लयमा फर्कियो पोखराको पर्यटन व्यवसाय,व्यवसायी हर्षित

कोरोना महामारीले थला परेका पर्यटकीय नगरी पोखराको पर्यटन व्यवसाय लयमा फर्किएसँगै व्यवसायीहरु खुशी भएका छन्।...

सम्बन्धित सामग्री

पर्यटक बोलाउन पोखरेली व्यवसायी सिलगुडीतिर

२२ भदौ, पोखरा । कोरोनाअघि यही समय पोखरा आन्तरिक तथा बाह्य पर्यटकले गुल्जार भइसक्थ्यो । गर्मी छल्न आएका भारतीय पर्यटकले पोखरामा गर्माइसकेको हुन्थ्यो । विश्वकै प्रतिष्ठित पदयात्रामा जाने पर्यटकको लर्को लागिसक्थ्यो । तर, कोरोनापछि पोखराको पर्यटन लयमा फर्किन कसरत गरिरहेकोे भए पनि पर्याप्त पर्यटक आइरहेका छैनन् । चाडवाडको मौसम सुरु भइसक्दा पनि पर्यटक नआएपछि पोखरेली […]

व्यवसायीको अथक प्रयासँगै पोखराको पर्यटन सकारात्मक बाटोमा

काठमाडौं । कोरोनाका कारण थला परेको पोखराको पर्यटन व्यवसाय पछिल्लो समय लयमा फर्किदैछ । पर्यटन प्रवर्द्धनका लागि व्यवसायीले गरेका विभिन्न कार्यक्रम र लिएका नीतिका कारण पर्यटकीय नगरी पोखरामा पर्यटकको चहलपहल बढेको हो । तर, सरकारी तबरबाट पर्यटन प्रवर्द्धनका लागि ठोस कार्यक्रम नआएकोमा भने पर्यटन व्यवसायी असन्तुष्ट छन् । कोरोना महामारीले थला परेका पर्यटकीय नगरी पोखराको […]

पर्यटन प्रवर्धनमा नीतिगत हेरफेरको सुझाव

कोभिड–१९ को महामारीका कारण थला परेको पर्यटन व्यवसायलाई पुनः लयमा फर्काउन आर्थिक नीति र करको दायरामा सरकारले उदार नीति लिनुपर्ने सुझाव सम्बद्ध अधिकारीले दिएका छन्। पोखराको पर्यटन व्यवसायलाई लक्षित गरी नेपाल राजस्व परामर्श समितिले आयोजना गरेको अन्तत्र्रिmया कार्यक्रमका सहभागी अधिकांश व्यवसायीले यस्तो सुझाव दिएका हुन्।

लयमा फर्कर्दै पोखराको पर्यटन

कास्की, फागुन २९ । कोरोना भाइरसका कारण सुनसान बनेको पोखराको पर्यटन अब भने चहलपहल देखिन थालेको छ । कोभिड–१९ को तेस्रो लहर कम हुनेबित्तिकै आन्तरिक र छिमेकी मुलुक भारतबाट पोखरा घुम्नका लागि पर्यटक आउनेको सङ्ख्या बढ्दै गएको व्यवसायी बताउँछन् । पश्चिमाञ्चल होटल सङ्घका अध्यक्ष लक्ष्मण सुवेदीले पर्यटकको आगमनले आशा पलाएको बताए । उनले भने, “केही […]

पदयात्रामा ११ देशका राजदूत सहभागी

टंकराज अधिकारी । ४२औँ विश्व पर्यटन दिवसको अवसर पारी पोखरामा विभिन्न ११ देशका राजदूत सहित विशिष्ट कुटनीतिज्ञलाई पदयात्रा गराईएको छ । पोखराको पर्यटन क्षेत्र खुलासँगै सुरक्षित रहेको सन्देश दिन गण्डकी प्रदेश सरकारको निमन्त्रणमा आएका कुटनीतिज्ञलाई पर्यटन व्यवसायी, नेपाल पर्यटन बोर्ड र सरकारको पहलमा पदयात्रा गराइएको हो । कोरोना भाइरसको संक्रमणपछि थलिएको पर्यटन क्षेत्र लयमा फर्कन […]

पर्यटक बढेपछि व्यवसायी उत्साहित

लेकसाइडको चल्तीको रेस्टुराँ बीजीबी क्याफे गत शुक्रबार साँझ खचाखच भयो । रेस्टुराँमा भीड देखेर सञ्चालक ज्याक तामाङ हौसिए । शनिबार र आइतबार रेस्टुराँ भरिभराउ भएको देखेर उनले कोरोना महामारीअघिका दिन सम्झिए । ‘रेस्टुराँमा ग्राहक देखेर कोरोना महामारी छ भन्ने नै बिर्सिएँ,’ उनले भने, ‘अब पोखराको पर्यटन लयमा फर्किंदै छ ।’

पर्यटक बढेपछि व्यवसायी उत्साहित

लेकसाइडको चल्तीको रेस्टुराँ बीजीबी क्याफे गत शुक्रबार साँझ खचाखच भयो । रेस्टुराँमा भीड देखेर सञ्चालक ज्याक तामाङ हौसिए । शनिबार र आइतबार रेस्टुराँ भरिभराउ भएको देखेर उनले कोरोना महामारीअघिका दिन सम्झिए । ‘रेस्टुराँमा ग्राहक देखेर कोरोना महामारी छ भन्ने नै बिर्सिएँ,’ उनले भने, ‘अब पोखराको पर्यटन लयमा फर्किंदै छ ।’

कहिले उठ्ला पोखराको पर्यटन ?

साउन २७, कास्की । पर्यटकीय राजधानीको उपमा पाएको मुलुकको प्रमुख पर्यटकीय गन्तव्य पोखरा यतिखेर सुनसान प्रायः देखिन्छ ।  राजधानी काठमाडौंपछि उल्लेख्य संख्यामा पर्यटक पुग्ने पोखराको पर्यटकीय गतिविधि सुस्त छ । सिजनमा दैनिक दुई हजार पर्यटक पुग्ने पोखरामा अहिले विदेशी पाहुना भेट्टाउनै मुस्किल छ ।  पर्यटकीय ‘सिजन’ होस् या ‘अफ सिजन’ जतिखेर पनि भरिभराउ र झकिझकाउ हुने पोखराको ताल क्षेत्र ‘लेकसाइड’ अहिले सुनसान छ । लेकसाइडका सडकमा न त विदेशी नागरिक देखिन्छन् न त नेपाली नागरिकहरुको हुल भेटिन्छ । कोभिड १९ का कारण झण्डै दुई वर्षयता पर्यटकीय नगरी पोखरामा व्यवसाय ठप्प छ । नेपाल आउने विदेशी पर्यटकमध्ये करीब ४० प्रतिशत पोखरा गन्तव्यमा पुग्छन् । यस क्षेत्रका व्यवसायी पलायन हुने अवस्थामा छन् भने पर्यटन क्षेत्रका मजदूरको रोजगारी जोखिममा परेको छ ।  बन्दाबन्दीपछि पोखराको पर्यटन बिस्तारै लयमा फर्कने तर्खरमा थियो व्यवसायीले आन्तरिक प्रवर्द्धनात्मक गतिविधि बढाए । मर्दी हिमाल पदयात्रा, धम्पुस पिक आरोहणका साथै प्रदेशका ढोरपाटनदेखि नवलपुरसम्मका विभिन्न स्थानमा प्रवर्द्धनका कार्यक्रम गरिएको थियो ।  कोरोनाको दोस्रो लहरले यी सबै क्रियाकलापसमेत पुनः ठप्प बनेका छन् । कोभिडको दोस्रो लहरपछि पलाएको आशा पनि पुनः तेस्रो लहरको पूर्वसंकेतले पर्यटन क्षेत्रलाई त्रसित तुल्याएको छ । डलरे पर्यटक नहुँदा विदेशी मुद्रा आर्जनको आधारसमेत खुम्चिएको छ । पदयात्रा पर्यटनको ‘ट्रान्जिट प्वाइन्ट’ पोखरामा आन्तरिक पर्यटकले ५० प्रतिशत हिस्सा ओगट्ने गरेको छ । पर्यटनका लागि खोपको सुनिश्चितता पर्यटनलाई पुनः चलायमान बनाउन यतिखेर पोखराका पर्यटन व्यवसायी प्रदेश हुँदै संघीय सरकारसँग खोपको सुनिश्चितताको माग गरिरहेका छन् । पोखरा पर्यटन परिषद्को अगुवाइमा कोरोनाविरुद्धको खोपको व्यवस्थाका लागि अभियान शुरु गरिएको छ ।  परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले आफूहरूलाई पहिलो चरणमा होटेल तथा रेष्टुरेन्टसहितका मजदुर एवम् व्यवसायीलाई लक्षित गरी कोरोनाविरुद्धको खोप तत्काल उपलब्ध गराउन सकिए पनि तत्कालका लागि पर्यटन बजारमा राम्रो सन्देश दिने बताए । पर्यटन व्यवसायी, मजदूर र कर्मचारीलाई खोपको सुनिश्चितता गराउन सकिए अहिले सुस्ताएको पर्यटनको दीर्घकालीन रुपमा सकारात्मक सन्देश जाने नेपाल पर्यटन बोर्डका सञ्चालक समिति सदस्य विप्लव पौडेलले बताए । पोखराको प्रतिष्ठित होटेल बाराहीका सञ्चालक पौडेलले कोभिड कहरले पोखराको पर्यटन उठ्नै नसक्ने गरी थला परेको भन्दै पर्यटनलाई चलायमान बनाउन खोपको सुनिश्चिततासँगै राज्यका तर्फबाट थप आर्थिक सहुलियतका प्याकेज आवश्यक भएको औँल्याए । ‘पर्यटन क्षेत्रलाई चलायमान बनाउन तत्काल कोभिडविरुद्धको खोपको व्यवस्था व्यवसायी र मजदुरलाई मिलाइनुपर्छ, सरकारको मौद्रिक नीति तथा अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकले कसरी पर्यटनलाई उकास्ने भन्ने रणनीतिक कार्यक्रम सम्बोधन गर्न जरुरी छ,’ बोर्ड सदस्य पौडेलले भने । रासस

चर्चित पर्यटकीय गन्तव्य ‘अष्ट्रेलियन क्याम्प’ अझै सुनसान

कुनै दिन पर्यटकले भरिभराउ हुने कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिका–६ स्थित अष्ट्रेलियन क्याम्पमा चहलपहल हराएको एक वर्ष भयो । कोरोना महामारीका कारण थलिएको पोखराको पर्यटन व्यवसाय विस्तारै लयमा फर्कँदै आए पनि अष्ट्रेलियन क्याम्प भने सुनसान छ । फाट्टफुट्ट आन्तरिक पर्यटकबाहेक अहिले हाइकिङ गन्तव्यका रूपमा रहेको चर्चित अष्ट्रेलियन क्य...