पर्यटक बोलाउन पोखरेली व्यवसायी सिलगुडीतिर

२२ भदौ, पोखरा । कोरोनाअघि यही समय पोखरा आन्तरिक तथा बाह्य पर्यटकले गुल्जार भइसक्थ्यो । गर्मी छल्न आएका भारतीय पर्यटकले पोखरामा गर्माइसकेको हुन्थ्यो । विश्वकै प्रतिष्ठित पदयात्रामा जाने पर्यटकको लर्को लागिसक्थ्यो । तर, कोरोनापछि पोखराको पर्यटन लयमा फर्किन कसरत गरिरहेकोे भए पनि पर्याप्त पर्यटक आइरहेका छैनन् । चाडवाडको मौसम सुरु भइसक्दा पनि पर्यटक नआएपछि पोखरेली […]

सम्बन्धित सामग्री

सस्तो प्याकेजले मुस्ताङमा अडिएनन् पर्यटक

पछिल्लो समय पर्यटन क्षेत्रले बिस्तारै लय समाउँदै छ । कोभिड–१९ को सङ्क्रमण बिस्तारै कम हुन थालेपछि तेस्रो मुलुकसहित भारतीय पर्यटकको सङ्ख्या बढ्न थालेको हो । पर्यटन व्यवसायीका अनुसार अहिले तेस्रो मुलुकबाट पनि पर्यटक आउन थालेका छन् । पोखरा आउने पर्यटक हिमालपारिको जिल्ला मुस्ताङ पुग्ने गरेका छन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को संरक्षित क्षेत्रभित्र पर्ने मुस्ताङमा अन्नपूर्णको पदयात्रा पूरा गरेर जाने पर्यटक पनि उत्तिकै छन् तर त्यहाँ पुगेका पर्यटक धेरै दिन टिक्न नसकेको व्यवसायी बताउँछन् । अझ धार्मिक पर्यटकको बसाइ अवधि मुस्ताङमा एक रातभन्दा बढी नहुने उनीहरूको भनाइ छ । पर्यटकको बसाइ कम हुनुमा पोखरेली व्यवसायी र सडक यातयात मुख्य कारक बनेको त्यहाँका व्यवसायीको गुनासो छ । पोखराका पर्यटन व्यवसायीले मुस्ताङ उक्लेका पर्यटकलाई घुमघाममा लैजाने र बसाइ अवधि बढाउने गरी प्याकेज नबनाउँदा समस्या परेको मुस्ताङको थासाङ गाउँपालिकाका अध्यक्ष प्रदीप गौचनले बताउनुभयो ।

पर्यटक बोलाउन देश दौडाहामा पोखराका पर्यटन व्यवसायी

रुपन्देही । नेपालको प्रमुख पर्यटकीयस्थलको रुपमा परिचित कास्कीको पोखरामा आन्तरिक पर्यटकको प्रवद्र्धन गर्न व्यवसायीले देशव्यापी प्रचार अभियान चलाएका छन् । कोरोना संक्रमण मत्थर भएपछि पोखरेली पर्यटन व्यवसायी पर्यटक बोलाउँदै हिँड्न थालेका हुन् । पश्चिमाञ्चल होटल संघको अगुवाइमा उनीहरूले देशका प्रमुख सहरहरुमा पुगेर अन्तरक्रिया गर्ने र पर्यटकलाई आफ्ना प्याकेजबारे जानकारी दिएका छन् । सोमबार बुटवलका व्यवसायीहरूसँग […]

पर्यटकलाई निम्तो बाँड्न देश भ्रमणमा पोखरेली व्यवसायी

पोखरा– कोरोना संक्रमण केही मत्थर भएपछि पोखरेली पर्यटन व्यवसायी पर्यटक बोलाउँदै हिँडेका छन् । पश्चिमाञ्चल होटल संघको अगुवाइमा उनीहरूले देशका प्रमुख शहरहरुमा पुगेर अन्तरक्रिया गर्ने र पर्यटकलाई आफ्ना प्याकेजबारे जानकारी दिएका छन् । बुटवलमा त्यहाँका व्यवसायीहरूसँग कुरा गर्दै पोखरेली व्यवसायीले दुई सहरबीच पर्यटक आवागमनमा सहजीकरण गर्न आग्रह गरे । ‘विशेषतः यातायातको कनेक्सनमै जोड छ । […]

मर्दी हिमाल पदयात्रालाई तन्नेरी बनाउने सुदीप

संघर्षका दिनहरू सम्झँदा अहिले पनि सुदीपको दिलमा दुःखको बाढी नै आउँछ । तर आफू जन्मिएको ठाउँको पहिचान स्थापित गर्न सकेकोमा उनी हर्षले मुस्कुराउन सक्छन् । मर्दी ट्रेकका पायोनियर नै हुन् सुदीप । पोखरेली पर्यटन व्यवसायी राम गुरुङ आफ्नै भाषामा भन्छन्, 'सुदीपले मर्दी ट्रेकमा छिट्टै बैंस ल्याए । मर्दी ट्रेकिङ छिट्टै तन्नेरी बन्न उनको अतुलनीय योगदान छ ।'