्पष्टिकरण सोधेको थियो ।
यो पनि पढ्नुहोस् :
अर्थ मन्त्रालयद्वारा धितोपत्र बोर्डलाई तीनदिन भित्र स्पष्टिकरण बुझाउन माग