भिष्मराज ढुंगानाको मुद्दा आजको पूर्ण इजलाशले हेर्न नमिल्ने

नेपाल धितोपत्र बोर्डका निवर्तमान अध्यक्ष भिष्मराज ढुंगानाले सर्वोच्च अदालतमा दायर गरेको मुद्दामा आज पेसी तोकिए पनि उक्त मुद्दा हेर्न नमिल्ने भएको छ  । आज बिहिबार न्यायधीशहरु अनिल कुमार सिंह, टंकबहादुर मोक्तान र डा, मनोजकुमार शर्माको पूर्ण इजलाशमा  यस मुद्दाको पेसी तोकिएको थियो । तर डा. शर्माले यो मुद्दा हेर्न नमिल्ने भएपछि इजलाश नै बसेन ।   यस अघि मङ्सिर २१ गते सर्वोच्चले यस मुद्दामा कारण देखाउ आदेश जारी गरेको थियो ।  त्यसपछि पुस ७ गते न्यायधीशहरु प्रकाशमान सिंह र डा. कुमार चुडालको राय बाझिएको थियो । राय बाझिएपछि आज पूर्ण इजलाशमा आपसी तोकिएको थियो । पूर्ण इजलाशमा राय बाझिए बहुमत न्यायधीशको आदेश सदर हुने ब्यबस्था छ। अब अर्को पूर्ण इजलाशमा यस मुद्दाको सुनुवाई हुने छ ।  सरकार गैर कानुनी रुपमा हटाएको र आफुमाथि अन्याय भएको भन्दै उनले कार्तिक ७ गते आइतबार सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् । उनले नेपाल सरकार मन्त्रिपरिषद प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरवारलाई विपक्षी बनाएका छन् । उनले आफुलाई बोर्ड अध्यक्षमा पुनर्बहालीको माग राखेका छन् । असोज १९ गते बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई बर्खास्त गरेको थियो । अर्थ मन्त्रालयको सिफारिसमा उनलाई बर्खास्त गर्ने निर्णय भएको हो । सरकारले यस अघि उनलाई स्पष्टिकरण सोधेको थियो । स्पष्टिकरणको जवाफ चित्त बुझ्दो नभएको भन्दै उनलाई हटाइएको हो।  असोज १२ गते बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई स्पष्टिकरण सोध्ने निर्णय गरेको थियो ।  ढुंगानाले असोज १७ मा आइतबार स्पष्टिकरण बुझाएका थिए । ढुंगानामाथि लागेको आरोपको सम्बन्धमा जाँचबुझ गर्न गठित समितिले सकारलाई प्रतिवेदन बुझाएको थियो । जाँचबुझ समितिको सिफारिसको आधारमा उनलाई स्पष्टिकरण सोध्ने निर्णय सरकारले गरेको थियो। धितोपत्र बोर्डका अध्यक्ष ढुंगानाले धितोपत्रको भित्री कारोबार तथा धितोपत्र व्यवसाय गरी बोर्डलाई हानी नोक्सानी पु¥याई बोर्डको हित र पुँजी बजारको विकास विपरित हुनेगरी पदीय आचरण विपरित काम कार्वाही गरेको भन्ने सम्बन्धमा जाँचबुझ गरी १५ दिनभित्र प्रतिवेदन पेश गर्न गत भदौ १६ गतेको मन्त्रिपरिषद्को  बैठकले जाँचबुझ समिति गठन गरेको थियो ।  

सम्बन्धित सामग्री

गोला प्रथाले ‘हेर्न नमिल्ने’ मुद्दा बढे

३१ साउन, विराटनगर । उच्च अदालत विराटनगरका कामु मुख्यमन्यायाधीश सत्यमोहन जोशी थारुले गोला प्रथाबाट मुद्दाको पेशी तोक्न सुरु गरेपछि ‘हेर्न नमिल्ने’ मुद्दा बढेको बताएका छन् । २०७८ माघ २ गतेबाट तीनैै तहका अदालतमा गोला प्रथाबाट पेशी तोक्न सुरु गरिएको थियो । मंगलबार पत्रकारसँगको अन्तर्क्रियाका क्रममा उनले गोलाप्रथा सुरु भएपछि धेरै मुद्दा हेर्न नमिल्ने न्यायाधीशकोमा परेको […]

पूर्वडीआईजी कोइरालाको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा

काठमाडौं । सशस्त्र प्रहरीका पूर्वप्रहरी नायव महानिरीक्षक (डीआईजी) रञ्जनप्रसाद कोइरालाविरुद्धको मुद्दा हेर्न नमिल्ने सूचीमा राखिएको छ । न्यायाधीशहरू डा. आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र सुष्मालता माथेमा रहेको पूर्ण इजलासमा डेढ वर्षपछि बिहीबार सुनुवाइका लागि मुद्दाको पेसी तोकिएको थियो । कर्तव्य ज्यान मुद्दाको सुनुवाइ गर्ने क्रममा ‘हेर्न नमिल्ने’ सूचीमा राखिएको हो । १५ असार २०७७ मा […] The post पूर्वडीआईजी कोइरालाको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा appeared first on राजधानी राष्ट्रिय दैनिक.

पूर्व डीआईजी कोइरालाविरुद्धको मुद्दा हेर्न नमिल्ने सूचीमा

सशस्त्र प्रहरीका पूर्व प्रहरी नायव महानिरीक्षक (डीआईजी) रञ्जनप्रसाद कोइराला विरुद्धको मुद्दा हेर्न नमिल्ने सूचीमा परेको छ । कोइरालाको मुद्दा पुनरावलोकनको निस्सा पाएर पूर्ण इजलासमा परेको थियो । यसअघि दुई न्यायाधीशको संयुक्त इजलासले सजाय घटाउने सम्बन्धमा फैसला गरेका कारण उक्त फैसला पुनरावलोकनको माग गर्दै सर्वोच्चमा निवेदन परेको थियो । उक्त निवेदनले पुनरावलोकन निस्सा पाएसँगै उक्त निवेदनमाथिको सुनुवाई कम्तिमा ३ न्यायाधीश रहने पूर्ण इजलासबाट फैसला सदर वा संशोधन गर्नुपर्ने हुन्छ । लामो समयपछ

सभामुख विरुद्धको मुद्दा ‘हेर्न नमिल्ने’

सभामुख अग्निप्रसाद सापकोटाविरुद्धको मुद्दा हेर्न नमिल्ने सूचीमा राखिएको छ । वैधानिक इजलासमा उनीविरुद्धको मुद्दाको पेसी तोकिएकामा हेर्न नमिल्नेमा राखिएको हो । सुनुवाइका लागि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको संयोजकत्वमा न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडाको इजलास गठन गरिएको छ । सभामुख विरुद्धका अवहेलना र द्वन्द्वकालमा  काभ्रेका अर्जुन लामाको हत्या गरी तीन मुद्दा आजका लागि सुनुवाइ तोकिएको थियो।उक्त मुद्दा न्यायाधीश हरिकृष्ण कार्कीले हेर्न न

मोहम्मद आफताव आलमको मुद्दा ‘हेर्न नमिल्ने’

पूर्वमन्त्री मोहम्मद आफताव आलमले दायर गरेको रिट निवेदनमाथि सुनुवाइका लागि शुक्रबार पेसी तोकिए पनि इजलासले ‘हेर्न नमिल्ने’ ठहर भएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय अनिलकुमार सिन्हा र कुमार चुडालको इजलासमा सुनुवाइ हुने गरी पेसी तोकिएकोमा सो रिट निवेदन ‘हेर्न नमिल्ने’ ठहर भएको हो ।नेपाली काँग्रेसका नेतासमेत रहेका आलमलाई थुनामै राखेर सुनुवाइ प्रक्रिया अघि बढाउने गरी तल्लो अदालतले गरेको फैसलालाई चुनौती दिँदै आलमले सर्वोच्च अदालतमा रिट निवेदन दिएका थिए ।विष्फोटक पदार्थ बमसमे

अफताव आलमको मुद्दा ‘हेर्न नमिल्ने’ मा

काठडमाडौँ– व्यक्ति हत्या आरोपमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वमन्त्री अफताव आलमले दर्ता गरेको निवेदनमाथिको सुनुवाइ ‘हेर्न नमिल्ने’ मा परेको छ । आफूलाई थुनामुक्त गरेर साधारण तारेखमा मुद्दा लड्न पाउँ भन्दै आलमले दर्ता गराएको निवेदनमाथि शुक्रबार सर्वोच्च अदालतमा सुनुवाइ गर्न न्यायाधीश दीपककुमार कार्की र हरि फुयाँलको संयुक्त इजलासमा पेशी तोकिएको थियो । तर, पछि अदालतले ‘हेर्न […]

आलमविरुद्धको मुद्दा ‘हेर्न नमिल्ने’

पूर्वमन्त्री मोहम्मद अफताब आलम विरुद्धको मुद्दामा शुक्रबार पनि सुनुवाइ हुन सकेन । सर्वोच्च अदालतका न्यायाधीशद्वय दीपककुमार कार्की र हरिप्रसाद फुयाँलको बेन्चमा सुनुवाइ हुनेगरी पेसी तोकिए पनि उक्त मुद्दालाई इजलासले ‘हेर्न नमिल्ने’ सूचीमा राखेको छ ।नख्खु कारागारमा थुनामा रहेका आलमले जिल्ला र उच्च अदालतको आदेशविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गरेका हुन् । नेपाली काँग्रेसका नेता आलमलाई चुनावमा विष्फोटक पदार्थ र बमको प्रयोग गरेर ज्यान लिएको र ज्यान मार्ने उद्योग गरेको कसुरमा जिल्ला र उच

सभामुख सापकोटाविरुद्धको मुद्दा ‘हेर्न नमिल्ने’

काठमाडौं : सभामुख अग्निप्रसाद सापकोटाविरुद्धको आज सुनुवाइ हुने भनिएको मुद्दाको सुनुवाइ नहुने भएको छ। सर्वोच्च अदालतको संवैधानिक इजलासमा पेशी चढेको मुद्दा हेर्न नमिल्ने सूचीमा राखिएको हो।पहिलो नम्बरमै पेशी चढे पनि इजलासमा रहेका हरिकृष्ण कार्कीले न्यायाधीश हुनुअघि मुद्दामा बहस गरेकाले हेर्न नमिल्ने भएको अदालत प्रशासनले जनाएको छ।तत्कालीन नेकपा माओवादी द्वन्द्वका बेला अपहरणपछि मारिएका काभ्रेपलाञ्चोकका अर्जुन लामाको हत्यामा प्रमुख दोषी रहेको भन्दै सापकोटाविरुद्ध २०६८ जेठ १३ मा मुद्दा परेको